बुटवलमा एमालेको चिया संवाद र जनआवाज

मेचीकाली संवाददाता

५ पुष २०८०, बिहीबार
411 shares

मेघराज भट्टराई

तीन तहका चुनाव, उपचुनाव र त्यसको परिणामपछि नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवलमा राष्ट्रिय राजनीतिको प्रभाव के कति परेको छ र त्यसमा आम कार्यकर्ताहरुको विचार के छ भन्ने विषयमा कार्यकर्तासँग भावना साटासाट गर्नुपर्दछ भन्ने महशुश ग¥यो । साथै बुटवलमा पार्टी कामको अवस्था कस्तो छ, सबल पक्ष र कमीकमजोरी के के छन् तथा आगामी दिनमा पार्टी कामलाई कसरी अगाडि बढाउनुपर्दछ भन्ने विषयमा पार्टीका आधारभूत तहका कार्यकर्ता, शुभेच्छुक तथा सर्मथकहरुको धारणा र मनोविज्ञान बुझ्न छलफल कार्यक्रम आयोजना गर्ने योजना बनायो ।

छलफल कार्यक्रम पृथक् शैलीबाट गरियो । एकातिर नेताहरु निर्वाचनको समयमा मात्र कार्यकर्ता र जनताको घरमा आउँछन् र चुनाव सकिए पछि हराँउछन् भन्ने व्यापक गुनासो थियो भने अर्कोतर्फ पार्टीले कार्यक्रमहरु आयोजना गर्दा लामो आसन ग्रहण र नेताहरुको भाषणबाजी मात्रै हुन्छ तर कार्यकर्ताहरुको धारणा बुझ्ने काम हँुदैन भन्ने गुनासो पनि थियो । कार्यक्रमलाई सिधै विषय केन्द्रित गर्ने, नेताको भाषण नराख्ने, उपस्थित सबैलाई समय तोकेर धारणा राख्न दिने, धारणा राख्दा सम्बोधन नगर्ने, विषयवस्तुभन्दा बाहिर नबोल्ने र अरुले भनेको कुरा नदोहराउने, पार्टीको आन्तरिक जीवन र जनसरोकार तथा विकास निर्माणका विषयमा आफूलाई लागेका विचार र सुझावहरु निसंकोच राख्न पाउने गरी कार्यक्रमको रुपरेखा तयार भयो ।

चिया पिउँदै छलफल अगाडि बढाउने सोचका साथ चियापान तथा अन्तरसम्वाद कार्यक्रम नामाकरण गरियो । यहीस्वरुपमा २०८० जेठदेखि बुटवल उपमहानगरकमिटीले १९ वटै वडाहरुमा त्यहाँका अगुवा नेता कार्यकर्ताका बिचमा चियापान तथा अन्तरसंवाद कार्यक्रम आयोजना ग¥यो । त्यसपश्चात शाखा कमिटीको संयोजनमा बुटवलका २९० वटा टोलमा टोलस्तरीय कार्यक्रम सम्पन्न भए । लगत्तै बुटवलमा रहेका जिल्ला, प्रदेश र केन्द्रीय नेताहरुको बिचमा सुझाव ग्रहण गर्ने काम भयो । यसरी करिब ४ महिनासम्म सञ्चालन गरिएको चियापान तथा अन्तरसंवादका दौरानमा उठेका विषयहरुलाई संक्षिप्त रुपमा उल्लेख गरिएको छ ः

क) राष्ट्रिय राजनीति
छलफलका दौरानमा राष्ट्रिय राजनीतिका विषयमा विभिन्न धारणाहरु प्रकट भए । कांग्रेस, माओवादीसहितका पाँच दलीय गठबन्धन निर्माण गरी एमाले पार्टी र पार्टीका उम्मेदवारविरुद्ध चौर्तफी घेराबन्दी र मोर्चाबन्दी गर्नु, संसद् विघटनको मुद्दालाई केन्द्र बनाएर गठबन्धनले प्रतिगमनका विरुद्ध लोकतन्त्रको रक्षा भन्ने नारा दिई जनतालाई भ्रमित पार्ने काम गर्नु तर पार्टीले त्यसको प्रतिवाद र प्रतिरोध गरी भ्रममुक्त गर्न नसक्नु, प्रधानन्यायधीश विरुद्धको महाअभियोग, नागरिकता, एमसिसी, एसपिपी जस्ता विषयहरुमा समयमै स्पष्ट पार्न नसक्दा अन्यौल कायम रहनु, परम्परागत राजनीतिक शक्तिहरुबाट युवाहरु निराश भई नयाँ पार्टीतर्फ आकर्षित हुनु जस्ता राष्ट्रिय परिस्थितिले एमालेलाई प्रभाव पा¥यो भन्ने विचारहरु प्रकट भए ।

यस्तै नेकपा विघटन र नेकपा एमाले विभाजनले समेत पार्टीलाई राष्ट्रिय राजनीतिमा रक्षात्मक बनाएको र देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपा (एमाले) लाई कमजोर बनाउन लागि परेको चिन्ता प्रकट भए । अर्कोतर्फ महँगी र भष्ट्राचारले जनता आजित भएको, आर्थिक गतिविधि र विकास निर्माण प्रायः ठप्प भएको, रोजगारी र अवसरको अभावले दैनिक हजारौं युवाहरु विदेश पलायन भइरहेको जस्ता विषयले समेत राजनीतिक दलहरुप्रति जनतामा वितृष्णा पैदा हुँदा त्यसको असर नेकपा (एमाले) लाई समेत परेको धारणा व्यक्त भए ।

ख) पार्टी संगठन
यो चिया संवाद अभियानमा नेतृत्वसँगै पार्टीको विषयमा समेत छलफलहरु केन्द्रित भए । विशेष गरेर नेकपा गठनपश्चात पार्टीको संगठनात्मक काम अबरुद्ध भएको गुनासा आए । कार्यकर्ता र जनताको मनोभावअनुसार काम गर्ने सवालमा यदाकदा पार्टी चुकेको, योगदानको कदर नहुने तथा कार्यकर्ताको क्षमता र योगदानअनुसार जिम्मेवारी प्रदान नहुने परिपाटी विकास भएको दुखेसो प्रकट भए । कमिटीगत प्रणाली कमजोर भएको, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता अन्त्यको नारा लिएपनि त्यसअनुरुपका काम नभएको मौलाउँदा पार्टी अनुशासन कमजोर भएको, पार्टी सदस्यता वितरण गर्दा गुणात्मकभन्दा मात्रात्मकतर्फ ध्यान केन्द्रित गरेको तथा पार्टीमा वैचारिक बहस र प्रशिक्षणका काम कम भएको, यस्तैगरि कमिटी भद्दा हुँदा नियमित बैठक बस्न नसकेको, टोल कमिटी आमरुपमा निष्कृय हुँदा बैठकमा कोरम पुग्न छोडेको, कतिपय कमिटी आर्थिक अभावले गर्दा चलायमान हुन नसकेको, माथिल्लो कमिटीमा जाने होडबाजीले आधारभूत तहमा कामगर्ने कार्यकर्ताको अभाव भएको र परिभाषित जिम्मेवारी पूरा गर्नेभन्दा औपचारिकतामा रमाउनेहरु बढेको भनाइ आए ।

माथिल्ला तहका नेताहरु बिचको अन्तरविरोध, मध्यम तहका नेताहरुहरुले आफ्नो तहमा रहेको मतभेदलाई शिर्ष नेताको नामसंग जोडेर सिर्जित अन्तरविरोध, नगर, वडा तथा टोल स्तरकै नेता कार्यकर्ताबिचको अन्तरविरोध तथा स्थानीय तहको निर्वाचनमा टिकट पाउने र नपाउने, संघसंस्थामा पार्टीको प्रतिनिधित्व गर्ने र नगर्ने तथा स्थानीय कमिटीमा आवद्ध हुने र नहुनेका बीचमा हुने अन्तरविरोधले पार्टी काममा व्यापक क्षति पुगेको छ । यहाँसम्म कि यसले कार्यकर्ताकाबिच वैरभाव उत्पन्न हुने, एक अर्कालाई असहयोग गर्र्ने र व्यक्तिगत टकरावलाई पार्टी काममा प्रकट गर्ने प्रवृत्ति हाबी हुन थालेको महसुस गरियो ।

ग) पार्टी नेतृत्व
छलफलका क्रममा तलका कार्यकर्ता नभई माथिका नेताहरु सुध्रिन आवश्यक रहेको भनाइ आए । कतिपय अवस्थामा नेतृत्वमा बुर्जुवा कार्यशैली विकास भएको, वर्ग रुपान्तरण भएको, सुविधाभोगी भएको र जनताका कुरा सुनेर जनभावनाअनुसार कामगर्ने संस्कृति घट्दै गएको गुनासा आए । नेताहरुले आमकार्यकर्तालाई गर्ने व्यवहार र कार्यशैलीमा समेत प्रश्न उठे । नेताले आफ्नो वरिपरिका मान्छेको कुरा सुनेर त्यसका आधारमा व्यवहार गर्ने परिपाटीको विकास भएको दुखेसो पोखे । नेताहरुले जनताको मनोविज्ञान र आवश्यकतालाई बुझेर त्यस अनुरुपको व्यवहार गर्न यदाकदा चुकेको दुखेसो प्रकट भए ।

घ) पार्टी जनप्रतिनिधि
अभियानका दौरानमा जनप्रतिनिधिका विषयमा पनि प्रश्न उठे । चुनावकै क्रममा कतिपय स्थानमा टिकट वितरण नै न्यायपूर्ण हुन नसकेको, उम्मेदवारको क्षमता र योगदानभन्दा व्यक्तिगत सम्बन्ध हाबी भएको, जनप्रतिनिधि भएपछि कार्यकर्ताहरुसँग गर्ने व्यवहारमा फरक देखिने गरेको, पार्टीका कार्यकर्ता र टोलका जनताहरुको बिचमा गएर समस्याहरु सुन्ने काम हुन नसकेको, पार्टीभन्दा पनि व्यक्तिगत कारणले चुनाव जितेको हुँ भन्ने मनोविज्ञान विकास भएको तथा जनप्रतिनिधिले आफूलाई पार्टीभन्दा माथि सम्झने र पार्टीले जनप्रतिनिधिहरु निरपेक्ष रुपमा पार्टी निर्णयमा चल्नुपर्छ भन्ने मानसिकताले गर्दा पार्टी र जनप्रतिनिधिको बिचमा समस्या सिर्जना भएको चिन्ताहरु प्रकट भए ।

ङ) जनसरोकार र विकास निर्माण
यस्तैगरी चिया संवाद कार्यक्रममा स्थानीयस्तरमा रहेका जनसरोकार र विकास निर्माणका विषयमा समेत प्रयाप्त चर्चा भए । हिजो सरकारमा हुँदा हामीले गरेका राम्रा कामहरु र कमीकमजोरीहरुका विषयमा समेत छलफल केन्द्रित भए । बुटवलको विकासमा एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको भएतापनि गरेका काम आमजनता समक्ष पु¥याउन नसकिएको चिन्ता प्रकट भए । तिनाउ दानव करिडोर, राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडक, मोतिपुर औद्योगिक करिडोर, ज्योतिनगर पहिरोको रोकथाम, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यालगायतका विषयमा हाम्रो पार्टीविरुद्ध भ्रम सिर्जना गरिएको दुखेसो समेत आए । कतिपय अवस्थामा कार्यकर्ता तथा जनताबाट माग भएका योजनाहरुको सम्बोधन गर्न नसक्दा कार्यकर्ता निराश भएको विचारसमेत आए ।

च) सुझाव
पार्टी बुटवल उपमहानगर कमिटीले आयोजना गरेको चियापान तथा अन्तरसंवाद कार्यक्रममा कार्यकर्ताले समस्या मात्र उठाएनन् समाधानका उपाय पनि दिए । आमरुपमा कार्यकर्ता तहबाट तपशिलबमोजिमका सुझावहरु प्राप्त भए ः
–पार्टी संगठनलाई मजबुत बनाउन पार्टीभित्रको व्यक्तिवाद र अनुशासनहीनताको अन्त्य गर्दै जवाफदेहीता, इमानदारिता र लगनशिलताका साथ पार्टी काममा केन्द्रित हुनुपर्ने । कमिटीगत प्रणालीलाई बलियो बनाउने, कमिटीहरु चुस्त बनाउने र स्थानीयस्तरमा विद्यमान अन्तरविरोध समाधानका लागि छलफल चलाउने । पार्टीले संगठनात्मक कामका साथै जनसरोकार र रचनात्मक कामहरु गर्नुपर्छ र युवालक्षित कार्यक्रमहरुमार्फत युवालाई आर्कषण गर्दै आम जनसमुदायका बीचमा पार्टीलाई पु¥याउनुपर्छ भन्ने भावना जागृत भए ।
–पार्टी नेतृत्व देश र जनताको भावनालाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्दछ भन्ने सुझाव आए । धन, दौलत, पद, प्रतिष्ठा, कुर्ची र शक्तिका पछाडि नलागेर महान् उद्देश्य प्रति ढृढ भएर सबै नेता कार्यकर्ता आफ्नो पदीय जिम्मेवारी र भूमिका निभाउन क्रियाशील हुनुपर्ने भनाइहरु आए । नेतृत्वले कामगर्ने र काम नगरी गफमात्र गर्ने कार्यकर्ताहरुको पहिचान गर्नुपर्ने तथा सबै कार्यकर्तालाई बराबरको व्यवहार गनुपर्ने भनाइ आए ।
–जनप्रतिनिधिहरु जनताको बिचमा जाने, उनीहरुका गुनासा र समस्या सुन्ने साथै समाधानका लागि नेतृत्वदायी भूमिका खेल्न सुझाव आए । जनप्रतिनिधिको काममा पार्टीले सहयोगी भूमिका प्रदान गर्ने र जनप्रतिनिधि पार्टीको निर्णयअनुसार अगाडि बढ्न अपरिहार्य रहेको सुझावसमेत प्राप्त भए ।
–जनताका दैनिक समस्याहरु तथा विकास निर्माणका विषयमा दवाव र जागरणका कार्यक्रमहरु सञ्चालन गर्ने, सरकारी कार्यालयहरुमा व्याप्त विसंगति र विकृतिका विरुद्ध आवाज उठाई छिटो, छरितो र सर्वसुलभ सेवा प्रवाहमार्फत सुशासनको पक्षमा निरन्तर खबरदारी गर्न सुझाव आए ।
–भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधान, ज्योतिनगर–लक्ष्मीनगर पहिरोको दीर्घकालीन समाधान, प्रभावितहरुको वैकल्पिक व्यवस्थासहित तिनाउ दानव करिडोर परियोजना कार्यान्वयन, चिडियाखोलादेखि राजमार्ग चौराहासम्मको हाइटेन्शन लाइनको समस्या समाधानलगायतका विषयमा पार्टीले अगुवाई गर्नुपर्ने सुझाव प्राप्त भए ।
–हिजो हाम्रो पार्टीले अगाडि बढाएका झुम्सा खानेपानी परियोजना, राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक, योगीकुटी मगरघाट सडक, रंगशालामार्ग, अभियानपथ, त्रिभुवनपथ, नयाँगाउँदेखि कृष्णगञ्ज, बेलभरिया हुँदै केदली जोड्ने सडक, इमली चोकदेखि बेलभरिया सडकलगायत अधुरा आयोजना सम्पन्न गर्न अगुवाई गर्नुपर्ने भनाइ आए ।
–जितगढी गुरुयोजना, युद्ध संग्रहालय, बधशाला, ढुवानी ग्राम, हिलपार्क बुद्धमूर्ति, खुलामञ्च, विभूति पार्क, थारु संग्रहालय, बैठौलिया ताल गुरुयोजना, नरैनापुरधाम गुरुयोजना, मिलनपार्क गुरुयोजनालगायत अपुरा योजनाहरु सम्पन्न गर्न दबाब र जागरण सहितको रचनात्मक काममा केन्द्रित हुन सुझाव प्राप्त भए ।
–लुम्बिनी प्रादेशिक अस्पतालको आधुनिकीकरण तथा जनमैत्री सेवाप्रवाह व्यवस्थापन, सिद्धार्थ बाल तथा महिला अस्पताललाई सरकारको मातहातमा ल्याई त्यसको विशिष्टीकरण, बुटवल मेडिकल कलेज निर्माण तथा सञ्चालन, अत्याधुनिक सुविधासम्पन्न सरकारी ट्रमा सेन्टर निर्माण तथा सञ्चालन, बिटिआइमा व्याचलर र मास्र्टस् लेभलको सिभिलसहित अन्य इन्जिनियरिङ्ग कक्षाहरुको सञ्चालन, सरकारीस्तरको आधुनिक सुविधा सम्पन्न फरेस्टी कलेज स्थापना तथा सञ्चालनका लागि पार्टीले पहलकदमी लिनुपर्ने विचार प्रकट भए ।
–१९ वटै वडामा रहेका वडास्तरीय योजनाहरुको बारेमा समेत चर्चा गरी त्यसलाई लिपिबद्ध गर्न सुझाव आए ।
छ) निष्र्कष
बुटवलमा नेकपा (एमाले) ले तहगतरुपमा आयोजना गरेको चियासंवाद कार्यक्रमले धेरै हदसम्म पार्टीको आधारभूत तहमा रहेका कार्यकर्ताहरुको बिचमा पुगेर उनीहरुका विचार सुन्ने र बुझने अवसर प्रदान ग¥यो । कार्यकर्ता, सर्मथक तथा शुभेच्छुकबाट पार्टीप्रति माया र चिन्ता प्रकट भएको छ । जनताका समस्यालाई पहिचान गरि त्यसको समाधान गर्दै सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने काम नेकपा (एमाले) बाट मात्रै सम्भव छ भन्ने आशा र विश्वास आम कार्यकर्ता पंक्तिमा देखिएको छ । पार्टीका नेताहरु जनताको बिचमा जाने, उनीहरुका समस्या सुन्ने र उनीहरुलाई परेको समस्यामा साथ दिने काममा केन्द्रित हुदाँ पार्टीको जनआधार बढ्छ भन्ने सन्देश प्राप्त भएको छ । पार्टीभित्रका अन्तरविरोधलाई छलफलका माध्यमबाट समाधान गर्ने र आन्तरिक एकताका साथ एउटै लय र तालमा पार्टी कामलाई अगाडि बढाउँदा त्यसले धेरै हदसम्म समस्याको समाधान गर्न मद्दत पुग्ने देखिन्छ । यस्ता कार्यक्रम नियमित रुपमा आयोजना गरि प्राप्त सुझावहरुलाई विश्लेषण र संश्लेषण गरि पार्टीको योजना निर्माण गर्न सके पार्टीले लिएको उद्देश्य प्राप्तिको बाटोमा महत्वपूर्ण सफलता प्राप्त हुने सन्देशसमेत मिलेको छ । (लेखक नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीका सचिव हुन् ।)