रामप्रसाद गैरेको लङ्ग मार्च

मेचीकाली संवाददाता

२८ पुष २०८०, शनिबार
252 shares

दीपक विश्वकर्मा

२०४४ सालमा मेघालयमा विदेशीभगाऊ आन्दोलन नभएको भए रामप्रसाद गैरेको जीवनले कुनचाहिँ मोड लिन्थ्यो होला ? आम नेपालीहरू माझ मेघालयको जुनसुकैस्थानमा रहेबसेपनि शिलाङमा बस्ने वा बसेको भन्ने प्रचलन छ । विदेशी खेदाउ आन्दोलन नभएको भए रामप्रसाद पनि शिलाङ्गे नै कहलाइने थिए । आजसम्म त उनको भारतीय नागरिकता नै बनिसक्ने थियो । रासनकार्ड, आधारकार्ड बन्ने थियो र जीरोपोइन्टको तिनालीस्थित खसियाको खेतखनिहालमा गाईबाख्रा चराइरहेको हुन्थे ।

रामप्रसाद गैरे

आज दैनिक हजारौको संख्यामा नेपालीहरू रोजगारीको लागि विदेश लाग्ने गर्दछन् । यसलाई पलायनभनेर अतिरञ्जित गर्ने पनि गरिन्छ । वैदेशिक रोजगारीसम्बन्धी तङ्यांक संकलन गर्नेहोभने एकघर एक वैदेशिक रोजगारको डाटा तैयार हुनसक्छ । कामको लागि मात्र होइन, शिक्षा आर्जनकोलागि पनि दैनिक हजारौं युवाहरूले भिजामा लालमोहर लगाइरहेका हुन्छन् । यो कुरो सोह्रैआना सहि हो, सबै प्रवाशिने नेपालीहरू फर्कदैनन् । यो नफर्किने चलन आजको समस्या होइन, त्यसको खोजतलास गर्न त फिजी पुग्नुपर्छ, अरुणाचलका जंंगलहरूमा पुग्नुपर्छ । तत्कालिन बर्मा वा हालको म्यानमार पुग्नुपर्छ र पुग्नुपर्छ भाग्सु, नैनिताल, जोरहाट, तेजपुर र तीनसुकियाका गाउँबस्तीहरूमा ।

रामप्रसाद गैरे पचासको उकालो लागे । कपाल पाक्यो । छोराहरु हुर्किसके । स्कुलमा नोकरी छ । मेडमास्टरदेखि सिनियरजुनियर सबै सर, मेडमहरूले दाजुभाइको मान दिन्छन् । आफ्नो देश भनेको आफ्नै देश हो । गोठमा बाँधिएका गाई हराउलान् भन्नु छैन । मनचला कुनै खसियाले ससानो रिसको झोकमा बुकुरोमा आगो लगाइदेला भन्ने डर छैन । मेघालयका बस्तीहरूमा रहिबसेकोभए आज उनी तिनाली मै हुन्थे । जग्गा मालिक मौरुङ्गलगायत स्थानीयखसियाको मर्मभेदी सम्बोधन डखार, अखमीयाहरूले पाइलैपिच्छे अपमान गर्दै भिराइदिने खारखुवा गुर्खालीको भारी बोकेर कहिले शिलाङ, कहिले गुवाहाटी र कहिले नेपाल गर्दै दिन कटाइरहेका हुनेथिए ।

रामप्रसादले शिलाङको पदमार्ग आफैले पच्छाएका थिएनन् । वि।सं। २०१३ सालमा बाबु विष्णुप्रसाद गैरे जेठादाजुको साथलागेर मेघालयको बडापानी पुगेकाथिए । बाका दाजु अथवा रामप्रसादका जेठाबाको बडापानी क्षेत्रमा महाजनी थियो । आसाम मेघालयमा गाईपालक ब्यवसायीहरूलाई महाजन भन्ने चलन छ । पुसै पियारी९पुसैको थर तिवारीको अपभ्रंसरुप० महाजनको पनि बडापानी क्षेत्रमा गाईखुटी थियो । जेठाबाले बाबु विष्णुलाई १३ वर्षको उमेरमा मेघालय पुर्‍याएर खुटीको काम सिकाए । दाइभाउजुको साथमा बसेर काम सिके विष्णुले । रहरको बिहे गर्ने उमेर भएपछि दाजुभाउजुले बडापानीको शिलाङतिरकै तारादेवीसँग घरजम गरिदिए। तारादेवीका बाआमा उतै गाई पालेर बस्थे । भाइको घरजम भयो । अब साथमा राखेर हुँदैन । टाक्सिन्छ । प्रगति गर्दैन । अलग गर्दिनुपर्छ तबमात्र धनआर्जनको बाटो समाउँछ । दाजुभाउजुको पबित्र मलने भाइलाई छुट्याइदिए ।

विष्णु गैरेका कुल ११ सन्तान भए । एघारमध्ये कान्छाको जन्म नेपाल आएरपछि भयो । जन्मेजतिका सबै बाँचेनन् । ३ सन्तानहरूले परलोकको बाटोतय गरे । पाँच भाइमध्येका काइला हुन् रामप्रसाद । दाजुसँग अलग भएपछि विष्णुले खसियाको खोरिया फाँडे । घरजम भएपछि सन्तानको सुख ओइरिन थाल्यो । सन्तानले प्रसस्त धनी भएतापनि धनको मामिलामा गरिब थिए बाबु विष्णु गैरे । लाउनखान पुग्थेन । रामप्रसादले ती कठिन दिनहरूलाई मनबाट पखाल्न सकेका छैनन् । “हाम्राबाले कमाइ गर्ने खसियाको मनग्ये जमीन थियो । खेतीपाती घाँसदाउरा गरेवापत मालिकलाई वार्षिक १ सय २५ भारु दस्तुर दिनुपर्थ्यो । परिवार ठूलो, आम्दानी थोरै, बाले निकै दुःखले हुर्काउनु भएको हो हाम्लाई ।” बिनासंकोच विगत सम्झिन्छन् रामप्रसाद ।

ब्रम्हपुत्र नदीउपर बनेको विशाल फलामे सराइघाटपुल तरेपछि गुवाहाटीमा प्रथम पाइला टेकिन्छ । कहावत छ, ब्रम्हपुत्रतरेपछि जोकोही सजिलै फर्किदैन । आजकाल त सो विशाल नदीउपर अर्को सिग्नेचरपुल बन्दैछ । गुवाहाटीको अन्तिम बिन्दु हो खानापारा । खानापाराको केही माथि पुगेपछि बाटो छुटिन्छ । एउटा बाटो लाग्छ अपरआसामतर्फ जहाँहुँदै पुगिन्छ अरुणाचल, मणिपुर र नागाल्याण्ड तथा अन्य प्रान्तहरूमा । अर्को बाटो उकालो लाग्छ र तय गरिन्छ मेघालयको शिलाङ, जोवाईहुँदै सिल्चरको अगरतला । जोराबाटबाट उकालो लागेमा भेटिन्छ बर्निहाट जहाँ नेपालीहरूलाई गाडीबाट उतारेर पुनः गुवाहाटीतर्फ नै फर्काइन्छ । त्यसपछि आउँछ उमलिङ, उमसिङ, नङ्पो र अझै उकालो लागेपछि बडापानीको विशाल ताल । बडापानीभन्दा केहीओरै नयाँबंगला नामको बस्ती छ । जहाँ असंख्य नेपालहरूको बसोबास थियो छ ।

बडापानीमा विशाल बाँध बानिएको छ । बाँध बाँधेर संचयगरिएको पानीले बिद्युतगृह सञ्चालन गरिएको छ । शिलाङलगायत मेघालयराज्यका हर सहरबस्तीमा बडापानीको बिजुलीले नै झलमल्ल भएको हो । हो, यहि बडापानीमा विष्णु गैरेका दाजुको महाजनी थियो । रामप्रसाद सम्झिन्छन्— फुपुपुसैंपनि उतै हुनुहुन्थ्यो । पुसैंलाई तियारी महाजन भन्थे । दाजुभाउजु र फुपुपुसैंको साथ र आडभरोषाले बालाई बडापानी बस्न सहज भयो । नयाँबंगला पारभएपछि जिरो पोइन्ट आउँछ । त्यहाँबाट दाहिना लागेपछि लामीडाँडा पुगिन्छ। सोही लामीडाँडामा हाम्रो बाल्यकाल बितेको हो ।

जग्गा मालिक खसियाको नाम मैरुङयस्तै केही थियो । उनी थुप्रै जग्गाका मालिक थिए । उनै जग्गामालिकबाट वार्षिक कुत तिर्ने हिसाबले बाले जग्गामा खेती लगाउनु हुन्थ्यो । हाम्रा गाई थिए पचाससाठी पुच्छर । दुधघ्युको कारोवार थियो । खेतीको आयस्थाले खान पुग्दैन्थ्यो । त्यसैले पैसा बचत पनि हुन्थेन । दुःखैले हुर्केका हौ हामी । रामप्रसादको विगतप्रति कुनै गुनासो छैन । तर पढाइ गर्न नसकेकोमा भने मनको एककुनामा तुस बाँचेको छ । भन्छन्—दाइ र म पालो गरेर स्कुल जान्थ्यौं । पैदल हिँडेरै स्कुल जानु पर्थ्यो । पढाइभने नेपाली भाषामै हुन्थ्यो । सामान्य एबीसीडी लेख्न, नाम लेख्न सिकियो । खालीखुट्टा स्कुल गइन्थ्यो । मैले १ कक्षा र दाइले २ कक्षासम्म पढेका हौं लामीडाँडामा ।

सन् ७० को दशकको अन्त्यतिर आसाममा विदेशी भगाउ आन्दोलन शुरु भयो । आन्दोलनको नेतृत्व विद्यार्थीहरूले गरेका थिए । प्रफुल्ल महन्त सो आन्दोलनका नेता थिए । आसामआन्दोलनको असर छिटफुटरुपमा मेघालयमा पनि देखापरेको त सोही समयदेखि नै थियो । तर वि।सं। २०४४र४५ बाटभने त्यसले उग्ररुप लियो । सन् १९५० को नेपालभारतको शान्ति तथा मैत्रि सन्धिको मर्म खसियाहरूले पढ्ने कुरो भएन । वा पढेपनि त्यसको मर्म र अर्थ खुट्याउन तिर लागेनन् । हजारौ नेपालीका घरगोठ जलाइए । शिलाङमा सिङ्गो गोर्खाबस्ती जलाइयो । गाउँगाउँबाट नेपालीहरू खेदाइए । रामप्रसादलाई सो समयको धुर्मैलो सम्झना आजसम्म ताजै छ । “हाम्रा ५०र६० पुच्छर गाई थिए । बस्ने बास थियो । खेतिपाती थियो । सबै छोडेर हिड्नुपर्‍यो । धन्न जग्गामालिक गतिलो पर्‍यो । ती सबै सम्पत्तिको मोल भारु ७ हजार बाको हातमा थमाएर बिदाइ गर्‍यो । सोही ७ हजार भारु, भाँडाकुडा, लुगाफाटा बोकेर नेपाल आएका हौं हामी ।” रामप्रसाद विगत सम्झेर भावुक हुन्छन् ।

बाग्लुङ्ग नजिकैको गाउँ बाएँखोलाबाट २०१३ सालमा दाजुभाउजुको साथ लागेर शिलाङ९तत्कालिन समयमा मेघालय आसामको एक जिल्ला थियो र सो क्षेत्रमा जानेजतिलाई शिलाङे भनिन्थ्यो० हानिएका विष्णुप्रसाद गैरे २०४४ सालमा ठूलो परिवार बोकेर नेपाल आए । २०३० सालमा जन्मिएका रामप्रसाद नेपाल फर्किदा १३र१४ वर्षका थिए । उनले पहिलोपटक चप्पल लगाएको नेपाल आएरै हो । ती पुराना दिनहरू रामप्रसादका आजका सम्झनाका तरेलीहरू हुन् । “शिलाङबाट फर्किएको पहिलो रात बुटवलको शुख्खानगरस्थित फुपुको घरमा बसियो । पुसै तियारी महाजन उतै शिलाङमा बित्नुभएको हो । बुटवलमा फुपु तथा भान्जादाइहरू बासु तथा कृष्ण तिवारीले हामीलाई पहिलो गासबास दिनुभयो ।

२०४०र४१ सालमै टटेरामा १३ कठ्ठा जग्गाको बैना गरेर राख्नुभएको रहेछ पिताजी विष्णु गैरेले । नेपाल आएपछि सो १३ कठ्ठा जग्गा आमाको नाममा पास गर्न आमाका जगरगहना बिक्री गरियो । जमाना सस्तो थियो । मानिसहरू बेइमान थिएनन् । ४र५ वर्ष पछि आफ्नो नाममा पासगर्दा पनि जग्गावालाले दाम बढाएनन् । नेपाली ४४ हजार रुपैयाँको थैली थमाए पछि जग्गा आमाको नाममा आएको थियो । रामप्रसाद विगत सम्झिन्छन् ।

४४ सालमा नेपाल फर्केपछि रामप्रसाद १३र१४ वर्षको उमेरमा कक्षा १ मा भर्नाभए । स्कुल थियो महामाया भवानी मावि, भवानीपुर । तर स्कुल जीवन सहज भएन । रामप्रसाद सम्झिन्छन् ती दिनहरू— मैले लामो टुप्पी पाल्थेँ । उमेर पनि छिप्पिएको थियो । पछाडिको बेञ्चमा बस्ने साथीहरूले टुप्पी तानेर हैरान पार्थे । को कोसँग झगडा गर्नु रु स्कुल जान मन लागेन । दिल्ली तिर हानिए र कोठीमा काम गरेर उतै लामोसमय बिताएँ । दिल्ली जुनघरमा रामप्रसादले काम गर्थे त्यो घरकी साहुनी मास्टर थिएन । मालिक मास्टर हुनुको फाइदा भयो रामप्रसादलाई । भन्छन्— निकै माया गर्थिन् । मैले पनि इमानदारीकासाथ काम गर्थें। उनैले मलाई पढाइन् । एबीसीडी, कखरा र अंक लेख्न चिन्न सक्ने बनाइन्। हिन्दी नेपाली पढ्न सक्ने भएँ म ।

पढाइप्रतिको लगाव यतिसम्म बस्योकि रामप्रसादले बनारसबाट कुरियर मार्फत नेपाली किताब मगाएर पढ्थे । उनको कुल दिल्लीबसाइ बाइसतेइस वर्षको रह्यो । छुट्टी मागेर नेपाल आइजाइ गरिरहन्थें। २०५१ सालमा एक्काइसबाइस वर्षको हुँदा गुल्मी हर्मिचौरकी सरीता पाण्डेसँग मागी बिवाह भयो । जहान सरीताले चारकक्षासम्म पढेकी छन् । बिवाहको फल पनि राम्रै निस्कियो । दुई छोरा भए अर्जुन र अशोक । अर्जुन हाल देवदह नगरपालिकाका मेयरको स्वकिय सचिवकोरुपमा कार्यरत छन् । कान्छा अशोकले भर्खरै ब्याचलर सकेर बसेका छन् । रामप्रसादलाई घरमा छोरी नभएकोमा भने विषाद लाग्छ । भन्छन्— छोरी घरका गहना हुन् । छोरीभएको घर उज्यालो हुन्छ । मनमा त्यहि एउटा गुनासो रह्यो ।

आमाको माइत उतै थियो । जिरोपोइन्ट बहुतै मलिलो ठाउँ हो । पानी परिरहने, राम्रो मौसम भएको ठाउँ हो, सो ठाउँ । जे रोपेपनि फल्थ्यो । जस्तोभएपनि बाले आफ्नै पौरखले बनाएको घर थियो । अर्काकै भएपनि आफ्नै हातले सम्याएको जमिन थियो । गाई थिए थुप्रै । नातागोता आइआफन्त सबै उतै थिए र आजसम्म पनि छन् । आफुजन्मेको हुर्केको ठाउँको सम्झना आइरहन्छ । नीदमा पनि उतैका भिरपाखाका सपनाहरू आइरहन्छन् । एकपटक जान मन छ शिलाङ । शिलाङ पुग्नुभन्दा तलै ओर्लेर जीरोपोइन्टको लामीडाँडा पुग्न मन छ । सबै बितिसके । आफुले चिनेका शेषकान्त बास्तोलाबाहेक अरु जिवीत छैनन् । तर पनि लामीडाँडा पुगेर आफु जन्मेको माटोलाई एकपटक निधारमा लगाउन मन छ । रामप्रसादका यी सपनाहरू अघोरी सपना नबनुन् । जिरोपोइन्टमा पुगेर बडापानीको विशाल रहलाई हेर्ने उनको इच्छा फलिफाप होस् ।

रामप्रसादको रोजीरोटी हो देवदह मावि, देवदह, रुपन्देही । रामप्रसाद भन्छन्—सानैदेखिको रमाइलो, हासोँ ख्यालठट्टा गर्ने बानी थियो मेरो । उही बानीले स्कुल परिवारले उनलाई आँखामा बसाएको छ । निवर्तमान वर्तमान प्रधानाध्यापक तथा शिक्षकहरूको नजरमा चढेका मान्छे हुन् रामप्रसाद । नि।प्रअ केशवप्रसाद घिमिरे, वर्तमान प्रअ हरिप्रसाद पाण्डे रामप्रसाद बारे भन्नुहुन्छ—औधी फरासिला, कामलाई ठुलोसानो नभन्ने, अह्राएको काम नाइ र सक्दिन नभन्ने कर्तव्यप्रायण कर्मचारी हुन् । शिक्षक इन्दिरा अर्याल थप्नुहुन्छ—रामप्रसाद दाइ हामीसबैका दाइ हुनुहुन्छ, उहाँ एकदिनपनि विदामा बस्नुभयोभने स्कुल सुनसानजस्तै हुन्छ ।” लेखापाल दिलकुमार विकको कथन छ—दाइको बढो गज्जवको स्मरणशक्ति छ । स्कुलका सुचनाहरू दुईतीन पटक पढ्नेहोभने बिनाकागत मुखाग्र सुनाउनु हुन्छ ।

जीवन जिउने कलाका खानी हुन् रामप्रसाद । पुराना दिनहरू सम्झिएर भावुक हुँदै भन्छन्—शिलाङ हुँदै गीत गाउँथे । लोकगीत मनपर्छ रामप्रसादलाई । नेपाल फर्केपछि दोहोरीमा लत बस्यो । पछि ज्यानपाल्ने ध्याउन्नमा सबै बिलाएर गए । माया गरेर हुर्काउने, जीवन जिउने कला सिकाउने पिताजीले ९ वर्ष अघि साथ छोडेर जानुभयो । आमा ७१ वर्षपुगेर ७२ मा चल्दै हुनुहुन्छ र हामीसबैलाई आशिर्वाद दिइरहनुभएको छ । रामप्रसाद थप्छन्—दाजुभाइहरू सबैले आआफ्नो गरिखाएका छौं । मरिलानु केही छेन । अंशबण्डा गरेका छैनौ । अंशबण्डा गर्नुपर्ने प्रसस्त जमीन जायजेथा पनि छैन । टटेराको १० कठ्ठा जमीन उहिल्यै बेचेर व्यवहार मिलाइएको थियो । सबैलाई गरिखान पुगेकै छ । कसैले कसैमाथि आँखा लगाउन परेको छैन र नपरोस् पनि ।

एककिसिमको लङ्गमार्च नै रहयो रामप्रसादको जीवन । नगरेको काम केही छैन उनले । पढाइप्रति औधी चाहना थियो । लामो टुप्पी तनाइको विषादले मनमा हिनता पैदा भयो । स्कुल हापेर दिल्ली हानिए । तर उनै रामप्रसाद आजभोलि बिहान ठीक दश बजे मार्तुल समाएर फलामे घण्टी बजाउँछन् र ज्ञानको ढोका खोलिदिन्छन् । कुराको बिटमार्दै रामप्रसाद भन्छन् । सयौ विद्यार्थीहरूलाई रोलकलको लागि फाइलिङ भएर राष्ट्रगान गाएको देख्दा मनमा सकुन मिल्छ । आफुले पढ्न नसकेता पनि पढ्ने पढाउनेहरूको संगतमा दिन कटाउन पाउँदा मनमा हर्ख लाग्छ ।