नेप्सेमा दोहोरो अंकले वृद्धि

मेचीकाली संवाददाता

१३ असार २०७८, आईतवार
573 shares

काठमाडौं, असार १३ । गएको बुधवार र बिहीवार घटेको शेयर बजार आइतवार (आज) भने २७ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज २७ दशमलव ३८ अङ्कले बढेर दुई हजार आठ सय ७० दशमलव ३८ अङ्कमा पुगेको छ । आज हाइड्रोपावर समूहको शेयर ७६ दशमलव १ अङ्कले, व्यापारको ४७ दशमलव २ अङ्कले, बैंकिङ समूहको ३८ दशमलव २६ अङ्कले बढेको छ । विकास बैंक समूहको शेयर भने झन्डै ६० अङ्कले घटेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता शेयर सात अर्ब १६ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । आज नेपाल हाइड्रो पावर कम्पनीको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बाराबरको शेयर कारोबार भएको छ । आज सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । आज गुर्खाज फाइनान्स कम्पनीको शेयर मूल्य झन्डै साढे चार प्रतिशतले घटेको छ ।