शिवरात्री र स्वास्थ्य

मेचीकाली संवाददाता

२५ फाल्गुन २०८०, शुक्रबार
91 shares

ओम बानियाँ
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री हिन्दूहरूको प्रमुख चाड हो । यो भगवान् शिवको प्रमुख पर्व हो । यस दिन शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । यस दिन नै शिवपार्वतीको विवाह भएको भनिन्छ । यहाँ उल्लेखनीय कुरा के भने हिन्दू क्यालेन्डरको प्रत्येक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रीको रुपमा लिइन्छ । यो मासिक शिवरात्रीको नामले पनि प्रचलित छ । तर फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई महाशिवरात्रीको नामले चिनिन्छ ।

हिन्दू मान्यताअनुसार यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्य सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रीको अवसरमा गरिने यस्ता क्रियाकपापले मानिसको मानसिक तथा शारीरिक स्वास्थ्य रक्षा गर्न सहयोग गर्छ ।

महाशिवरात्रीलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीको अवसरमा शिवालयमा पूजाआजा गरिन्छ । यस क्रममा शिवलिंगमा बेलपत्र चढाइन्छ । बेलपत्र एक किसिमको वनस्पती हो । यसको औषधीय महत्व छ । बेलपत्रको फल, पात तथा जरा आदि औषधीको रुपमा प्रयोग हुँदै आएको छ । बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, बी र सी सँगै भरपुर मात्रामा जैविक तत्वहरु र एन्टीअक्सिडेन्ट्स पाइन्छ ।

शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान् शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिङ्गलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । महाशिवरात्रीलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीको अवसरमा शिवालयमा पूजाआजा गरिन्छ । यस क्रममा शिवलिंगमा बेलपत्र चढाइन्छ । बेलपत्र एक किसिमको वनस्पती हो । यसको औषधीय महत्व छ । बेलपत्रको फल, पात तथा जरा आदि औषधीको रुपमा प्रयोग हुँदै आएको छ । बेलपत्रमा प्रोटीन, बीटा क्यारोटीन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, बी र सी सँगै भरपुर मात्रामा जैविक तत्वहरु र एन्टीअक्सिडेन्ट्स पाइन्छ ।

फुस्रो र रुखो छालामा चमक ल्याउन होस् वा कपाललाई स्वस्थ र सुन्दर राख्न बेलपत्रले महत्वपूर्ण भूमिका खेल्दछ । बेलको रसलाई मनतातो पानीमा मिलाउनुपर्छ । यसमा महको केही थोपा हाल्नुपर्छ । यसको घोल नियमितरुपमा सेवन गर्दा रगत सफा हुन्छ ।
सेतो दाग बेलपत्रको सहयोगले ठीक हुन सक्छ । बेलको गुदीमा सोरलिन नामको तत्व हुन्छ जसले छालाको घाम सहने क्षमतालाई बढाउँछ । यसका अलावा बेलपत्रमा क्यारोटिन पनि हुन्छ र यी दुवै तत्व मिलेर छालाको रंगलाई समान बनाइराख्न महत्वपूर्ण भूमिका खेल्छन् । बेलको दैनिक उपयोगले छालाको सेतो दागहरु सफा हुन्छन् ।

बेलपत्रको रससँग जीरा मिलाएर पिउनाले पित्तको साथसाथै छालामा हुने दाग धब्बा र चिलाएको निशानाहरु पनि ठिक हुन्छन् । पाकेको बेलको बोक्रालाई सफा गरेर त्यसमा तिलको तेल तथा कपुर मिलाई दैनिक कपालमा लगाउने हो भने कपालमा जुम्रा पर्दैन । कपाल झर्ने समस्या रोक्नका लागि बेलपत्रको सेवन सबैभन्दा उचित उपाय हो । दैनिक एक बेल पत्तालाई धोएर खानुपर्छ । एक हप्तामो फरकपन पाउन सकिन्छ । पाकेको बेल पेट रोगका लागि निकै उपयोगी मानिन्छ । यसले उचित तरिकाले दिसा लगाउने काम पनि गर्छ ।

बेलपत्र मधुमेह नियन्त्रण गर्न पनि निकै उपयोगी मानिन्छ । बिहान खाली पेट ७ वटा बेलपत्रको पेष्ट बनाई एक गिलास पानीसँग सेवन गर्ने हो भने मधुमेह नियन्त्रण गर्न निकै सहयोग गर्छ । बेलपत्रलाई पानीमा उमालेर चियाको रुपमा सेवन गर्न सकिन्छ । सिधै चबाएर पनि सेवन गर्न सकिन्छ । बेलपत्रलाई छायाँमा सुकाएर कुटेर चुर्णको रुपमा पनि सेवन गर्न सकिन्छ ।

पाकेको बेललाई मह र सख्खरसँग खाँदा शरीरको रगत सफा हुन्छ र रगत बढ्छ पनि । बेलको पत्ताको रस पूरै शरीरमा लगाउनुपर्छ र एक घन्टापछि नुहाउनुपर्छ । यसबाट तपाईंको शरीरको दुर्गन्ध हट्छ । भिटामिन सीको कमीले स्कर्वी रोग लाग्छ । बेल भिटामिन सीबाट भरपुर हुन्छ । त्यसैले यसको सेवन गरेर तपाईं स्कर्बी रोगबाट बच्न सक्नुहुन्छ । पाकेको बेलको गुदीलाई पानीमा उमाल्नुपर्छ । त्यसपछि पानीलाई चिसो बनाएर त्यसले कुल्ला गर्दा मुखभित्रको छाला ठिक हुन्छ । मुटुका रोगीहरुका लागि बेलपत्रको प्रयोग अत्यन्त असरदार हुन्छ । बेलपत्रको काढा दैनिक पिउनाले मुटु सँधै बलियो हुन्छ र हृदयघातको सम्भावना पनि कम हुन्छ । साससँग जोडिएका रोगहरुमा पनि बेलपत्रले अमृतको काम गर्छ । यसको पत्तालाई पिसेर रस बनाउनुपर्छ र नियमितरुपमा यसको सेवन गर्नुपर्छ, निकै लाभ मिल्नेछ । ज्वरो हुँदा बेलपत्रको काढा बनाएर पिउनाले ज्वरो ठिक हुन्छ ।

शिवरात्रीको पर्वमा गाँजालाई प्रसादको रुपमा सेवन गर्ने चलन पनि छ । धार्मिक ग्रन्थ अथर्ववेदअनुसार पाँच पूज्य वनस्पति मध्य गाँजा पनि एक पूज्य वनस्पति भनिएको छ । उहिलेका पुर्खाहरू गाँजा औषधीको रूपमा पनि प्रयोग गर्दथे । अहिलेको आधुनिक विज्ञानले गाँजा औषधीजन्य बिरुवा हो भनेर प्रमाणित गरिसकेको छ । क्यान्नाविसका विभिन्न प्रजातिहरुमध्ये साटिभा र इण्डिका नेपालमा सजिलै पाइने गाँजा हुन् । नेपालमा गाँजालाई लागू औषध नियन्त्रण ऐन २०३३ ले लागू औषधको रूपमा परिभाषित गरेको छ ।

गाँजा र गाँजाजन्य पदार्थमा साइकोएक्टिक तत्व टेट्राहाइड्रोक्यानाविनोल, एन्टिसाइकोटिक तत्व क्यान्नाविडाइओल र सिडेटिभ तत्व क्यान्नाविनोल आदि पाइन्छ । यसका अलावा क्यान्नाविजेरोल, क्यान्नाविभ्यारिन, क्यानाविक्रोमिन र टेट्राहाइड्रोक्यान्नाविनोलिक एसिड पनि औषधी विज्ञानको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
गाँजामा पाइने सयौं तत्वहरुमध्ये टेट्राहाइड्रोक्यान्नाविनोल (टिएचसी) सबैभन्दा साइकोएक्टिभ तत्व हो । गाँजा धेरै खाँदा कोही हाँसेको हाँस्यै हुने, कोही रोएको रोयै हुने जस्ता साइकी क्रियाकलाप देखाउने तत्व नै टिएचसी हो । तनाव र मानसिक पिडालाई शान्त पार्ने तत्व क्यान्नाविनोल हो । त्यसै गरी मनमा भएको डर भगाउने, शारीरिक पीडा कम गर्ने तत्व भने क्यान्नाविडाइओल हो ।

अतः गाँजामा भरपुर औषधीय गुण हुन्छ र यसलाई औषधीका रुपमा प्रयोग गर्न जति फाइदाजनक हुन्छ, त्यति नै यसको गलत प्रयोग खतरनाक हुन्छ । यसले मानिसलाई दुव्र्यसनीको दलदलमा फसाउन सक्दछ । त्यसैले शिवरात्रीको अवसरमा साथीसंगीसँग रमाइलोको लागि भाङयुक्त परिकारहरु सेवन गर्दा गाँजा लागूपदार्थ दुव्र्यसनको कारण पनि बन्न सक्छ है । यसतर्फ सचेत बनौं ।