राजयोग मेडिटेशन मानव जीवनलाई अपरिहार्यः नगरप्रमुख खाँण

मेचीकाली संवाददाता

१७ बैशाख २०८१, सोमबार
120 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङमा राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम आइतबारदेखि सुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले मानसिक शान्ति, पारिवारिक खुसी, र सामाजिक समृद्धताका लागि राजयोग मेडिटेशन प्रशिक्षण सञ्चालन गरेको छ ।

वैशाख १९ गतेसम्म सञ्चालन हुने कार्यक्रमको उदघाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले मानव जीवनका लागि राजयोग मेडिटेशन प्रशिक्षण आवश्यक रहेको बताए । उनले भने, ’मानवजीवनलाई सहज बनाउँन राजयोग मेडिटेशन अपरिहार्य छ ।’

प्रशिक्षणले मानव जीवनलाई अति आवश्यक रहेको बताउदै जीवन् के हो र यसबाट सिक्नु पर्ने धेरै कुरा मानव जीवन लाई बाच्न जिउन सिकाउने बताउदै नगरबासिलाई यस किसिमको प्रशिक्षणले टेवा पुर्‍याउने प्रमुख खाणले बताए ।

हामीलाई सुन्दर र शक्तिशाली विचारको आवस्यक हुन्छ, जुन यो कार्यक्रमबाट प्राप्त गर्नसक्छौं, खाणले बताउदै, जनप्रतिनिधिहरुका लागि त झन आवस्यक छ, यो साक्षात्कार र प्रशिक्षित हुने अवसर प्रदान गरेकोमा आयोजकप्रति आभार व्याक्त प्रमुख खाँणले गरे ।

यसैगरी वालिङ नगर उप प्रमुख कविता तिवारी गैह्रेले राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम अनुकरणीय र ऐतिहासिक रहेको बताइन । मनोवैज्ञानिक हिसावले आयोजना गरिएको प्रशिक्षण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको नगर उपप्रमुख गैह्रेको भनाई छ । नयाँ पुस्तालाई कसरी सभ्य र सुसंस्कृत बनाउन सकिन्छ भन्नेमा यो प्रशिक्षण कार्यक्रमको महत्त्वपूर्ण भूमिका खेल्ने उप प्रमुखको भनाइ छ ।

सहभागीहरुले जिज्ञासु भएर प्रशिक्षण लिन आग्रह गरिन । कार्यक्रम सफलताका लागि नगरपालिकाले अपनत्व मानेर साथ दिने भन्दै भोलिका दिनमा पनि साथ र सहयोग रहने प्रतिवद्धता रहेको नगर उप प्रमुख गैह्रेले बताइन् ।

सोही संस्थाका महासचिव एवम् वरिष्ठ राजयोग शैलेसराज बरालले ४ दिने प्रशिक्षण कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारे ।
कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित वरिष्ठ राजयोग प्रशिक्षक हुन र उनै ब्रह्माकुमार राजु घलेद्वारा प्रशिक्षण दिने छन । प्रशिक्षणका विशेष कार्यक्रमहरु सोमबारदेखि सुरु हुने आयोजकले जानकारी गराएको छ ।

सम्पूर्ण नगरवासि आसपासका पालिका साथै सिङ्गो जिल्लावासी लाई निशुल्क रूपमा प्रशिक्षण लिन र आ आफ्नो जीवनमा परिवर्तन ल्याउन धार्मिक, सामाजिक, सहिष्णतामा एकेबदत्ता र भाइचाराको समबन्ध राखन सहयोग पुग्ने प्रशिक्षणबाट आशा लिइएको छ ।