लोकदोहोरी प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा थापा

मेचीकाली संवाददाता

२५ कार्तिक २०८२, सोमबार
25 shares

बुटवल । लोकदोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा रितु थापा घर्ती निर्वाचित भएकी छिन् । हालै सम्पन्न प्रतिष्ठानको १७ औँ साधारणसभा तथा नवौं अधिबेशनबाट रितु थापा घर्तीको अध्यक्षतामा आगामी तिन बर्षका लागि नयाँ कार्यसमीती चयन भएको हो । प्रतिष्ठान रुपन्देहीको प्रथम उपाध्यक्षमा रेशम खनाल, द्धितीय उपाध्यक्ष बिधान कार्की, महीला उपाध्यक्ष रेनु राना मगर सचीबमा दिपक दर्लामी मगर, कोषधयक्षमा सागर खड्का, सह सचीबमा कृष्ण अर्याल र सह कोषाध्यक्षमा बिष्णु श्रीपाली चयन भएका छन् ।

यस्तै महीला खुल्ला सदस्य ४ जना, खुल्ला सदस्यमा ९ जना र मनोनीत ४ गरी २४ सदस्यीय कार्य समीती चयन भएको हो । निर्बाचीत समीतीलाई लोक दाहोरी प्रतिष्ठानका संस्थाका केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले सपथ ग्रहण गराउदै शुभकामना ब्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष थापाले आफु निर्बाचीत भएपछी लोक दोहोरीको उन्नतीका लागी अग्रज र अनुजको सहयोगबाट माथी उठाउने प्रतीबद्धता ब्यक्त गरीन् । बिगत १२ बर्षदेखी समीतीमा बसेर काम गर्दे आएको भन्दै श्रष्टाका अधीकार स्थापीत गर्न आफ्नो बलबुताले भ्याएसम्म न्याय गर्ने बताउनुभयो । केन्द्रीय समीतीको बार्षीक कयालेन्डर अनुसार काम गर्ने उनले बताउनुभयो । निर्बाचन मण्डलमा खिमानन्द भट्राई, लक्ष्मण खड्का, दिपु मगर, दामोदर घिमीरे, प्रचण्ड जिसी र मिलन गाहाले सहजीकरण गर्नुभएको थियो ।

पत्रकार मिलन गाहा सम्मानित
प्रतिष्ठान साधारण सभा तथा अधिबेशनको अबसरमा अग्रज पत्रकार मिलन गाहा सम्मानीत भएका छन् । पाल्पाको मदनपोखरामा जन्मेका गाहा रेडियो मदनपोखराको स्थापना सगै पत्रकारीतामा लागेका हुन् । २०५६ सालबाट आफ्नो पत्रकारीता यात्रा सुरु गरेका गाहाले बुटवल एफ.एम, समाबेशी रेडियोमा नेतृत्व गर्दै एबीसी टेलीभीजन, लुम्बिनी टेलीभीजन, हाल नेपाल टेलीभीजनमा रुपन्देही सम्बाददाता, मेचीकाली दैनीकमा समेत आबद्ध रहेका छन् ।

लुम्बिनी प्रदेश सरकारको सञ्चार समन्वय परीषदको अध्यक्ष रहेका गाहाले समाज परीबर्तनका लागी निजी स्वार्थलाई त्यागेर समाज परीबर्तनको सम्बाहकको भुमीका निर्बाह गर्दे आएका छन् । पाल्पाबाट रुपन्देही झरेर बुटवल एफएमको स्थापान संगै रुपन्देहीलाई सञ्चारको कर्मथलो बनाएका गाहा आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय सचीब, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रीय उपाध्यक्ष, मगर पत्रकार संघका केन्द्रीय सचीब, प्रेस चौतारी नेपालका पुर्ब केन्द्रीय सदस्य सहीत सञ्चार सम्बद्ध बिभीन्न संस्थाहरुको नेतृत्व गर्दे आएका छन् ।

पत्रकारीतामा इमान र निष्ठा सहीत आफ्नो करीयर बनाउदै आएका गाहा आदिवासी जनजाती समुदाय र पछाडी परेका बर्ग समुदायलाई राजयको मुलधारमा प्रबाह हुनु पर्ने मान्यता राख्दछन् । समाजलाई आर्थीक बिकास सहीत शैक्षीक परीबर्तन र यो संगै भौतीक बिकाश ले राज्यलाई अगाढी बढाउन मद्धत गर्ने मान्यता राखेका गाहाले देशको बिकासमा कुनै पनी स्वार्थ रहेमा बिकाश सम्भब नहुने कुरामा बिस्वास राख्दछन् । करीब २६ वर्षको सञ्चार यात्रामा गाहा एक आईडल पर्सनालीटी हुन् ।