विपद्को उच्च जोखिममा बुटवल

केही बेरको वर्षाले मुख्य बजार क्षेत्रसहित कैयौं घर डुबानमा

मेचीकाली संवाददाता

३० बैशाख २०८१, आईतवार
336 shares

अमृत गिरी

बुटवल । बुटवल उपमहानगरपालिकाका अधिकांश बस्ती प्रकोपको उच्च जोखिममा छन् । शनिबार राति र आइतबार बिहान आएको केहीबेरको वर्षाले ल्याएको बाढी मुख्य बजार क्षेत्र र घरमा पसेर क्षति भएको छ । मानवीय क्षति नभएपनि करोडौं मूल्यको धनमाल क्षति भएको छ ।

चुरेको काखमा रहेका तिनाउ तथा दानव नदी र अरु विभिन्न खोल्साहरुका वरपर बाक्लो रुपमा बस्ती बसेका क्षेत्रहरु जोखिममा छन् । यिनै जोखिमलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकामा यसअघिका जनप्रतिनिधि शिवराज सुवेदीको नेतृत्वमा रहेको कार्यपालिकाले प्रदेश सरकारको सहकार्यमा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तयार पारेको थियो ।
स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा अघि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, रेडक्रस सर्कल र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को सहकार्यमा सबै वडाका टोलहरुमा छलफल तथा अन्तक्र्रियासमेत गरिएको थियो ।

बुटवलका १९ वटै वडाका विपद् व्यवस्थापन वडास्तरीय समितिका दुई/दुई जना अगुवा, रेडक्रसका प्रतिनिधि, सशस्त्र प्रहरी बलको उद्धार टोली तथा जिल्ला दैवीप्रकोपको क्षेत्रमा यसअघि काम गरेका अभियानकर्ताहरु सम्मिलित सर्वपक्षीय टोलीले तयार पारेको कार्ययोजनाअनरुपका काम अहिले अगाडि बढ्ने हो भने पूर्वतयारीको काम प्रभाकारी हुने त्यसबेला योजना बनाउने काममा जुटेका रेडक्रसका प्रतिनिधि प्रकाश अर्यालको भनाइ छ ।

उक्त योजना तय गर्नुअघि विज्ञहरुले बुटववलका जोखिम सम्भावित क्षेत्रहरुको वस्तुगत अध्ययन गरेका थिए । सोही अध्ययनका आधारमा बुटवल बाढी, पहिरोजस्ता प्रकोपको उच्च जोखिममा रहेको छ । यही बेलामा वैशाख ३० गते बिहान आएको बाढीले अर्को ठूलो जोखिमको संकेत गरेको छ ।

केही वर्षअघिसम्म तिनाउ नदीको अस्वभाविक दोहन भएकाले, चुरेमा विभिन्न संरचना निर्माण गरिएकाले, ससाना खोला तथा खोल्साहरु मासिएकाले, जताततै सिमेन्टेड संरचना निर्माण गरेकाले विपद्को जोखिमलाई बढाएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । नदी किनारमा बसेका बस्तीहरु बाढीको र चुरेको फेंदमा रहेका बस्ती पहिरोको उच्च जोखिममा रहेको विज्ञहरुको भनाइ छ ।

वातावरणविद् ई.डा.खेटराज दाहालले बुटवललाई प्रकोपको उच्च जोखिमको सहरका रुपमा लिँदै जोखिम बहनको सामथ्र्य भने कमजोर रहेको बताउँछन् । सुखौरा खोलादेखि अरु ससाना खोल्साहरु मासिएको, अतिक्रमणमा परेको, सोह्रछत्तिस नहरको भूभागसमेत अतिक्रमणमा परेको, नदीको बहाव क्षेत्रमै घर टहरा निर्माण भएकाले जोखिम बढिरहेको विज्ञ ई.डा.दाहालको भनाइ छ ।

केही बेरको वर्षाले मुख्य बजार क्षेत्रसहित कैयौं घर डुबानमा
मनसुन सुरु नहुँदै परेको भारी वर्षाले रूपन्देहीको बुटवल क्षेत्र डुबानमा परेको छ । बुटवलको मुख्य बजार क्षेत्रका पसल, विद्यालय, सरकारी कार्यालय, बजार क्षेत्रका घरका पहिलो तला जलमग्न भए । हिलो र नालीको फोहोरले बजार दुर्गन्धित भएको छ । जताततै हिलाम्य हुँदा हिँड्डुल गर्नसमेत मुस्किल भएको छ । कतिपय विद्यालयले पढाइ नै बन्द गरे ।

प्रि–मनसुन समयमै परेको पानीले बुटवल किन डुबानमा प¥यो होला ? त्यहाँ कति पानी परेको थियो ? जल तथा मौसम विज्ञान विभागका अनुसार रूपन्देहीको भैरहवा विमानस्थल, लुम्बिनी, तिलोत्तमालगायतका क्षेत्रमा वर्षा मापन केन्द्रहरू छन् । त्यहाँको रेकर्ड हेर्दा तिलोत्तमामा गत १२ घण्टाको अवधिमा भारी वर्षा भएको रेकर्ड छ । भैरहवा र लुम्बिनीमा भने मध्यम खालको वर्षा भएको छ ।

गत १२ घण्टाको अवधिमा तिलोत्तमामा मात्रै ५५ मिलिमिटर वर्षा मापन भएको छ । यो भनेको भारी वर्षा हो ।
यसैगरी लुम्बिनीमा १२ मिलिमिटर र भैरहवा विमानस्थलमा १० मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो मध्यम वर्षा हो । जल तथा मौसम विज्ञान विभागको भैरहवा कार्यालय प्रमुख एवम् वरिष्ठ मौसमविद् वरुण पौडेल प्रि–मनसुन अवधिमा कुनै एक ठाउँमा बढी पानी पर्ने र नजिकैको अर्को ठाउँमा कम पानी पर्ने बताउँछन् । ‘रूपन्देहीमा पनि त्यस्तै भयो,’ मौसमविद् पौडेल भन्छन्, ‘तिलोत्तमामा ह्वार्र पानी प¥यो तर निकास नपाउँदा भल बस्तीमा पस्यो ।’

डुबान नै हुने गरी रूपन्देहीमा पानी नपरेको तर परेको पानीले निकास नपाउँदा डुबान भएको उनको भनाइ थियो । बुटवल उपमहानगरपालिकाका इन्जिनियर गौतम रौनियार र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित पनि नाली र कुलो थुनिँदा डुबानको समस्या आएको बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हरेक दिन तीन दिनसम्मको मौसम पूर्वानुमान बुलेटिन जारी गर्छ । त्यसमा कुन प्रदेशमा कस्तो खालको पानी पर्छ भन्ने उल्लेख हुन्छ । ठूलो मौसमी घटना हुने संकेत पाउनासाथ पूर्वसतर्कता अपनाउन महाशाखाले भनेको हुन्छ । तर त्यसलाई बेवास्ता गरिँदा जनधनको क्षति हुने गरेको छ । महाशाखाले यसअघि नै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

वर्षा र बाढी जतिबेला पनि हुन सक्ने भएकाले नाला सफा राख्नेलगायतका पूर्वतयारी गर्नुपर्ने मौसमविद्हरू बताउँछन् । पूर्वतयारी नगरिदिँदा बुटवल डुबानमा परेको र बजारबासीले सास्ती पाएको देखिन्छ । महाशाखाले जनजीवन प्रभावित हुन सक्छ भनेर पहिले नै चेतावनीयुक्त सूचना जारी गरेको थियो । तर त्यसलाई सम्बन्धित निकायले बेवास्ता गर्नुको परिणाम अहिले बुटवलबासीले भोगिरहेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनीदेखि पूर्वको भूभागमा बढी वर्षा भएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार शनिबार रातिदेखि नै कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि वर्षा भएको छ तर ती क्षेत्रका एक–दुई स्थानमा हल्का खालको पानी परेको छ ।
मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सप्तरीको बरमझियामा सबैभन्दा बढी १०५ मिलिमिटर वर्षा भएको छ । यसैगरी नवलपरासीको देउरालीमा ९६.२, पाल्पाको बल्डेङगढीमा ८६.४, पर्साको मुदैलीमा ८२.२, सर्लाहीको पथरकोटमा ७७.८, ओखढुंगाको मानेभञ्ज्याङमा ६६.८ र बाराको अमलेखगञ्जमा ५० मिलिमिटर वर्षा भएको छ ।

बाढीले बुटवलका विद्यालय, पसल, उद्योग र दर्जनौं निजी घर प्रभावित भएका छन् । पाल्पाको दोभान क्षेत्र र बुटवलमा शनिबार मध्यरातदेखि अबिरल वर्षा भएको थियो । लामो समयपछिको वर्षाले किसानलाई राहत भएपनि सामान्य हेलचक्र्याइँले भने बुटवलमा समस्या पारेको छ । बुटवल क्षेत्रको ढल र नाली समयमै व्यवस्थित एवं सरसफाइ नहुँदा मध्यरातमा आएको बाढी नाली र नहर हुँदै बस्ती, विद्यालय र उद्योगमा पसेको हो ।

बाढीले बुटवलस्थित राष्ट्रिय समाचार समिति (रासस)को प्रदेश कार्यालय डुबानमा परेको थियो । शनिबार राती २ बजेदेखि नै कार्यलय छेउको नाली भरिएर पानी कार्यालयमा प्रवेश गरेपछि कार्यालयका फर्निचरसहितका सामग्री डुबानमा परेको राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले बताए ।

‘राती दुई बजेपछि पश्चिम नेपाल बस व्यवसायी प्रालिको कार्यालय तर्फबाट पसेको भलले निकास नपाएपछि रासस कार्यालय डुबानमा परेको हो,’ उनले भने, ‘डुबानबाट कार्यालय परिसरको बाउण्ड्रीवाल, कार्यालयका फर्निचर, कम्प्यूटर, ल्यापटप, ट्याब, प्रिन्टरलगायतका सामाग्री नष्ट भएका छन्,’ उनले भने, ‘निवासतर्फ पनि क्षति पु¥याएको छ ।’ नाली भरिएर डुबानपरेपछि बिस्तारासम्मै पानी भरिएपछि आफूहरु कान्ति माविको भवनमा रात बिताएको उनले बताए ।

अविरल वर्षाले रुपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय डुबानमा परेका छन् ।
उक्त क्षेत्रको बुटवल उपमहानगरका उपप्रमुख सावित्रा अर्याल, वातावरण इन्जिनिगर योगेश चापागाइँ, अधिकृत ठगिश्वर पोखरेललगायतको टोलीले बाढीग्रस्त क्षेत्रको अवलोकन गरेको थियो ।
अवलोकनका क्रममा उपप्रमुख अर्यालले बाढी आउने र एक्कासी यतिका धेरै क्षेति हुने बाढी आउनुको कारण र पानीको निकास थुनिएको कारण तथा क्षेत्रका बारेमा विज्ञहरुसहित अवलोकन गरेर समाधानको प्रभावकारी कदम चालिने बताइन । उनले बाढीबाट अती प्रभावित भएका पीडितहरुको सूचि तयार पारेर राहतलगायतका प्रबन्ध गरिने प्रतिवद्धता जनाइन ।
त्यस्तै बाढी पसेर कक्षाकोठा एवं विद्यालय कम्पाउण्ड नै डुबानमा परेपनि बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित न्यू होराईजन इङ्लिस बोर्डिङ स्कुलले आइतबार विद्यार्थीलाई बिदा दिएको थियो ।

देवीनगर, कालिकानगर, योगीकुटी हुँदै तिलोत्तमा क्षेत्रका विभिन्न खेतमा सिंचाइका लागि लगिएको सोह्र छत्तिस नहरको पानी नहर सरसफाईकै अभावमा विद्यालयमा पसेको हो । विद्यालयका पहिलो तलाका अधिकांश कक्षाकोठा डुबानमा परेको र खेलमैदानमा पनि पानीको लेदो भरिएकाले विद्यालयमा पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

अब सतर्क बन्नुपर्ने छ: प्रमुख पाण्डे
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मध्यरातमा आएको बाढीले बुटवललाई सतर्क रहन संकेत गरेको बताए । उनले अहिलेको अवस्थाको सबै अध्ययन भइरहेको र अबको योजना बनाउने पनि काम भइरहेको बताए । उनले मध्यरातमा तिनाउ खोला बढेपछि नहर हुँदै बजार प्रवेश गरेको बाढीले फुलबारी टोल, रासस कार्यालय रहेको क्षेत्र, रुपन्देही उद्योग संघलगायतका कार्यालय, दर्जनौं घर र विद्यालयमा पनि क्षति पु¥याएको र क्षतिको विवरण संकलनको काम जारी रहेको बताए ।

‘लामो समयदेखि पानी नपरेको अवस्थामा बजार क्षेत्रका नालीहरुमा फोहोर थुप्रिएको रहेछ,’ उनले भने, ‘अचानक आएको बाढीलाई नालीले थेग्न नसक्दा धेरैतिर नोक्सान गराएको छ । अहिले क्षतिको विवरण संकलन गर्दै छौं ।’ लामो समयदेखि टोलविकास संस्थाहरुले प्लास्टिकजन्य वस्तु जथाभावी नफाली नालाहरुमा नियमित सरसफाई अभियान चलाएको भए यस्तो क्षति नहुने भन्दै अब सर्तक रहनुपर्ने उनले बताए ।