ओम बानियाँ
साउन आयो । लगभग धान रोपाइँ पनि सकियो । साउनसँगै खेतवारी, पाखा पखेरा तथा वनजंगल चारैतिर हरियाली नै हरियालीको उमंग छाएको छ । साउन महिनाको हरियालीसँगै आउने शिव पर्वको हरियालीको नेपाली हिन्दू समाजमा निकै महत्व छ । हिन्दू धर्ममा साउन महिना भगवान् शिवको महिना र सोमवार शिवको दिन मानिन्छ । त्यसैले साउन महिनाभरि, खासगरी सोमबार हिन्दू धर्मावलम्बीहरुले भगवान् शिवको महिनाको रुपमा ब्रत बसेर, शिवमन्दिरहरुमा पूजापाठ गरेर, धूमधामका साथमा मनाउने गर्छन् । त्यसैले साउन महिनाभरि शिव मन्दिरहरुमा मानिसहरुको ठूलो घुइँचो देखिने गर्छ ।
हरियो चुरा, पोते र साडीमा सजिएर विवाहित महिलाहरुले पतिको सौभाग्यका लागि र अविवाहित महिलाहरुले असल पति पाउ भनि ब्रत बस्ने र शिव मन्दिरहरुमा गएर शिवको पूजापाठ गर्ने गर्छन् । शिवको पूजापाठ नगर्ने युवा महिलाहरुसमेत हरियो पहिरनबाट निकै प्रभावित देखिन्छन् । महिलाहरुलाई हरियो पहिरन बिछट्टै सुहाउँछ पनि । अतः यसरी साउन महिनामा नेपाली महिलाहरु हरियो फेसनमा सजिएर प्रकृतिको हरियालीलाई अझ मनमोहक र आकर्षण बनाएको देख्न सकिन्छ ।
हरियो चुरा तथा पहिरन बारे समाजमा धेरैखाले मान्यता रहिआएको पाइन्छ । कतिपयले देखासिकीको भरमा, कतिपयले फेसनेबल बन्न त केहीले आ–आफ्नै बुझाइका आधारमा यस्तो पहिरन लगाउने गरेका छन् ।
साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले साउन महिनाभरि हरियो चुरा तथा पहिरन लगाउने गरेकी तिलोत्तमा–१, ड्राइभरटोल बस्ने धार्मिक तथा समाजिक व्यक्तित्व कल्पना कार्की जिसी सधैंझैं यस वर्ष पनि साउने व्रत बसेकी छिन् । जागृत महिला तथा आमा समूहकी सचिवसमेत रहेकी उनले समाजका दिदीबहिनीहरुको समूह बनाएर साउन महिनाभरि शिव मन्दिरमा गई पूजा तथा भजनकीर्तन गर्ने योजना बनाएकी छिन् ।
सोमबारका दिन फलहार र अन्य दिन सात्विक भोजन ग्रहण गरेर हरियो चुरापोते तथा हरियो पहिरन लगाई शिव उपसना गर्दा निकै आनन्द र उमंग आउने बताउँछिन् । उनी भन्छिन्,‘पौराणिक मान्यताअनुसार साउन महिना शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको प्राचीन विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । साउनमा हरियो पहिरदा शिव खुसी हुने धार्मिक विश्वास छ ।’ हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सकारात्मक ऊर्जा तथा सौभाग्यको प्रतीक हो । श्रावण महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयूसमेत बढ्ने तथा अविवाहिताले असल पति पाउने धार्मिक विश्वास छ ।
ब्रेन बाइट्स
लोकप्रिय नायिका केकी अधिकारीलाई साउनमा हरियो रङ विशेष लाग्छ । घरमा आमाले गर्ने पूजा आराधनामा सानैदेखि चाख मान्दै आएकी उनलाई धार्मिक संस्कारप्रति एकखाले रुचि छ । ‘म सधैं व्रत बस्दिनँ तर कहिलेकाहीँ बस्दा पनि त्यो आफ्नै लागि बसेकी हुन्छु ।’ उनले सुनाइन्,‘कहिलेकाहीँ लिइने व्रतले स्वास्थ्यलाई राम्रो गर्छ । साउनको झरी अनि चारैतिरको हरियालीले पुलकित हुने केकीलाई प्रकृति जस्तै देखिनका लागि हरियो पहिरन लगाउन निकै मन लाग्छ । नेचर फ्रेन्ड्ली देखिने भएकाले पनि साउनमा हरियो लगाउन रुचाउँछु ।’
तिलोत्तमा–१, ड्राइभरटोल बस्ने धार्मिक तथा समाजिक व्यक्तित्व कल्पना कार्की जिसी भन्छिन्,‘पौराणिक मान्यताअनुसार साउन महिना शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको प्राचीन विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।’
साउनमा हरियो पहिरदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सकारात्मक ऊर्जा तथा सौभाग्यको प्रतीक हो । श्रावण महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयूसमेत बढ्ने तथा अविवाहिताले असल पति पाउने धार्मिक विश्वास छ ।
बुटवलकी महिमाले अग्रजले गर्दै आएको परम्परालाई निरन्तरता दिएको बताउँछिन् । ‘हरियो रङ, प्रेम र वातावरणको प्रतीक मानिन्छ, गत असार २७ मा विवाह बन्धनमा बाँधिएकी महिमाले भनिन्,‘हत्केलामा जति बढी गाढा मेहेन्दीको रङ राख्यो, उति नै बढी श्रीमान्को माया पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।’ खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन् ।
लोकप्रिय नायिका केकी अधिकारीलाई साउनमा हरियो रङ विशेष लाग्छ । घरमा आमाले गर्ने पूजा आराधनामा सानैदेखि चाख मान्दै आएकी उनलाई धार्मिक संस्कारप्रति एकखाले रुचि छ । ‘म सधैं व्रत बस्दिनँ तर कहिलेकाहीँ बस्दा पनि त्यो आफ्नै लागि बसेकी हुन्छु ।’ उनले सुनाइन्,‘कहिलेकाहीँ लिइने व्रतले स्वास्थ्यलाई राम्रो गर्छ । साउनको झरी अनि चारैतिरको हरियालीले पुलकित हुने केकीलाई प्रकृति जस्तै देखिनका लागि हरियो पहिरन लगाउन निकै मन लाग्छ । नेचर फ्रेन्ड्ली देखिने भएकाले पनि साउनमा हरियो लगाउन रुचाउँछु ।’
जानकारका अनुसार हरियो पहिरन र शिवको महिनामा कुनै धार्मिक सम्बन्ध नभएता पनि महिलाहरुको हरियो पहिरनले प्रकृतिसँगको सामिप्यता झलकाउँछ । वास्तवमा हरियो रङ आशा, समृद्धि र बुद्धिको प्रतिक हो । हरियो रङले ऊर्जा, आनन्द, मनमोहकता र माधुर्यता दिने काम गर्छ । विगतमा महिलाहरूले हातभरि पिउरी लगाउने गर्थे । हरियो, पहेँलो कपडा, चुरामा धेरैको ध्यान जाँदैन्थ्यो । जे छ त्यही लगाएर भगवान्को पूजाआजा गर्ने भन्ने हुन्थ्यो । तर, अहिले समाज आधुनिकतातिर गएसँगै हरियो, पहेँलो चुरा, पोते, कपडा, नङपालिस र मेहेन्दी लगाउने फेसन छ ।
मनोवैज्ञानिक दृष्टिमा मानिसको जीवनमा रङको ठूलो महत्व छ । हरियो तथा गेरुवा पहिरनमा साउनको शिव उत्सव मनाउनुको मनोविज्ञान पनि जीवनलाई रंगीन बनाउनु नै हो । रङहरुका आआफ्नै गुण, धर्म र विशेषताहरु हुन्छन् । जस्तो कि रातो रङ प्रेम, उत्तेजना र क्रान्तिको प्रतिक हो । पहेँलो रङ बुद्धिको प्रतिक हो । निलो रङ सत्य र आशाको प्रतिक हो । हरियो रङ आशा, समृद्धि, सौभाग्य तथा बुद्धिको प्रतिक हो । गुलावी रङ दयाको प्रतिक हो । यसैगरी सेतो रङ शुद्धता, सत्ता र शान्तिको प्रतिक हो । अनि कालो रङ अँध्यारो, तिरस्कार तथा तमस बुद्धिको प्रतिक हो ।
हो, मानिसलाई रङ मन पर्छ । रंगीन जीवनले नै मानिसलाई खुसी दिन्छ । आनन्द दिन्छ । जीवनलाई आशा र विश्वास दिन्छ । तर बिडम्बना के भने अधिकांश नागरिकहरुले श्याम–श्वेत सोच राखेर रंगीन जीवन बाँच्न खोज्छन् । यहीँबाट नै मानिसका धेरै समस्याहरु उत्पन्न हुन्छन् ।
दुश्चिन्ता, डिप्रेसनलगायतका अनेक मनोवैज्ञानिक समस्याहरु यही श्याम–श्वेत सोचका कारण पैदा हुन्छन् । जस्तो कि कुनै राजनीतिज्ञले अहिले पनि निर्वाचनमा पराजित भए भने त मेरो राजनीति नै समाप्त हुन्छ भन्ने सोच राख्न सक्दछ । कुनै विद्यार्थीले परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सकिन भने त मेरो जीवन नै बर्बाद हुन्छ भने सोच राख्न सक्दछ । अनि यस्तो सोच राख्ने व्यक्ति चुनाव हा¥यो वा परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सकेन भने दुश्न्चिता तथा डिप्रेसन जस्ता मानसिक समस्याहरुको चंगुलमा पर्न सक्दछ । हरेक वर्ष थुप्रै एसईईका विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण पनि यस्तै श्यामश्वेत सोच हो ।
तर वास्तविकता भने बिलकुल फरक छ । वास्तविकता के हो भने यस संसारका कुनै पनि मानिस पूर्ण प्रतिभाशाली वा पूर्ण मूर्ख छैनन् । कुनै पनि मानिस पूर्णरुपमा सुन्दर वा पूर्णरुपमा कुरुप पनि छैनन् । कुनै पनि मानिस पूर्णरुपमा असल वा पूर्णरुपमा खराब पनि छैनन् । हरेक मानिसहरुमा गुणहरु पनि हुन्छन्, अवगुणहरु पनि हुन्छन् । भनाइ नै छ, अवगुण नभएका देउता हँुदैनन् । गुण नभएका राक्षस हँुदैनन् ।
मानिसले यो यथार्थलाई आत्मसात गर्ने हो भने मानिसका थुप्रै मानसिक समस्याहरु स्वत् समाधान हुन्छन् । शिवपूजाको वास्तविक कारण पनि स्वंयमलाई स्वस्थ राख्नु हो ।
शिव वैदिक देवता हुन् । शिवको अर्थ कल्याण हो । विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ । शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ । वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ । शुक्ल यजुर्वेदको सोह्रौँ अध्यायमा रुद्रका विभिन्न रुप वर्णन गरिएको छ । सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तहरुको कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ ।
पौराणिक ग्रन्थहरूमा ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई रक्षक र शिवलाई संहारकका देवता मानिएको छ । शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात देवाधिदेव महादेव भनिएको छ । शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ । वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ । शुक्ल यजुर्वेदमा सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने देवताको रूपमा शिवको उपासना गरिएको छ । त्यसैले यो साउन महिनामा हरियो रङले रंगिएर शिव पूजा गर्नु प्राकृतिक, मनोवैज्ञानिक तथा धार्मिक दृष्टिले पनि उपयुक्त हो ।