मेरो देश

मेचीकाली संवाददाता

४ कार्तिक २०८१, आईतवार
54 shares

प्रकाश पाण्डे

म जन्मिएको मेरो देश नेपाल मेरो लागि प्राण भन्दा प्यारो छ । यस धर्तीमा, जन्मिएर केही गर्न सकिएन । यस धर्ती मातालाई कोटी कोटी प्रणाम छ । विश्वमा गनिएको मेरो देश, हिमालको काखमा सोभायमान भएको मेरो देश, विश्वलाई लोभ्याउने दृश्य र कलाले भरिएको मेरो देश, छहरा र पहराले सजिएको मेरो देश, लालीगुराँस फूलेर पाखै रमाइलो भएको मेरो देश, पुर्खाहरूले वीर गोर्खाली भनी चिनाएको मेरो देश, पवित्र नदी नालाले भरिएको मेरो देश, उत्तरतिर बग्ने पवित्र नदी कर्मनशा भएको मेरो देश, रुखैरुख बुटाहरूले चारैतिर हरियाली भएको मेरो देश, हात्ती, गैंडा, बाघ, भालु खरायो, मृग, हरिण, जरायो, स्याल दुम्सी, निलगाई, पंन्छीहरू मयुर, डाँफे मुनाल, सुगा, मैना, कालीज, काँढे भ्याकुर, चमेरो, काल्चे, ढुकुर, काग, कोइली, सारी, जुरेली, कोकले, लामपुच्छे«े चिल, काकाकूल जिद्ध, हुटिट्याउँ, माल चारी, भँगेरी, गौथैली, चिबे, दिनभरि सँगै हुने रात परेपछि एक्लाएक्लै बस्ने चखेवा जस्ता चराचरी पनि यही देशमा पाइन्छ । विश्वमा नभएको काँढे भ्याकुर पनि यही पाइन्छ । यो वनमा पाइने काठहरु साल, खहेर, सिसौ, चाँप, सल्लो, सिमल वरपिपल स्वामी, यी सबै घर बनाउनमा प्रयोग गरिन्छ । आँप, कटहर, बेलउती, सुन्ताला, कागती, आरू बखडा, नासपती, लिची, खल्लूक, चौतारी निबुवा, ऐँसेलु, अनार, मेवा, केरा, दारीम यस्ता फलहरू यही देशमा पाइन्छ ।

कति राम्रो देखिन्छ जताततै वन भए, बुटाहरू काटिन्थे होला मेरो जस्तो मन भए पहराबाट पानि रसाउनी पानीपानी भएको मेरो देश कहीँ सम्मो मातल भूमि कहीँ पहाड कहीँ टाकुरा कहीँ भिर । हिमालै हिमालले सोभायमान भएको, मन्दिरै मन्दीरले सजिएको देश । श्री पशुपतिनाथ बुढा निलकण्ठ, मुक्तिनाथ, जनकपुर धाम, देवघाट, मनकामना, भैरवस्थान, त्रिवेणी, श्री कृष्णजीको शिरा महल यस्ता मन्दिरै, मन्दिरले सजीसजाउ अन्त कही छैन । विश्वमा नभएका जडीबुटीहरू यही देशका कुनाकाप्चा, भिरपहराहरूमा पाइन्छ । विभिन्न प्रकारका नदीहरू यही देशमा छन् । यी नदीहरूमा खोजेमा शालिग्राम पाइन्छ । बालुवा चालेमा सुन पाइन्छ, यी नदीहरू यही धर्तीका छातीबाट बगिरहेकी छन् ।

हिमाली हावा, त्यो मूलको पानी मिठो र पोसिलो, यही हावा पानीमा हुर्केका हामी नेपाली रसिलो । यस्तो हावापानी भएका कारणले हामी हँसिलो रसिलो छौं । मूल फुटेर आएको पानीमा रोगहरू केही हुँदैन, यो पानीले मानिसलाई निरोगी बनाउँछ । यो तराईको सम्मो फाँट धानै धानले भरिपूर्ण छ । कार्तिक, मंसीरमा यो तराईको सम्मो फाँट जता हे¥या उतै पहेंल पूर देखिन्छ । राजमार्गबाट बायाँतिर धानैधान, दायाँतिर हरियोवन घना घोर जंगल अत्यान्तै राम्रो देखिने । यहाँ बर्खेबाली मात्रै होइन हिउँदे बाली पनी हुन्छ, जस्तै गहुँ, तोरी, मसूरो सबैभन्दा धेरै गहुँ फलेको देखिन्छ । जसरी धानको उब्जनी त्यसरी गहुँको उब्जनी हुन्छ ।

यो देशमा सबै भरिपूर्ण भएकोले विदेशबाट पैसा खर्च गरिगरी हेर्न आउँछन्, कसैकसैले घुम्दाघुन्दै महिनौँ लगाएर बल्ल घर फर्कन्छ । विश्वाकका मानिसहरुले नेपाललाई मन पराउँछन् । हाम्रो देशलाई मन नपार्ने भारत मात्र हो । विश्वले नेपाललाई शान्ति क्षेत्र घोषित गर्दा पनी भारतले गरेन किनकि उसले नेपाललाई भलो चाहान्न । यो देशमा के छैन र सबै कुराले भरीपूर्ण छ । पनियो लुलो भयो भात राम्रो गरी, चलएन भात सबै गिजगिजिएर खेर गयो । उन्नति र प्रगति केही हुन सकेन त्यसैले गर्दा हामी हरुले दुःख पायाँै । यो वनमा घाँस दाउरा कति छ कति संरक्षकले तह लगाउन नजानेर हामीहरुलाई बाहिर जान प¥यो ।