बुटवल । यशोदा फूड्स प्रालिले आफ्नो उत्पादन ‘करेन्ट हट एण्ड स्पाइसी’ (१०० ग्राम) चाउचाउको एउटा निश्चित ब्याचबाहेक अन्य सम्पूर्ण उत्पादनहरू उपभोग तथा बिक्री वितरणका लागि सुरक्षित रहेको स्पष्ट पारेको छ ।
कम्पनीले उपभोक्ता, बिक्रेता तथा अधिकृत बिक्रेताहरूका लागि एक जानकारीमूलक सूचना जारी गर्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयको प्रतिवेदन अनुसारको निश्चित ब्याचबाहेक अन्य उत्पादनहरू निर्धक्क उपभोग गर्न सकिने जनाएको हो ।
यशोदा फूड्सका अनुसार उत्पादन मिति २०२६/०२/२३ को ब्याच नम्बर ‘२०२६/०२/२३–०४ए’ भएको चाउचाउ बाहेक अन्य मितिमा उत्पादित फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरूमा कुनै समस्या छैन ।
कम्पनीले ब्याच नम्बर ‘०४ए’ बाहेक अन्य फरक उत्पादन मिति र ब्याच नम्बर भएका ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउहरू गुणस्तरीय रहेको र तिनलाई बिना कुनै दुविधा खरिद, बिक्री तथा उपभोग गर्न सकिने भन्दै उपभोक्ता तथा बिक्रेताहरूलाई ढुक्क रहन अनुरोध गरेको छ ।

