अन्नपूर्ण पदमार्गको महत्व र यात्रा अनुभव

मेचीकाली संवाददाता

२५ जेष्ठ २०८३, सोमबार
11 shares

दिपक पन्थी

नेपाल प्रकृतिको धनी देश त्यसमा पनि अन्नपूर्ण क्षेत्र प्राचीन कालदेखि हिमाली व्यापार मार्गको एक भाग थियो । यहाँका बासिन्दाहरुले तिब्बत र नेपालको पहाडी क्षेत्र बिच ब्यापार गर्थे पछि १९५० को दशकमा बिदेशी प्रवतारोहिहरु अन्नपूर्ण क्षेत्रमा आउन थाले र यो क्षेत्र बिश्व प्रशिद्ध ट्रेकिङ गन्तव्य बन्न थाल्यो ।

सन् १९५० मा फ्रान्सेली आरोही मौरिस हर्जोग नेत्रित्वको फ्रान्सेली टोलिले अन्नपूर्ण सफल आरोहण गरेपछि अन्नपूर्ण क्षेत्र अन्तर्राष्ट्रिय रुपम चिनिन थाल्यो । अन्नपूर्ण वेसक्याम्प जाने बाटोमा मुख्यत गुरुङ र मगर समुदायका बस्तीहरु भेटिन्छन् यी पुराना रैथाने बस्तीहरु भएको पाइन्छ जस्तै घान्द्रुक प्रसिद्ध गुरुङ गाउँ हो भने छोमरोङ एबीसी मार्गकोमुख्य बस्ती हो तेस्तै लानारुक गुरुङ संकृति र परंपराका लागि प्रसिद्ध छ भने जिनु डाँडा तातोपानि कुण्डका लागि प्रसिद्ध छ । यो क्षेत्रमा गुरुङ समुदायको आफ्नो भाषा भेषभुषा परम्परागत छ ढुुङ्गा र काठबाट बनेका पुराना शैलीका घरहरु देख्न पाइन्छ ।

दिपक पन्थी

गुरुङहरु नेपालका प्राचीन आदिवासी जनजाति मध्धे एक हुन् उनिहरु मुख्यत कास्की, लमजुङ, गोरखा, स्याङ्जा र तनहुँ क्षेत्रमा बसोबास गर्छन् । घान्द्रुक गाँउलाई नेपालको सबैभन्दा प्रसिद्ध गुरुङ बस्ती मध्ये एक मानिन्छ । अन्नपूर्ण क्षेत्रका आजका धेरै बस्तिहरु र पदमार्गहरु पहिले पशुपालन ( विषेशगरि भेडा, च्याङ्ग्रा र याक चराउने गोठ र भेडिगोठ) तथा मैसमि बासस्थान का रुपमा प्रयोग हुन्थे गर्मियाममा गोठाला हरु उच्च हिमालि चरनमा जान्थे जाडोमा तल झर्ने गर्थे अन्नपूर्ण वेसक्याम्प जाने बाटोमा पर्ने देउराली, माछापुच्छ्रे वेसक्याम्प र अन्नपूर्ण वेसक्याम्प यी क्षेत्रमा पहिले स्थाई गाउँहरु थिएनन् अस्थाई रुपमा मानिसहरु बस्ने गर्दथे ।

पछि हिमाल आरोहण र ट्रेकिङको बिकास भयो विदेसि पर्यटन हरु आउन थाले स्थानीय हरुले ती पुराना गोठ र अस्थाई छाप्राहरु लाई होटल, लज तथा टि हाउस मा रुपान्तरण गर्न थाले पदमार्गमा पुल, सञ्चार, बिद्युत र पर्यटनमैत्रि सेवाहरु बिस्तार हुँदैगए तर, पुराना मुख्य बस्तिहरु घान्द्रुक र छोमरोङ भने पुराना स्थाई बस्तिकै रुपमा रहिरहे र आजपनि ती बस्तिहरु परम्परागत बस्ति भएको पाईन्छ ।

पोखरा र अन्नपूर्ण वेसक्याम्प ट्रेकमार्गबाट हेर्दा माछापुच्छ्रे अगाडि आकर्षक का रुपमा देखिन्छ भने अन्नपूर्ण का मुख्य शिखरहरु पछाडि फैलिएका देखिन्छन् तेसैले कतिपय लाई माछापुच्छ्रे पहिले र अन्नपूर्ण पछि आएकोजस्तो अनुभूति हुन सक्छ । स्थानीय समुदायको धार्मिक बिस्वासमा माछापुच्छ्रेलाई विशेष पबित्र हिमाल मानिन्छ कतिपय कथाहरुमा यसलाई देवताको निवास वा अन्नपूर्ण क्षेत्रको रक्षक हिमाल को रुपमा वणन गरेको पाईन्छ ।

अन्नपूर्ण नाम संस्कृत शब्द अन्न (खाना) र पुर्ण ( भरिपुर्ण) बाट बनेको मानिन्छ । हिन्दु परम्परा मा अन्नपूर्ण देविलाई अन्न र समृद्धि कि देवि मानेर पुजा गर्ने चलन पनि छ । अन्नपूर्ण वेसक्याम्प वरपरको क्षेत्रलाई प्राकृतिक किल्ला जस्तो मानिन्छ चारैतिर अग्ला हिमालले घेरिएको यसक्षेत्रलाई कतिपय स्थानीय कथाहरुमा देवताहरुको शभाबस्ने स्थानको रुपमा वणन गरिएको किम्वदन्तिछ । माछापुच्छ्रे हिमालको नाम नै यसको दुई चुचुराले माछाको पुच्छर जस्तो आकृति बनाउने भएकोले राखिएको हुनुपर्छ स्थानीय कथाहरुमा यशलाई शुभ र पवित्र चिन्हको रुपमा व्याख्या गरेको पाईन्छ ।

सामान्यतया अन्नपूर्ण वेसक्याम्प जाने मुख्य पदमार्गमा सहरमा जस्तो हरेक ठाउँमा प्रहरी चेकिङ हुदैन तेसैले कतिपयले शान्ति सुरक्षा छैन भन्नेपनि गरिन्छ तर बाटोमा अन्नपूर्ण संरक्षण क्षेत्रका अनुमति जाँच चौकिहरु छन् केहि ठाउँहरुमा नेपाल प्रहरी वा सम्बन्धित निकायले पर्यटक तथा ट्रेकर हरुको अभिलेख राख्ने गरीन्छ । पर्यटक प्रहरी पोखरा लगायत प्रमुख पर्यटन केन्द्रमा सक्रिय छन् आवश्यक पर्दा उद्दार, खोजतलास र सुरक्षा कार्यमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना स्थानीय निकाय र पर्उटन ब्यवसायिहरु परिचालित हुने गरेका छन् । अन्नपूर्ण वेसक्याम्प मार्गमा ट्रेकगर्ने हरुले प्राय बिरेठाँटि र छोम्रोङ जस्ता स्थानमा अनुमति जाँच हुने गर्दछ । पदमार्ग भएको हुनाले यात्रागर्ने पदयात्रिहरु अत्यन्तै सहयोगि हुन्छन एकले अर्काेलाई परेको दुखमा साथ दिने गर्छन भरिया यात्रि हरु सबैले आफुले गरेको फोहोर ठाउठाउमा राखिएको डसविनमा विसर्जन गर्ने गर्छन ट्रेकिङमा कुनै कृतिम फोहोर देखिदैन ।

अन्नपूर्ण वेसक्याम्प ट्रेकमार्ग नेपालको सबैभन्दा सुरक्षित ट्रेकमध्धे एक मानिन्छ मुख्य सिजनमा खचाखच हुने गर्दछ । पदमार्ग स्पस्ट भएको ले हराउने बाटो बिराउने हुदैन मोवाइल नेटवर्क धेरै ठाउमा चल्छ तपाई एक्लै यात्रा गर्दै हुनुहुन्छ भने यात्रा तालिका आफ्नो परिवार लाई बताउनु राम्रो हो राति बस्ने ठाउँ प्राय सुरक्षित नै मानिन्छ स्थानिय मानिस र लज संचालक हरु अपवाद बाहेक सहयोगि नै हुने गर्छन यात्रा गर्दा होसियारि अपनाउनु पर्दछ पहाड भएकोले माथिवाट पहिरो हिम पहिरो ढुङ्गा लगाएत आउन सक्छ जंगल, चिप्लो बाटो खराव मैसम लेकलाग्ने असर जस्ता कुराहरु बाट सावधानी अपनाउनु धेरै राम्रो हुन्छ ।

आपतकालीन अवस्थामा पोखरा र प्रमुख ट्रेकिङ क्षेत्रहरुमा पर्यटक प्रहरिको सहयोग लिन सकिन्छ धेरै लज हरुमा आपतकालीन सम्पर्क को ब्यबस्था गरिएको हुन्छ । आवश्यकता अनुसार मौसम हेरेर हेलिकप्टर सुविधा पनि लिन सकिन्छ यदि तपाईं अन्नपूर्ण वेसक्याम्प जाँदै हुनुहुन्छ भने ग्रुपमा जाँदा धेरै सहज हुन्छ । दैनिक ७ देखि १० घण्टा यात्रा हुनसक्छ ट्रेकिङ जानू पुर्व ट्रेकिङमा प्रयोग हुने सबै सामग्री पोसाकसहित हाईकिङ यात्रा गर्नु धेरै राम्रो हुन्छ यात्रामा जाँदा न्यानोकपडा, रेनकोट, ट्रेकिङ जुत्ता, टिसर्ट, टोपि, मोजा, पञ्जा, लौरो लाईट, सनस्कृन, चस्मा, मुभस्प्रे, औसधि, लसुन, अदुवा लगाएतका आवश्यक सामग्री लैजानु राम्रो हुन्छ ।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जाेग र लुई लचेनलको टोली अन्नपूर्ण शिखरमा पुगेको इतिहास छ । यो नै विश्व को पहिलो सफल ८००० मिटर भन्दा अग्लो हिमाल आरोहण थियो । करिव ८२२ मिटर पोखरा बाट यात्रा शुरुहुन्छ र छामरुङ करिव २१७० मिटर उचाइमा रहेको पाईन्छ देउराली पुग्दा करिव ३२३० मिटर उचाइ मा पुगिन्छ भने माछापुच्छ्रे वेसक्याम्प करिव ३७०० मिटरमा पर्छ तेस्तै हामी अन्नपूर्ण वेसक्याम्प पुग्दा करिव ४१३० मिटर उचाइ रहेको पाइन्छ । बाटोमा होटल तथा लजहरु विभिन्न ठाउहरु जस्तै छाम्रुङ, सिनुवा, बेम्बो, दोभान, हिमालय, देउरालि, माछापुच्छ्रे वेसक्याम्प र अन्नपूर्ण वेसक्याम्पमा पनि खाने बस्ने सुबिधा रहेको पाइन्छ ।

अन्नपूर्ण पदमार्गमा जानको लागि पोखरा देखि गाडिजाने ठाउँ सम्मको लागि सार्वजनिक सवारिमा रु १ हजारदेखि २ हजारसम्म लाग्न सक्छ लजमा बसाइँ र खान प्रतिदिन रु २ हजारदेखि ४ हजारसम्म लाग्न सक्छ । अन्नपूर्ण क्षेत्रमा पुगेका विदेशी पर्यटक आगमनको संक्षिप्त इतिहास यस्तो रहेको पाइन्छ । सन् २००१ देखि २०२५ सम्मको आँकडा हेर्दा २६ लाख ३ हजार भन्दा धेरै बिदेशी पर्यटकले यात्रा गरेको पाईन्छ यसअन्नपूर्ण ट्रेकिङ यात्रालाई बिश्वकै चर्चित र सुरक्षित यात्रा मध्ये एक मानिन्छ ।

अन्त्यमाः आफू नमरी स्वर्ग देखिदैन भन्ने युक्तिलाई आत्मसात गर्दै वि.सं २०८३ साल जेठ १२ गते हाम्रो ६ जनाको टिम पनि अन्नपूर्ण वेसक्याम्प ट्रेकिङ यात्रामा सरिक भयौँ र हाम्रो टिम लिडरको रुपमा बुटवल उद्योग बाणिज्य संघका कार्य समिति सदस्य सफल ब्यवसायि सिद्धार्थ मोटरपार्टका सञ्चालक गणेशप्रसाद भट्टराई हुनुहुन्थ्यो । त्यसैगरी अर्घाखाँची मेडिकल हलका सञ्चालक रमेश प्रसाद पाण्डे, जिनोमिक डाइनेष्टिक ल्यावका सञ्चालक रमेश पाण्डे, बुटवल लायन्स आँखा अस्पतालका डा.मनोहर न्यौपाने, तिनाउ प्रयोगसालाका सञ्चालक तिर्थ खनाल र म दिपक पन्थि यो अन्नपूर्ण ट्रेकिङ यात्राका सदस्य रह्यौँ ।

हाम्रो यात्रा जेठ १२ गते बुटवलबाट सुरु भई पोखरा गएर बास बस्यौँ । जेठ १३ गते बिहान पोखरा हुँदै झुना डाँडा गाडिमा गई झुना डाँडा, छोमरोङहुँदै सिनुवा मा पुगेर बास बस्यौँ र १४ गते बिहान सिनुवा, बेम्बो, दोभान, हँुदै हिमालयमा पुगेर बास बस्याँै । अनि हरियालि डाँडाहरु कलकल बग्ने मोदी खोलाको तेजिलो धुन, अनेकौ झरनाहरुको मन्द मुस्कान, बाटोभरि बगिरहने मुलको पानी रंगिबिरंगि चराहरुको चिरविर आवाज, स्वर्गको अप्सरा जस्तै देखिने हिम चुचुराहरु हामी मन्त्रमुग्द हुँदै १५ गते बिहानको यात्रा हिमालय बाट सुरुगरि देउराली हुदै रिमझिम झरि मा रेनकोट ओढेर जुकाहरु टकटकाउदै नाङ्गा डाँडा र हिउले छपक्कै ढाकिएका हिमाल हेर्दै मोदिखोलाको किनारहुदै सिद्ध बराह क्षेत्र लाई दाईने पार्दै साँझको बासबस्न माछापुच्छ्रे वेसक्याम्पमा पुगियो छिनछिनमै बदलिने मौसम घरि कुहिरो, उतिखेरै पर्ने वर्षात, छिनछिनमै खुल्ने मौसम सिरसिरि बतास स्वर्गजस्तै भयो हाम्रो लागि त्योदिन अनि १६ गते बिहानै ३ बजे उठेर हाम्रो यात्रा अन्नपूर्ण वेसक्याम्पको लागि सुरु गरियो र २ घण्टाको उकालो यात्रा पछि हामी पुग्यौं हाम्रो मनले खोजेको, रोजेको र चाहेको अन्नपूर्ण हिमालको त्यो न्यानोकाख हाम्रो लागि स्वर्ग समान भयो । हामी मन्त्रमुग्द भयौँ हामिसबैको चाहाना पुराभयो हामी नाच्यौँ, ढोग्याँै, रमायौँ र ओरालो लाग्यौं । वेसक्याम्प, देउराली, हिमालय हुँदै हामीहरु दोभानमा आएर बास बसियो अनि १७ गते बिहान दोभानबाट हामीहरु बेम्बो, सिनुवा, छाम्रुङ, झुनाडाँडा हुदै साँझ पोखरामा बास बस्यौँ १८ गते बिहान केही समय पोखराको प्रकृतिसंगै रमायपछि हामी बुटवलको लागि प्रस्थान गरियो र भगवान लाई साक्षी राखेर गरिएको हाम्रो यो पवित्र धामको यात्रा कुनै वाधा अड्चन बिना बुटवलमा आएर समापन भयो ।

निष्कर्सः विश्वकै चर्चित यो अन्नपुर्ण पदमार्ग अति नै राम्रो छ । छिमेकि मुलुक भारत र चिन लगायत विश्वका पर्यटक पदयात्रीले ट्रेकिङ गर्ने यो पदमार्ग पछिल्लो पटक नेपाली पर्यटकको पनि अतिनै रोजाइमा परेको हाम्रो अनुभव रह्यो । यो पदमार्गमा देखिने गरी नेपाल सरकारको उपस्थिति नभएको महसुस गरियो । झुनाडाँडा देखि सिनुवा सम्म स्थानिय वासिन्दा हरुको मनोमानि हिसावले ब्यवसाय सञ्चालनमा रहेको पइयो । अब नेपाल सरकारले सामरुङ देखि मोदी खोला किनारै किनार मोटरबाटो बिस्तार गरी लगभग एक दिनको पैदलमार्ग छोट्याउने र सिनुवा सम्म गाडी लगि बस सञ्चालन गर्ने र जिपवालाको मनोमानि ब्यबस्था अन्त्य गरि लोवर सिनुवालाई प्रमुख ब्यापारिक केन्द्र बनाई आम नेपालिले ब्यवसाय गर्न पाउनुपर्ने ब्यबस्थापन गर्न स्थानिय, प्रदेश र संघिय सरकारको ध्यान जानु पर्ने देखियो । साथै बन्दै गरेको सिनुवा हाइड्रोको पनि आकर्षण बढ्ने देखिन्छ । जे होस यो अन्नपूर्ण पैदलमार्ग अति शुन्दर, रमणीय र सुरक्षित छ सबै नेपाली हरुलाई एक पटक यो यात्रा गर्नुहोला भन्ने अनुरोध गर्दछौं । जय अन्नपूर्ण ।।