लुम्बिनी सांस्कृतिकमा महिला स्वास्थ्य स्वयंसेविका सम्मान तथा लैङ्िगक हिंसाविरुद्ध सचेतना कार्यक्रम

मेचीकाली संवाददाता

२१ मंसिर २०८१, शुक्रबार
385 shares

 

तुलसीराम पौडेल –

लुम्बिनी ,मंसिर २० 

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा “हामी सबैको प्रतिबद्धता लैङ्िगक हिंसा अन्त्यका लागि प्रतिबद्धता ” भन्ने मूल नाराका साथ लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।सोही अवसरमा २१ औं रास्टिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा सम्मानजनक विदाइ कार्यक्रम पनि सम्पन्न

 भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका उपमेयर कल्पना हरिजनले ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा  बोल्दै उहाँले नागरिकको स्वास्थ्य सुरक्षाको लागि महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण योगदान भएकोले महिला स्वास्थ्य स्वयंसेविकालाई नगरपालिकाले सेवा सुविधा थप गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले लैङ्िगक हिंसा  विरुद्धको अभियान कार्यक्रमलाई सफल पार्न तथा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा वारे सम्बोधन गर्न नगरपालिकाले कुनै कमि हुन नदिने प्रतिबद्धता गर्नुभयो ।

नगरपालिका स्वास्थ्यशाखा प्रमुख ध्रुवराज घिमिरेले स्वागत मन्तव्य तथा कार्यक्रमको वारेमा विस्तृत जानकारी दिनु भएको थियोे ।

कार्यक्रममा नगर प्रवक्ता एवं वाड नम्बर २ का अध्यक्ष इनाम मुल्लाह फकिर ,कार्यपालिका सदस्य हुसेनी लोध ,आधारभुत स्वास्थ्य केन्द्र प्रमुख रामबहादुर यादव ,महिला स्वास्थ्य स्वयंसेविका कलावती हरिजन ,आश्रीत सामाजिक सेवाका प्रमुख विजया खत्री ,स सहस्त्र प्रहरी डिएसपी दिपेन्द्र थापा र ईलाका प्रहरी कार्यालय प्रमुख सुनिल लोहार लगाततले महिला स्वास्थ्य स्वयंसेविकाको नागरिकको स्वास्थ्य सम्बन्धि योगदान र लैङ्िगक हिंसा विरुद्धको अभियान बारे आ आफ्नो विचार राख्नुभएको थियोे ।

कार्यक्रमको संचालन नगर शिक्षा शाखाका प्राविधिक प्रमिला पछाइले गर्नुभएको थियोे ।

कार्यक्रममा ६० वर्ष पार गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाइ गरिएको थियोे ।