पाल्पा व्यापार संघको अध्यक्षमा कार्की

मेचीकाली संवाददाता

२३ मंसिर २०८१, आईतवार
74 shares

पाल्पा, मंसिर २३ । पाल्पा व्यापार संघको सातौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विष्णु बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा कमल ढकाल उपाध्यक्षमा सितम भण्डारी र युवराज श्रेष्ठ, महासचिवमा तुल बहादुर अधिकारी, कोषाध्यक्षमा कपिल कृष्ण कार्की, सचीवमा नारायण बस्याल, अम्बिका तिमिल्सिना सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका सदस्य कमलराज तिमिल्सिनाले बताए । कार्य समिति सदस्यहरु लक्ष्मण गौतम, उमा अर्याल, गोकुल पौडेल, सपना साही, शशी श्रेष्ठ, धनकुमारी पाठक, रिता पाण्ड, प्रज्ञा सागर शाक्य, विनोद खाती, कल्पना पोख्रेल, रवीन्द्र आचार्य रहेका छन् ।

कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त–नीति र दायित्वको कार्यन्वयन–अनुगमन तथा मुल्याङ्कन समितिका सभापति माननिय ठाकुर गैरेले उद्योगी व्यावशायीहरुलाई पेसागत हित संरक्षण गर्दै राष्ट्र निर्माणमा सहयोगी हातको रुपमा बिकास गर्नुपर्ने बताए । उनले उत्पादित बस्तु गुणस्तरिय बनाई मुलुक आत्म निर्भर हुँदै निर्यातका लागि सक्षम हुनुपर्ने बताए । लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री खेम बहादुर सारुले जनताका आधारभूत आवस्यकता पुरा गराउन सरकार लागि परेको बताए । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले स्थानिय उत्पादनलाई प्रवर्धन गर्ने, आयात प्रतिस्थापन गर्ने योजना सहित अघि बढ्नुपर्ने बेला आएको बताए ।

सातौँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधि, जन प्रतिनिधि, व्यापार संघ प्रतिनिधि लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।