बुटवल । प्राईड अफ डान्सको फाइनल यहि मंसिर २९ गते शनिबार हुने भएको छ । बुटवल जितगढीस्थित न्यू सारथी कला केन्द्रले आयोजनामा भदौ २२ गतेबाट शुरु भएको नृत्य प्रतियोगिताको फाइनल शनिबार हुने भएको हो ।
तिलोत्तमा शंकरनगरस्थित रेडिसन पार्टि प्यालेसमा हुने फाइनलमा टप १५ ले प्रतिस्पर्धा गर्ने कला केन्द्रकी सञ्चालक पुनम थापाले जानकारी दिइन् । प्रतियोगिताको विजेताले यामाहाको फेसीनो स्कुटरसहित ट्रफि, प्रमाण पाउनेछन् । प्रतियोगितामा उपविजेताले एक थान ल्यापटपसहित ट्रफि, प्रमाणपत्र तथा सेकेन्ड रनरअपलाई ४३ ईन्चको एलईडी स्मार्ट टिभि, ट्रफि, प्रमाणपत्र तथा सान्त्वनालाई गिजर, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताइन् । यस्तै टप १५ मा पुगेका सबै प्रतियोगिहरुले आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् ।
फस्ट अडिसनमा सहभागी भएका २५० मध्येबाट विभिन्न चरण हुँदै अन्तिम १५ मा पुगेको केन्द्रकी सञ्चालक दुर्गा रानाले जानकारी दिइन् । प्रतियोगितामा अनु रजक, मुकेश गुरुङ र पुनम लक्ष्मी मगर निर्णायक (जज) रहेका छन् । प्रतियोगिताको विजेताको घोषणा ३० प्रतिशत भोटिङ र ७० प्रतिशत निर्णायकको निर्णयबाट हुने रानाले बताइन् । सहभागीको प्रस्तुति, भाव, श्रृगार, ताल, कोरियोग्राफीलाई मध्येनजर गरि निर्णय लिईने उनले बताइन् ।
दुई दशक देखि रुपन्देहीमा नृत्य सिकाउदै आएका पुनम थापा र दुर्गा रानाले न्यू सारथी कला केन्द्रमार्फत नेपाली कला, संस्कृति जगेर्नामा योगदान दिदै आएका छन् ।