तुलसीराम पौडेल —
शुद्दोधन ,मंसिर २९
रुपन्देहीको शुद्दोधन गाउँपालिका – ५ रजाड स्थित महाकल्प कृषि सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले साधारण सभाको उद्धाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले महाकल्पले कृषि क्षेत्रमा गरेका कार्यहरू महत्त्वपूर्ण रहेकोे बताउनु भयो ।
पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले महाकल्पले उद्देश्य अनुरुप काम गर्न सफल भएको बताउनु भयो ।कार्यक्रममा प्रधानमन्त्री कृषि परियोजना रुपन्देहीका प्रमुख नारायण काफ्ले , शुद्दोधन गाउँपालिका सहकारी शाखा प्रमुख मान बहादुर भण्डारी ,शुद्दोधन सहकारी संजालका अध्यक्ष लेखबहादुर खत्री ,शुद्दोधन सहकारी संजालका सचिव दिनेश चन्द्र मिश्र ,असल बचत तथा ॠण सहकारीका अध्यक्ष सालिकराम बस्याल लगायतले बोल्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष चिन्तामणी खरेलको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा एसइइ परिक्षामा उत्कृष्ट अन्क ल्याउने शेयर सदस्य सन्तति , उत्कृष्ट किसान , उत्कृष्ट बचत कर्ता ,उत्कृष्ट ॠणि लगायतलाई सम्मान गरिएको थियोे ।
सहकारीका अध्यक्ष चिन्तामणी खरेलबाट वार्षिक प्रतिवेदन ,लेखासमिती संयोजक कृष्ण गोपाल कंडेलबाट लेखाप्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत ,सहकारीका उपाध्यक्ष नमराज आचार्यबाट स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सहकारिका सचिव डाल प्रसाद डुम्रेले गर्नुभएको थियो ।