हेमन्त गौतम
यसभन्दा अघिल्लो अङ्क–१४ को लेखको बुँदा नम्बर २४ अन्तर्गत मैले कुनै बलिरहेको ग्यास पदार्थबाट उत्पन्न आगोको ज्वालाको जति बढी नजिक गयो उति बढी तातो लाग्ने र जति बढी टाढा गयो उति बढी चिसो लाग्ने भौतिक नियम भएको किन्तु त्यसको ठिक विपरीत श्री सूर्य नारायणज्यूको जति बढी नजिक गयो उति बढी चिसो लाग्ने र जति बढी टाढा गयो उति बढी तातो लाग्ने पूर्णरुपेण फरक नियम रहको पाइने अनि उक्त पछिल्लो नियमको नतिजा स्वरूप नै यस पृथ्वीको समस्त स्थलभाग (जमीन) र जलभाग (पानी) वनस्पति जगत तथा हामी मनुष्य सहितको जन्तु जगत दुवैलाई सहज रूपमा बाँच्नका लागि उपभोग (प्रयोग) गर्न योग्य बन्न सम्भव भएको र अझ खासगरी हामी मनुष्य मात्रको निमित्त त झनै हाम्रो जीवन यापनसँग सम्बद्ध हरकोही साधन र त्यसको प्राप्तिको अमूल्य एवं अक्षय स्रोतसमेत बन्न पुगेको तथ्य प्रामाणिक रूपमा नै सत्य देखिएबाट श्री सुर्य नारायणज्यू एकमात्र परम सजीव–सचेतन, सर्वशक्तिसम्पन्न परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भनी मान्नुपर्ने देखिन्छ न कि कुनै बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड भन्ने अर्थ र भावसहितको आफ्नो विचार प्रस्तुत गरेको थिएँ ।
परन्तु अब भने म नक्षत्र विज्ञानको तथाकथित नाउमा (यद्यपि नक्षत्र विज्ञान सिङ्गै आफैमा तथाकथित विज्ञान कदापि होइन) पाश्चात्य मुलुकका कतिपय तथाकथित वैज्ञानिकहरूको यो अज्ञानताभरी पूर्णरूपेण गलत भनाइ कि सूर्य एउटा आगो समान बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड, मझौला प्रकारको तारा हो, श्री सूर्य नारायणज्यू यस भनाइअनुरुपको सानो, मजौला वा ठूलो तारा कुनै केही नभई केवल उपर्युक्तबमोजिमका एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने यथार्थलाई निम्नानुसार बुँदागत रूपमा प्रस्तुत गर्न चाहन्छु जब कि उहाँ श्री सूर्य नारायणज्यू कुनै एउटा धपधप बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड नभई आफू भित्रैबाट तापशक्ति, प्रकाशशक्ति जस्ता कतिपय शक्तिहरू स्वतस्फर्त रुपमा याने आफसेआफ पैदा गर्न सक्ने अलौकिक विशेषतासहित भएका उपर्युक्तबमोजिमका एकमात्र परम प्रभु पमेश्वर परमात्मा नै हुनुहुन्छ भन्ने कुरा यस अघिका विभिन्न सान्दर्भिक लेखहरूबाट थोरै–धेरै प्रष्ट भइसकेको छ, दोहो¥याइरहनु पर्दैन नै । जे होस्, अबको क्रममा विभिन्न वैज्ञानिक तर्क, तथ्य एवं प्रमाणको आधारमा नै यो कुरा समेत (यसैलेखमार्फत) सुस्पष्ट हुन जानेछ कि आजसम्म तारा भनेर मानिएका समस्त आकाशीय पिण्डहरू पनि बुध, शुक्र, पृथ्वी, मङ्गल आदि ग्रहहरु जस्तै निर्जीव भौतिक पिण्ड नै हुन्, ती कुनै श्री सूर्य नारायणज्यू समान परम प्रभु परमात्मा परमेश्वर कदापि होइनन् जस्तो किः
(२५) (अ) यदि आकाशको विभिन्न स्थानमा छरिएर रहेका ताराहरू श्री सूर्य नारायणज्यूका समान गुण, धर्म वा विशेषतायुक्त हुँदाहुन् त उहाँ श्री सूर्य नारायणज्यू आफैभित्रबाट उक्त तापशक्ति, प्रकाशशक्ति जस्ता शक्तिहरू आफसेआफ पैदा भई विश्व ब्रह्माण्डको चारैतिर विखरित भएजस्तै तिनीहरु भित्रबाट पनि उक्त तापशक्ति, प्रकाशशक्ति जस्ता शक्तिहरु आफसेआफ पैदा भई उक्त बमोजिम नै चारैतिर बिखरित भएको हुनुपर्ने हो । त्यस्तै, श्री सर्यू नारायणज्यूको तापशक्तिमा जति बढी नजिक गयो उति बढी चिसो लाग्ने र उहाँबाट जति बढी टाढा भयो उति बढी तातो लाग्ने अलौकिक विशेषता पाइने भए अनुरूप माथि आकाशमा विराजमान रहनुहुने उहाँ श्री सूर्य नारायणज्यूको अपेक्षाकृत बढी नजिक पर्ने कुनै पनि पहाडको शीर्ष भाग–टुप्पोतिर अपेक्षाकृत बढी चिसो (ठण्डा) हावापानी पाइने तर उहाँ श्री सूर्य नारायणज्यूबाट बढी टाढा पर्ने ती पहाडको फँेदीतिर भने बढी तातो (गरम) हावापानी पाइने सर्वविदित यथार्थ यसअघिका सान्दर्भिक लेखहरूमार्फत सुस्पष्ट पारिसकिएकै छ र यसबाट श्री सूर्य नारायणज्यूको तापशक्तिको प्रभाव उहाँको नजिकभन्दा टाढा बढी पर्ने–क्रमशः बढ्दै जाने प्रमाण लाग्दछ भने यदि उक्त ताराहरु श्री सूर्य नारायणज्यू समान भएका भए र उहाँभित्रबाट जस्तै उनीहरु (ताराहरू) भित्रबाट पनि तापशक्ति, प्रकाशशक्ति जस्ता शक्तिहरू आपसेआप पैदा हुने गरेका भए रातको समयमा उज्याला देखिनेलगायतका सबै ताराहरूको तापशक्ति पनि श्री सूर्य नारायणज्यूको तापशक्ति जस्तै नजिकभन्दा टाढा क्रमशः अरु बढी प्रभावकारी (शक्तिशाली) बन्दै यहाँ पृथ्वीसम्म आइपुग्ने थियो । यसरी श्री सूर्य नारायणज्यूको दिनको तापशक्तिमा ती ताराहरूको तापशक्ति समेत थपिन जाँदा यहाँको तापक्रम डिग्रीमा यति–उति भनी किटान गरेर भन्न नसकिएता पनि अनुमानतः हजारौं, लाखौं डिग्री जस्तो पुग्न गई निरन्तर रुपमा अकल्पनीय स्वरूपको असीमित प्रचण्ड गर्मीको अवस्था सिर्जना हुनुपर्ने र परिणामस्वरूप यस धर्तीमा भएको वनस्पति जगत एवं हामी मनुष्य सहितको जन्तु जगत कुनै कसैको पनि जीवनको अस्तित्व सदासदाका लागि समाप्त भएर जानुपर्ने मात्र नभई तीमध्ये कोही पनि अस्तित्वमा आउन नै पूर्णरूपेण असम्भव हुनुपर्ने थियो, आजको जस्तो स्वभाविक एवं सहज अस्तित्व यहाँ कतै सम्भव हुने थिएन ।
(आ) श्री सूर्य नारायणज्यू भित्रबाट एकसाथ पैदा हुने तापशक्ति र प्रकाशशक्ति मध्ये तापशक्तिको प्रभाव उपयुक्तबमोजिम नजिकको अपेक्षा टाढा क्रमशः बढ्दै जाने भएअनुरुप नै प्रकाशशक्तिको प्रभाव पनि नजिकभन्दा टाढा क्रमशः बढ्दै जाने कुरा पूर्णतया स्वभाविक हुन आउँछ । यदि उक्त ताराहरु पनि श्री सूर्य नारायणज्यू समान हुँदाहुन् त श्री सूर्य नारायणज्यूको भित्री भागबाट जस्तै उनीहरूको भित्री भागबाट पनि उक्त तापशक्ति तथा प्रकाशशक्ति एकैसाथ उत्पन्न हुनुपर्ने र प्रकाशशक्तिको प्रभाव पनि नजिकभन्दा टाढा क्रमशः बढ्दो रुपमा हुनुपर्ने हो । त्यस अवस्थामा रातको समयमा उज्याला देखिने तारा र अन्य समेतका सबै ताराहरुबाट उत्पन्न भएको प्रकाशशक्ति नजिकभन्दा टाढा अरु बढी प्रभावकारी बन्दै यस पृथ्वीसम्म आइपुग्नुपर्ने थियो । त्यसले गर्दा यहाँ रात पनि दिन जस्तै सदा उज्यालो बन्न गई एवं दिन र रातको अन्तर नै समाप्त भई हामीले केवल दिनै दिनको मात्र अनुभव गर्नुपर्ने थियो । अनि परिणाम स्वरूप यस धर्तीमा भएका हामीसमेतका दिवा (दिन) चर प्राणीको लागि श्रम– समय र विश्राम–समय निर्धारण गर्न अकल्पनीय स्वरूपको भयानक कठिनाइ उत्पन्न हुन गई उनीहरूको बाँच्ने आयु अनिवार्य रूपमा घट्ने र निशाचर प्राणीलाई निशा याने रात्रिकाल नै नहुँदा बाँच्नसम्म पनि गाह्रो हुने प्राकृतिक अवस्था सिर्जना हुन जाने थियो । त्यति मात्र कहाँ हो र ? दिनको समयमा श्री सूर्य नारायणज्यूको निर्दिष्ट मात्राको प्रकाशशक्ति माथि ती ताराहरूको प्रकाशशक्ति समेत थपिन जाँदा यहाँ अकल्पनीय एवं असीमित उज्यालो हुने थियो र त्यस प्रकारको आवश्यकताभन्दा असंख्य गुना बढी उज्यालोमा हामी समेतका सबै जीव–जनावरका आँखा अकल्पनीय रुपमा तिर्मिराउने मात्र होइन कि हामी सबैको आँखाको दृष्टि क्षमता नै सदाका लागि समाप्त भएर जाने थियो भने सो अवस्थामा हामी कसैको पनि जीवन जिउने आधार कदापि रहने थिएन ।
त्यसरी नै फेरि, दिनको समयमा श्री सूर्य नारायणज्यूको निश्चित मात्राको प्रकाश शक्तिको उपस्थितिमा वनस्पतिमा हुने प्रकाश संश्लेषण क्रियाको निमित्त प्रकाश शक्तिको उक्त प्रकारको अकल्पनीय स्वरूपको असीमित उपस्थिति हामीलाई अति भोजन पुरै अपाच्य एवं विष समान भएजस्तै पूर्णरुपेण विष समान हुनेथियो र सो वनस्पतिमा हुनुपर्ने प्रकाश संश्लेषण क्रिया असम्भव हुन गई उसको (वनस्पतिको) तयारी खाना बन्न पाउने थिएन । अर्को कुरा उक्तबमोजिम वनस्पतिमा हुनुपर्ने प्रकाश संश्लेषण क्रिया सम्पन्न हुन नसक्दा त्यस क्रियामार्फत प्राप्त हुने वनस्पति र जनावर दुवैलाई सास फेर्न नभई नहुने प्राणवायु अक्सिजन पनि प्राप्त हुन सक्दैनथ्यो । यसरी तयारी खाना र उक्त अक्सिजनको अभावमा यस धर्तीबाट वनस्पति जगतको अस्तित्व नै समाप्त भएर जाने थियो भने आफ्नो आहारा र उक्त अक्सिजनको निरन्तरस्वरूपको प्राप्तिको लागि समेत त्यही वनस्पति जगतमा निर्भर रहने जन्तु जगत पनि स्वतः सदाका लागि समाप्त हुने थियो । न त यहाँ आज हामी रहन्थ्यौ न त अन्य जीव जनावर नै ।
यसरी उपर्युक्त समग्र विवेचनाबाट यही प्रमाणित हुन जान्छ कि आकाश वा आन्तरिक्षामा भएका कुनै पनि तारा श्री सूर्य नारायणज्यू समान कदापि होइनन् न त श्री सूर्य नारायणज्यू उनीहरू समान हुनुहुन्छ । यसको एकमात्र अर्थ हो– श्री सूर्य नारायणज्यू उपर्युक्त बमोजिम तापशक्ति, प्रकाशशक्ति जस्ता शक्तिहरू आफूभित्रैबाट आपसेआप पैदा गर्न सक्ने अलौकिक विशेषतासमेत भएका एकमात्र परम चैतन्य स्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ न कि मझौला वा अन्य कुनै किसिमको तारा जसको न त आफ्नै निजी तापशक्ति छ न त प्रकाशशक्ति नै । तिनीहरू (ताराहरू) त केवल निर्जीव भौतिक पिण्ड हुन् न कि श्री सूर्य नारायणज्यू समान परम प्रभु परमात्मा परमेश्वर । परम प्रभु परमात्मा परमेश्वर त संसारका सच्चा अध्यात्मशास्त्र (धर्मशास्त्र) ले भनेअनुरुप केवल एउटै मात्र हुनुहुन्छ, उहाँ हो– श्री सूर्य नारायणज्यू, शङ्का छैन । अरु बाँकी सबै आगामी लेखहरुबाट । अङ्क–१५ (क्रमश)