प्रतिभा खेलाडीको खोजीमा मदन भण्डारी स्पोर्टस् एकेडेमी

मेचीकाली संवाददाता

१ पुष २०८१, सोमबार
324 shares

बुटवल । सबै उमेर समूहसहित युवा खेलाडीहरुको बृहत् सहभागितामा विभिन्न खेल विधाका कार्यक्रमहरु सञ्चालन गर्ने तालिका मदन भण्डारी स्पोर्टस् एकेडेमीले ल्याएको छ । जागरण अभियानलाई निरन्तरता दिँदै खेलकुदका माध्यमबाट देशभक्त, सक्षम, सबल तथा अनुशासित जनशक्ति तयार गरी राष्ट्र निर्माणमा सहयोग पु¥याउने, आर्थिक तथा सामाजिक विकास तथा रुपान्तरणको लागि एकेडेमी राष्ट्रव्यापी खेलकुदको अभियानमा होमिएको हो ।

एकेडेमीले हालै मात्र २०८१ मंसिर २३ गतेका दिन काठमाडौँमा एक कार्यक्रमको आयेजना गरी आफ्नो यस वर्ष सञ्चालन गर्ने १८ विधाका राष्ट्रिय खेल प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरेको थियो । २०८१ पौस १७ अर्थात् जनवरी १ मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको सन्दर्भ पारेर पहिलो खेल प्रतियोगिताको रुपमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी कप इन्डो नेपाल भलिबल प्रतियोगिता लुम्बिनी प्रदेशको प्रमुख खेलकुदको केन्द्र बन्दै गइरहेको सुन्दर सहर बुटवल उपमहानगरपालिका वडा नं.१० को रामनगर खेल मैदानमा भव्य रुपमा आयोजना गर्दै छ । खेल प्रतियोगिता पौस १७ देखि २४ गतेसम्म सञ्कचालन हुने एकेडेमीका अध्यक्ष धु्रव आचार्यले जानकारी दिए ।

एकेडेमीले भलिबल प्रतियोगिताको आयोजना संगै देशका विभिन्न स्थानमा रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी छनोट गर्ने छ । यही पौस ३ गतेसम्म आवेदन प्राप्त खेलाडीहरुको पौस ४ र ५ गतेका दिन रामनगर खेल मैदानमा छनोट गरी बन्द प्रशिक्षणमा राखिने छ । प्रतिभा खेलाडी छनोट कार्यक्रमबाट छनोट भएका खेलाडीहरुलाई नेपाल राष्ट्रिय भलिबल टिमका प्रमुख प्रशिक्षकबाट प्रशिक्षण गराइनेछ भने बन्द प्रशिक्षण र खेल अवधिभर खेलाडिहरुको आवास, खाना, पोसाक र अन्य सुविधा एकेडेमीले प्रदान गर्नेछ । जसले गर्दा नयां अवसरबाट बन्चित रहेका उदयमान खेलाडीहरुलाई एकेडेमीले प्रतियोगिता खेल्ने अवसर प्रदान गर्ने छ । यसैगरी प्रतिभावान् खेलाडी छनोट कार्य एकेडेमीले सातै प्रदेशमा सञ्चालन गर्ने सबै राष्ट्रिय खेल प्रतियोगिताहरुबाट गरिने छ, जहाँबाट एकेडेमीले अवसरबाट बन्चित भएका हजारौँ प्रतिभावान खेलाडिलाई एकेडेमीको लोगो अंकित आफ्नो पोसाकमा मैदानमा अवसर प्रदान गर्नेछ भने ती खेलाडिहरुको प्रशिक्षण संगै आवश्यक सेवा सुविधासहित एकेडेमीले अनुबन्धित गर्ने छ ।

एकेडेमीले खेलसंग सम्बन्धित विभिन्न निकाय तथा कार्यालय, संघीय सरकारदेखि स्थानीय सरकार, सहयोगी संघसंस्था एवम् सुभेच्छुकहरुको सहयोगबाट आफ्नो अल्पकालीन र दिर्घकालिन योजना तय गरी कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेल प्रतियोगितामा सहभागिताकका लागि सम्पूर्ण तयारीका साथ लागेको छ ।

‘सबैका लागि खेलकुद’ भन्ने नारासहित २०६६ पौष १७ गते अर्थात् २०१० जनवरी १ का दिन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा स्थापना भएको मदन भण्डारी स्पोर्टस् एकेडेमीले स्थापना कालदेखि समाजको हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता कायम गर्नुपर्छ भन्ने जन नेता मदन भण्डारीको विचारलाई खेलकुद संग अन्तरसम्बन्धित गर्दै स्वस्थ नागरिकसंगै खेलाडी उत्पादनमा विद्यालयदेखि विश्वविद्यालय, स्थानीय स्तरदेखि जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्मका प्रतियोगिताहरु एवम् तालिम प्रशिक्षणसँगै खेलकुद क्षेत्रको दिगो विकासका लागि निरन्तर सक्रियताका साथ खेलकुद ंगतिविधिहरु सञ्चालन गरी खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निभाउने राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्ष, अफिसियलदेखि खेलप्रेमीहरु आवद्ध गराई राष्ट्रव्यापी रुपमा व्यवसायिक खेलाडी उत्पादन गर्दै अनुशाशित र राष्ट्रप्रेमी नागरिक बनाउने अभियानका साथ क्रियाशील भई देश भरका लाखौँ खेलाडी तथा सुभेच्छुकहरु संगठित भएको संस्था हो ।