बुटवलमा जिलिको इभी जिक्कर एक्स लञ्च

मेचीकाली संवाददाता

२ पुष २०८१, मंगलवार
82 shares

बुटवल । पर्यावरण वातावरणमैत्री नयाँ चारपांग्रे जिक्कर लन्च गरिएको छ । नेपालमा अटोमोबाइल क्षेत्रमा अग्रसर शारदा ग्रुपअन्तर्गतको पायनिएर मोटो कपले जिलिको इभी जिक्कर एक्स भित्राएको हो । एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उज्वल कसजु, उपाध्यक्ष सुरज भट्टराई, पायनियर मोटो कपका जिएम ज्ञानेन्द्रबहादुर चन्दले रुपन्देहीमा लन्च गरेका हुन् ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले समयसापेक्ष इभी सवारीमा थप सुविधासम्पन्न चारपांग्रे अगाडि आएको बताए । कार्यक्रममा पायनियर मोटो कपका जिएम ज्ञानेन्द्रबहादुर चन्दले नेपालमा इभी तिब्र गतिमा बिस्तार भएको दाबी गरे । युरोपमा विकास भएको प्रविधि जेक्कर चीनमा उत्पादन भएको उनले दाबी गरे । विश्वव्यापी रुपमा नेदरल्यान्ड, काजकिस्तान, दुबई, फिलिपिन्स, थाइल्यान्ड, हङकङ, मेक्सिको, सिंगापुर र नेपालमा लन्च भएको उनले बताए ।

चीनमा सन् १९८६ मा उद्योग शुरु गरेको जेलिले सन् १९९६ मा सञ्चालक एरिकलिले अटोमोबाइल सुरु गरेका थिए । मोटरको ४४० किलोमिटर रेन्ज रहेको छ । कार्यक्रममा बुटवल स्वोरुम प्रबन्धक राजु थापाले रुपन्देहीमा इभीको राम्रो बजार रहेको बताए । नेपालका २५ स्थानमा चार्जिङ स्टेसन बनाइसकेको भन्दै सय बढी स्थानमा निर्माणको तयारी रहेको उनले बताए ।