सियारीमा लागू औषध दुर्व्यसनी विरुद्ध प्रशिक्षण कार्यक्रम

मेचीकाली संवाददाता

९ पुष २०८१, मंगलवार
17 shares

तुलसीराम पौडेल —

सियारी, पौष ९ 

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर -५ मा दुई दिने  लागू औषध दुर्व्यसनी विरुद्ध प्रशिक्षण कार्यक्रम मंगलवार  सम्पन्न भयो।

वडा अन्तरगतका टोल विकास समितिका पदाधिकारीहरु,आमा समुहहरु ,बुद्धिजीवी ,समाजसेवी र विद्यार्थीहरु गरि ४० जना सहभागितामा लागू औषध दुर्ब्यसनी विरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बनघुसरीका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले समाजमा लागू औषध दुर्ब्यसनीका कारण ,यसबाट पर्न जाने प्रभाव ,कानुनी व्यवस्था तथा समाधानका उपायहरुबारे प्रशिक्षण दिनुभएको थियोे ।त्यसै छपिया स्वास्थ्यचौकीका जनस्वास्थ्य निरिक्षक प्रकाश पन्थीले लागू औषध दुर्व्यसनिबाट मानिसको शारीरिक ,मानसिक स्वास्थ्यमा पर्ने असरहरुको बारेमा प्रशिक्षण दिनुभएको थियोे ।

सियारी गाउँपालिका वडा नम्बर -५  का वडा अध्यक्ष धनपती खरेलले लागु औषध दुर्व्यसनी हटाउन संबंधित  सरोकारवाला  सम्पूर्ण पक्षले सजगतापुर्वक आ आफ्नो जिम्मेवारी निभाउनु पर्ने बताउनु भयो ।

वडा अध्यक्ष धनपती खरेलको अध्यक्षता, वडा सचीव चिरञ्जीवी अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा 

कार्यपालिका सदस्य अन्जु रोकाहा ,वडा सदस्य सन्तोष शर्मा भुसाल ,गौचरन टोल विकास समितिका अध्यक्ष चन्द्रकान्त बस्याल लगायतले आ आफ्ना धारणा राख्नुभएको थियोे ।