सियारीमा तमु ल्होसार विभिन्न विभिन्न सास्कृतिक कार्यक्रम सहित मनाइयो ।

मेचीकाली संवाददाता

१६ पुष २०८१, मंगलवार
68 shares

तुलसीराम पौडेल –

सियारी, १६ 

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर -६ बर्दहवा स्थित गुरुङ सभा हलमा तमु ल्होसार  विभिन्न समुहको सास्कृतीक र्‍याली सहित सोमबार मनाइयो ।

तमु हयुला  छोज घि ( गुरुङ रास्टिय परिषद ) सियारी इकाईको आयोजना,  नेपाल मगर संघ सियारी र थारु कल्याणकारी सियारी गाउँपालिकाको विभिन्न सास्कृतिक कार्यक्रम सहितको सहभागितामा सामाजिक एकता सद्भाव झल्किने गरी तमु ल्होसार कार्यक्रम सम्पन्न गरिएको थियो । 

तमु हयुला  छोज घी ( गुरुङ रास्टिय परिषद ) सियारी इकाईका अध्यक्ष बिष्णु माया गुरुङको अध्यक्षता, तमु हयुला  छोज घी ( गुरुङ रास्टिय परिषद ) केन्द्रिय कार्यसमिति सचिव जियस गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थारू कल्याणकारी केन्द्रिय पार्षद अयोध्या थारू ,तमु हयुला  छोज घि ( गुरुङ रास्टिय परिषद ) पुर्व जिल्ला सदस्य तथा अमवा इकाई संस्थापक खेमराज गुरुङ ,सियारी वार्ड नम्बर -७ का वडा अध्यक्ष दिपक कुमार शाही ,वार्ड नम्बर -६ का कार्यवाहक अध्यक्ष सन्त बहादुर कुवर ,नेपाल मगर संघ सियारीका अध्यक्ष रनबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

तमु हयुला  छोज घि ( गुरुङ रास्टिय परिषद ) जिल्ला कार्यसमिति सदस्य ज्ञानबहादुर गुरुङको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन तमु हयूला छोज घि (गुरुङ रास्टिय परिषद ) सियारी इकाईका कोषाध्यक्ष किरण गुरुङले गर्नुभएको थियोे ।