तुलसीराम पौडेल —
सियारी,पौष २०
रुपन्देहीको सियारी गाउँपालिकामा सम्पन्न पाचौं सियारी शैक्षिक महोत्सव तथा रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी मैनहिया माविले हात पारेको छ।रुपन्देहीको सियारी -४ स्थित पब्लिक नमूना माविको खेलमैदानमा पाचौं सियारी शैक्षिक महोत्सव तथा रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको थियोे ।
सम्पन्न प्रतियोगितामा मैनहिया माविले ८ वटा विधामा प्रथम ,२ वटा विधामा द्वितीय र ४ वटा विधामा तृतीय हुँदै उपाधी जित्न सफल भएको हो ।मैनहिया मावी सर्वोकृष्ट हुनुको साथै मावी तर्फ प्रथम पनि भएको छ। मैनहिया माविले सर्वोकृस्ट भए बापत नगद सात हजार पाचसय र मावी प्रथम भए बापत नगद पाछ हजार छ सय पचिस गरि कुल १३ हजार एक सय पचिस रुपैया नगद प्राप्त गरेको छ। त्यसै गरि आधारभुत तह तर्फ दुर्गा माध्यमिक विद्यालय र गणसारी माध्यमिक विद्यालय प्रथम भएका छन् ।दुवै विद्यालयले दुई वटा विधामा प्रथम र एउटा विधामा द्वितीय भैई समान अंक ल्याएकाले दुवै विद्यालय आधारभुत तह तर्फ प्रथम स्थान हासिल गरेका हुन ।दुबै विद्यालय प्रत्येकले नगद सात हजार पाच सय रुपैयाँ प्राप्त गरेका छन् ।
सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको अध्यक्षता ,शिक्षा शाखा प्रमुख सुधिर पौडेलको स्वागत मन्तव्य , त्रीबेणी आधारभुत विद्यालयका प्रधानाध्यापक मथुरा यादवको शुभकामना मन्तव्य रहेकोे कार्यक्रमको संचालन शिक्षा शाखा प्राविधिक शिला पन्थीले गर्नुभएको थियोे ।