तुलसीराम पौडेल
फर्साटिकर, पौष २०
फर्साटिकर युवा क्लबको आयोजनामा १२ औं संस्करणको शुद्धोधन गाउँपालिका फर्साटिकर कप २०८१ सुरु भएको छ ।शनिबार शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले उद्घाटन गर्नुभयो ।
उद्घाटन खेलमा सम्पुर्ण युवा क्लब सुपौलीलाई पराजित गर्दै भैरव युवा क्लब नवलपरासी विजयी भएको छ ।
भैरवले सम्पुर्णलाई ६÷१ ले पराजित गर्दै जित निकालेको हो।
भैरवका हरि बुढा मगरले पहिलो हापको ८ औं मिनेटमा १ गोल ,१६ मिनेटमा सुरज आलेले १ गोल र मनिश थारुले २४ मिनेटमा १ गोल गरे । दोस्रो हापको १६ ,३३ र ३७ मिनेटमा सुरज आलेले १/१ गोल गर्दै टिमलाई विजय गराउन सफल भए।
सम्पुर्णका दोस्रो हापको १८ मिनेटमा सनम गुरुङ १ गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन। भैरव फुटबल क्लबका सुरज आले म्यान अफ द म्याच घोषित भए ।
कार्यक्रम फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरको अध्यक्षता, शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यता,क्लब संरक्षक चक्रबहादुर कुँवर, शुद्धोधन गाउँपालिका वडा नं. ४ का अध्यक्ष केशब अधिकारी ,क्लब पुर्व अध्यक्ष दामोदर पङ्गेनी लगायतको आतिथ्यता तथा क्लब उपाध्यक्ष अर्जुन थापा क्षेत्रीको स्वागत तथा विष्णु पङ्गेनीको सञ्चालनमा सम्पन्न भएको थियो ।
रुपन्देही, नवलपरासी, नवलपुर, पाल्पा र भारतका गरी कुल १२ टोलीहरु सहभागि हुने प्रतियोगिताको फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक अकरम अलीले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक अलीले बताए ।
आइतबार झरना स्पोर्ट्स कुञ्जलापुर र शुद्धोधन खेलकुद विकास समितीविच खेल हुनेछ ।