तुलसीराम पौडेल —
सियारी, पौष २१
रुपन्देहीको सियारी गाउँपालिका -५ वनघुसरी स्थित जलदेवी मत्स्य उत्पादक सहकारीको १६ औं वार्षिक साधारण सभा संस्थाको आफ्नै कार्यालय परिसरमा शनिबार सम्पन्न भयो ।सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले साधारण सभाको एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाले किसानको आर्थिक स्तर उकास्नको लागि गाउँपालिकाले जलदेवी मत्स्य उत्पादक सहकारी सग सहकार्य गर्न तयार रहेकोे बताउनु भयो ।
कार्यक्रम संस्थाका अध्यक्ष थम्मन बहादुर पौडेलको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारीका सल्लाहकार एवं वडा नम्बर ५ का अध्यक्ष धनपती खरेल ,सल्लाहकार एवं जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत प्रेमबहादुर रोकाहा , सल्लाहकार गोपाल पाण्डे ,मत्स्य सुपरजोन समितिका संयोजक तारा पाण्डे ,कसम कृषि सहकारीका अध्यक्ष मिनप्रसाद भट्टराई ,नागरिक बहुउद्देश्यीय सहकारीका अध्यक्ष राजकुमार घिमिरे लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सहकारीका अध्यक्ष थम्मन बहादुर पौडेलबाट वार्षिक प्रतिवेदन प्रस्तुत, लेखा समिति संयोजक गणेशबहादुर शाहीबाट लेखा प्रतिवेदन प्रस्तुत ,संचालक समिती सदस्य रमेश यादवको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन लेखा समिति सदस्य तिला पराजुलीले गर्नुभएको थियोे ।