फर्साटिकर कपमा झरना स्पोर्ट्स क्लब विजयी

मेचीकाली संवाददाता

२१ पुष २०८१, आईतवार
458 shares

तुलसीराम पौडेल – 

फर्साटिकर, पौष २१ 

रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबद्वारा संचालित  शुद्दोधन गाउँपालिका १२ औं फर्साटिकर कप प्रतियोगिता अन्तरगत दोस्रो दिन आइतबार झरना स्पोर्ट्स क्लब कुन्जलापुर भर्सेस शुद्दोधन खेलकुद विकास समिति फर्साटिकर बीच प्रतियोगिता भएको थियो ।प्रतियोगितामा झरना स्पोर्ट्स क्लब कुन्जलापुरले शुन्यका विरुद्ध ३ गोलको अन्तरले शुद्दोधन खेलकुद विकास समिति फर्साटिकरलाई पराजित गरि क्वाटर फाइनलमा प्रवेश गरेको हो ।खेल शुरु भएको पहिलो हाफसम्म कुनै पनि टिमले गोल गर्न सकेको थिएन तर दोस्रो हाफमा झरना स्पोर्ट्स क्लबका खेलाडीहरुले लगातार तीन गोल हानी विजय हुन सफल भएको हो । आइतबार सम्पन्न खेलको म्यान अफ द म्याच झरना स्पोर्ट्स क्लबका जर्सी नम्बर १४ का खेलाडी आशिष् गुरुङ घोषित भएका थिए।जिल्ला फुटबल संघका लोक पुनले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो ।