बुटवल, पुस २३ । काठमाडौंमा विगत दश वर्षदेखि गुणस्तरीय रूपमा विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको चैतन्य एकेडेमीले बुटवलमा शाखा विस्तार गरेको छ । लोकसेवाका विभिन्न कक्षाहरु सञ्चालन गर्ने गरी सुरु गरिएको चैतन्यको तेस्रो शाखाको बुटवल देवीनगरमा मुक्तिनाथ धामका १००८ स्वामी लोकानन्द जी महाराजले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले यस क्षेत्रका शैक्षिक व्यक्तिलाई लोकसेवाको तयारी गर्न सहज बनाउने गरी एकेडेमी सञ्चालन गरिएको बताए । ऐकेडेमीमा कार्यालय समय भन्दा अगाडि र पछाडि खरिदार, नासु, शाखा अधिकृत र उपसचिव र बैकिङ लगायत क्षेत्रका तयारी कक्षा सञ्चालन गरिने जोशीको भनाइ छ । विद्यार्थीले घर आँगनमै गुणस्तरीय शिक्षा प्राप्त गरेर सरकारी सेवामा प्रवेश गर्न सकुन भनेर बुटवल शाखा खोलिएको बुटवल शाखा प्रमुख दीपक ढकालले बताए ।
चैतन्य काठमाडौंमा ख्याति प्राप्त संस्था हो । विगत लामो समयदेखि जोडिनु भएका प्रशिक्षकहरू अहिले बुटवलमा पनि उपलब्ध हुनेछन । लोकसेवाको तयारी कक्षा बाहेक समृद्धिका बहस तथा सम्मेलनहरु समेत आयोजना गर्दै आएको एकेडेमीले यसअघि धनगढीमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ । बुटवलमा एकेडेमी स्थापनासँगै अब संघीय राजधानी काठमाडौं धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । कक्षामा सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारी तथा सेवा निवृत्त अनुभवी प्रशिक्षकहरुबाट अध्यापन गराइने छ ।