तुलसिराम पौडेल
फर्साटिकर ,पौष २४
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित
१२ औं संस्करणको शुद्धोधन गाउँपालिका फर्साटिकर कप २०८१ को पहिलो क्वाटर फाइनल खेलमा ज्योतीपुञ्ज युवा क्लब रामपुरलाई ४/० ले पराजित गर्दै भैरव स्पोर्ट्स क्लब नवलपरासी सेमिफाइनल प्रबेश गरेको छ। बुधबारको खेलमा भैरव स्पोर्ट्सका सविन गुरुङ म्यान अफ द म्याछ घोषित भए ।उनले पुरस्कार बापत रु ३ हजार प्राप्त गरे ।
रुपन्देही, नवलपरासी, नवलपुर, पाल्पा र भारतका गरी कुल १२ टोलीहरु सहभागि हुने प्रतियोगिताको फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक अकरम अलीले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक अकरम अलीले बताए ।