तुलसीराम पौडेल
सियारी,पौष २६
रुपन्देहीको सियारी गाउँपालिका वडा नं ७ स्थित समीप बचत तथा ऋण सहकारी संस्थाको बाह्रौं साधारण सभा शनिबार सम्पन्न भयो। सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले साधारण सभाको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो। साधारण सभा संस्थाका अध्यक्ष सूर्यनारायण यादवको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यता ,सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।साधारण सभामा शेयर सदस्य सन्तति सियारी वडा नम्बर ६ का डाक्टर मञ्जुल जिसी, डाक्टर दीक्षा नेपाल र सियारी वडा नम्बर ७ का डाक्टर आशिष भुर्तेललाई सम्मान गरिएको छ ।उत्कृष्ट संस्थागत सदस्य सम्मान अन्तर्गत जीवन घर्ती भद्रकली गिरी, यमबहादुर राना , पल्टी कुमारी कुँवरलाई सम्मान गरिएको छ। सहयोगी विज्ञापनदाता सम्मान कार्यक्रम अन्तर्गत विशाल गौतम ,विनोद अधिकारी, कृष्णप्रसाद अर्याल ,बुद्धि गौतम, राजेन्द्र पौडेल, श्रीराम न्यौपाने, अव्यास अलिलाई सम्मान गरिएको छ ।जेष्ठ सेयर सदस्य सम्मान कार्यक्रम अन्तर्गत आशामाया गुरुङ, दानबहादुर रानाभाट लाई सम्मान गरिएको छ। त्यसैगरी उत्कृष्ट सदस्य सम्मान कार्यक्रम अन्तर्गत गोविन्दप्रसाद थारु, बलबहादुर थारु, सीताकुमारी महतलाई सम्मान गरिएको छ। सहकारीका अध्यक्ष सूर्यनारायण यादवबाट वार्षिक प्रतिवेदन प्रस्तुत, कोषाध्यक्ष प्रतिमा नेपालबाट आर्थिक प्रतिवेदन प्रस्तुत, लेखा समिति संयोजक प्रकाश रेग्मीबाट लेखा प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रममा संस्थापक अध्यक्ष माधव नेपाल, संस्थापक सचिव मथुरा यादव, जिल्ला सहकारी सञ्चालक समिति सदस्य हुमाकान्ति भुर्तेल, शुद्धधन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद नेपाल ,उत्तम महिला कृषि सहकारीका अध्यक्ष विष्णुकुमारी क्षेत्री, भृकुटी कृषि सहकारीका अध्यक्ष चन्द्रबहादुर जिसी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। संस्थाका उपाध्यक्ष कमलप्रसाद थारुको स्वागत मन्तव्य रहेको कार्यक्रम को सञ्चालन सन्दिप गुप्ताले गर्नुभएको थियो।