

बुटवल, माघ १ (मेसस) । नेपालको विविधता र बहुपहिचान नेपालको सम्पत्ति हो । यसलाई जोगाइराख्नु हामी सबैको शाझा कर्तव्य हो । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिद्वारा आयोजित माघे संक्रान्ति विशेष कार्यक्रमलाई सम्बोधन गर्दे लुम्बिनी प्रदेशका मा सभामुख तुलाराम घर्तीले सो कुरा बताए ।
नेपालका आदिवासी र मगर समुदायको छुट्टै पहिचान भएकाले यो पहिचान र सभ्यताले समुदायलाई बलियो बनाउने बताए । मगर समुदायले माघे संक्रान्ति पर्व विभिन्न कार्यक्रम गर्दे मनाउने र यसका माध्यमबाट संस्कृती बचाउन पहल गर्न सभामुख घर्तीले अनुरोध गरे । यो सांस्कृतिक पर्व सबैसंगको सहकार्य र अस्तित्व जोगाउँदै लानुपर्नेमा जोड दिए । पछिल्लो समय सस्कार संस्कृति बिस्तारै लोप हँुदै गएको अवस्थामा यस्ता कार्यक्रमहरुले संस्कृति बचाउ आन्दोलन सफल हुने भन्दै राज्यको तर्फबाट सबै संस्कृति बचाउन खेल्नु पर्ने भूमिकामा आफू सधै लागिरहने घर्तीको भनाइ छ ।
कार्यक्रममा सललाहकार कुमारी थापाले मगर महिलामा पनि चरम राजनीतिकरण भएको भन्दै यो दुखद रहेको बताइन् । मगर महिला संघ सबै राजनीतिक आस्था राख्नेहरुको शाझा संस्था भएको बताइन् । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य धनी आले, मधु राना, ज्ञानबहादुर सलामी, सल्लाहकार रुपसीह थापा, डा. बर्षा राना, निवर्तमान अध्यक्ष माया राना, प्रोफेसर हरी थापा, समाजसेवी मनोज राना, बुटवल उपमहानगरका पालिका सदस्य हेमा थामी, हिलपार्क विकास समितिका अध्यक्ष टंक पराजुलीलगायतले मन्तब्य राख्दै मगर समुदाय सांस्कृतिक रुपमा धनी समुदाय रहेको भन्दै सरकारले संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम कुमारी थापाको स्वागत तथा नगर समितिका सचिव तीर्थकुमारी सोमरेको सञ्चालन तथा अध्यक्ष गौरीमाया थापाको अध्यक्षतामा समपन्न भएको हो ।