ओमसतिया गाउँपालिकामा आत्मरक्षा तालिम शुरु

मेचीकाली संवाददाता

१० माघ २०८१, बिहीबार
41 shares


तुलसीराम पौडेल —
ओमसतिया ,माघ १०

रुपन्देहीको ओमसतिया गाउँपालिका -४ स्थित बसन्तपुर दशरथ जनता मावीमा ५ दिने आत्मरक्षा तालिम बिहीबारदेखि शुरु भयो । ओमसतिया गाउँपालिकाको आयोजना र नवज्योति युवा जागरण समुहको व्यवस्थापनमा तालिम शुरु भएको हो। गाउँपालिका अध्यक्ष मन्जित यादवले तालिम एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै पालिका अध्यक्ष यादवले गाउँपालिका अन्तरगतका सम्पूर्ण विद्यालयका सम्पूर्ण किशोरीहरुलाई आत्मरक्षाको तालिम गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालीमको सहजीकरण अन्तर्राष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक रिषिराम न्यौपानेले गर्नुभएको थियोे ।
ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष मन्जित यादवको प्रमुख आतिथ्यता ,कार्यक्रम संयोजक सन्दिप गुप्ताको स्वागत मन्तव्य तथा तालिमको उद्देश वारे जानकारी प्रस्तुत रहेको कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वार्ड नम्बर -५ का अध्यक्ष मदन कुमार पोख्रेल , स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवाली ,ठुटिपिपल माविका शिक्षक शेर बहादुर सुनार लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।