बुटवल । अक्सफोर्ड मावि बुटवलमा कक्षा ११ र १२ होटल म्यानेजमेन्टका विद्यार्थीको आयोजनामा अन्तर्राष्ट्रिय फुड फेस्टिबल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । प्राचार्य दिनेश भुसालको अध्यक्षतामा भएको खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना गरेको बताए । प्राध्यापक सुमन भुसालले फुड फेस्टिबल कार्यक्रम गर्नुको प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपको प्रयोग सँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञानसमेत दिनको लागि कार्यकम आयोजना गरेको बताए ।
२०५९ सालमा स्थापना भएको यस माविमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्षा ११ र १२ मा १५५० विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या ४५० रहेको छ । खाना महोत्सव कार्यक्रममा विभिन्न ७ ओटा देशका खानाका स्टलहरू रहेका थिए । जसमा नेपाल, भारत, चाइना, इटाली युएसय, मेक्सिको र इन्डोनेसियाका विभिन्न परिकारहरू रहेका थिए । करिब ४ हजारको उपस्थितिमा भएको कार्यक्रममा १२ लाख बराबरको आर्थिक कारोबार भएको प्राध्यापक उमङ्ग पौडेलले बताए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए भने विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए । अन्तर्राष्ट्रिय खाना महोत्सव कार्यक्रमबाट नाफा भएको रकम विद्यार्थीहरूले सामाजिक काममा प्रयोग गर्ने प्राध्यापक सुमन भुसालले बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल, दिप बोर्डिङ्ग स्कुलका प्राचार्य टिकाराम न्यौपाने, स्कलर्स होमका प्राचार्य बाबुराम बन्जाडे, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, ड्रिम इन्टरनेशनल होटलका अध्यक्ष गोपाल राना, साहिल्याण्ड होटलका अध्यक्ष नहकुल शाही, बुटवल उपमहानगरपालिका शिक्षा शाखाका टिकाराम शर्मा, यादव पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ललित खरेललगायतको सहभागिता रहेको थियोे । कार्यक्रमको संयोजन प्राध्यापकद्वय उमङ्ग पौडेल र विवेक न्यौपानेले गरेका थिए ।