लुम्बिनीमा इन्डो नेपाल क्रीकेट टुर्नामेन्ट PLPL season 7 शनिबारदेखि हुने

मेचीकाली संवाददाता

११ माघ २०८१, शुक्रबार
42 shares

तुलसीराम पौडेल —
लुम्बिनी , माघ ११
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न ३ स्थित पडेरिया खेलमैदानमा शनिबारदेखि इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट PLPL season 7 प्रतियोगिता शुरु हुने भएको छ। लुम्बिनी नव युवा क्लबको आयोजनामा तथा लुम्बिनी सास्कृतिक नगरपालिका र वडा नम्बर -३ को सहयोगमा माघ १२ गतेदेखि माघ २६ गतेसम्म इन्डो नेपाल क्रीकेट टुर्नामेन्ट PLPL season 7 प्रतियोगिता हुन लागेको हो ।
क्रीकेट टुनामेन्ट PLPL season को उदघाटन लुम्बिनी प्रदेश भौतिक तथा पुर्वाधार मन्त्री भुमिस्वर ढकालले गर्नुहुने कुरा कार्यक्रम संयोजक अहमद खानले जानकारी दिनुभयो। खेल प्रतियोगितामा नेपाल बाट १६ टिम र भारतबाट १६ टिम गरि जम्मा ३२ टिम सहभागी हुने भएकानमा छन् । खेलमा नेपालबाट नेपाली खेलाडी मात्र खेल्न पाउने छन् र फाइनल खेलमा ३ जना मात्र विदेशी खेलाडीले नेपालको रु १ हजार दिने क्लबका अध्यक्ष अहमद हुसेन खाँनले जानकारी गराउनु भयो ।

स्थानिय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरि क्रिकेट खेल प्रति रुचि जगाउने उद्देश्यले “पडरिया लुम्बिनी प्रिमियर लिग” को नामले प्रतियोगिता हुदै आएको छ ।
प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर लगायतका जिल्लाबाट टिमहरु दर्ता भएको आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले बताउनु भयो । यस्तै गरि नेपालबाट सिरहा,मर्चवार लुम्बिनी कपिलवस्तु नेपालगञ्ज लगायतका विभिन्न स्थानबाट टिमहरु प्रतियोगितामा भाग लिने अहमदले बताउनु भयो।
प्रतियोगिताको पहिलो पुरस्कार २ लाख रुपैया र दोश्रो पुरस्कार १ लाख रुपैयाँ रहेको छ। , त्यसैगरी बेस्ट बलर, बेष्ट ब्याटर, म्यान अफ द म्याच, अनुशासित टोली लगायत सेमी फाईनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको ब्यवस्था रहेको अहमदले जानकारी दिनुभयो ।