इन्डो नेपाल क्रीकेट टुर्नामेन्ट शुरु

मेचीकाली संवाददाता

१३ माघ २०८१, आईतवार
64 shares

लुम्बिनी । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका स्थित लुम्बिनी नव युवा क्लबको आयोजनामा इन्डो नेपाल क्रीकेट PLPL season 7 प्रतियोगिता शनिबारदेखि शुरु भयो ।
प्रतियोगिताको लुम्बिनी प्रदेश भौतिक तथा पुर्वाधार मन्त्री भुमिस्वर ढकालले एक कार्यक्रमका बीच उदघाट्न गर्नुभयो ।
सो अवसरमा बोल्दै मन्त्री ढकालले लुम्बिनीको खेलकुद बिकासको लागि आवश्यक सहयोग प्रदेश सरकारबाट उपलब्ध हुने बताउनु भयो । शनिबार आयोजक लुम्बिनी नव युवा क्लब भर्सेस स्टडी हब भैरहवा बीच प्रतियोगिता भएको थियोे ।सम्पन्न प्रतियोगितामा स्टडी हब भैरहवा विजयी हुन सफल भएको छ। शनिबार सम्पन्न म्यान अफ द म्याच स्टडी हब भैरहवाका खेलाडी आनन्द गौड सफल भएका छन् ।
लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेन खानको अध्यक्षता, लुम्बिनी प्रदेश भौतिक तथा पुर्वाधार मन्त्री भुमिस्वर ढकालको प्रमुख आतिथ्यता, लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको विशिस्ट आतिथ्यतामा, नगर उपप्रमुख कल्पना हरिजनको शुभकामना मन्तव्य रहेको कार्यक्रममा नगर प्रवक्ता तथा वार्ड नम्बर -२ का वडा अध्यक्ष ईनाम मुल्लाह फकिर, वार्ड नम्बर – १ का अध्यक्ष सुरज कलवार ,वार्ड नम्बर -३ का अध्यक्ष अक्रामुद्दीन नाउँ मु. ,वार्ड नम्बर – ४ का अध्यक्ष विनोद कुमार श्रीवास्तब ,वार्ड नम्बर -५ का अध्यक्ष खुर्सेद आलम मुसलमान ,वार्ड नम्बर -६ का वार्ड अध्यक्ष नईमुल हक मुसलमान ,वार्ड नम्बर -७ का अध्यक्ष ध्रुप यादव ,वार्ड नम्बर -८ का अध्यक्ष राजेन्द्र जैसवाल ,वार्ड नम्बर ९ का वडा अध्यक्ष कमल अख्तर फकिर ,वार्ड नम्बर -१० का अध्यक्ष विनोद कहाँर ,वार्ड नम्बर -११ का अध्यक्ष अक्रमुद्दिन मुसलमान ,वार्ड नम्बर -१२ का अध्यक्ष हरिकेश लोध ,वार्ड नम्बर -१३ का अध्यक्ष सईद मुहम्मद खान लगायत वार्ड सदस्यहरु ,समन्वय शाखा प्रमुख फणीन्द्र कुमार पाल गडरिया ,खेलकुद कार्यक्रम संयोजक अहमद खानको आतिथ्यता रहेकोे थियोे ।
कार्यक्रमको संचालन दिनेश कुमार उपाध्यायले गर्नुभएको थियोे । प्रतियोगिता माघ २६ गते समापन हुने आयोजकले बताएका छन् ।