बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीको १२औं अधिवेशनले कमल पराजुलीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको खुला उपाध्यक्षमा जीवन पौडल, महिला उपाध्यक्षमा विष्णु खनाल पन्थी, सचिवमा पदम थापा, सहसचिवमा प्रेमबहादुर केसी र कोषाध्यक्षमा गंगा पन्थी निर्वाचित भएका छन् ।
यस्तैगरी समितिको सदस्यहरुमा कमल ज्ञवाली, पर्शुराम घिमिरे, नारायण अर्याल, जिवराज पन्थी, राजेश यादव, तिलबहादुर थापा, जनक अर्याल, यादवचन्द्र विष्ट, अजित साहनी, दुर्गाबहादुर थापा, गोमादेवी सुवेदी, गीता पाण्डे र अनिता क्षेत्री रहेका छन् । यस्तै लेखा परिक्षक संयोजकमा विष्णुप्रसाद बेलबासे तथा सदस्यमा कुबेरप्रसाद भुसाल र रामचन्द्र भुसाल चयन भएका छन् । अधिवेशनले १७ प्रदेश तथा १० केन्द्रीय प्रतिनिधि निर्वाचित गरेको छ । यो संगठनमा रुपन्देहीमा १ हजार ५ सय बढी कर्मचारी आबद्ध रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले सेवा प्रवाहलाई अझ चुस्त, सहज र प्रभावकारी बनाउन आग्रह गर्दै कर्मचारीले उठाएका जायज र व्यवहारिक मागहरु सम्बोधनका लागि ऐन, कानुन र नियममा आवश्यक प्रबन्धहरु गर्न आफूले सरकारसमक्ष पैरवी गर्ने प्रतिबद्धता जनाएका थिए । सोही अवसरमा कर्मचारीका अगुवाहरुले प्रदेश र स्थानीय ऐनको कार्यान्वयन गर्नुपर्ने र संघीय ऐन छिटो ल्याएर सबैको मनोबल उचो बनाउने वातवारण बनाउनुपर्नेमा जोड दिएका थिए ।
यस्तै नवनिर्वाचित अध्यक्ष पराजुलीले संगठनमा आबद्ध भएका कर्मचारी सदस्यहरुको हक हितका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।