पेस्टाको आयोजनामा विविध कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१८ माघ २०८१, शुक्रबार
43 shares

तुलसीराम पौडेल –

सियारी, माघ १७ 

निजि  अङ्ग्रेजी विद्यालय शिक्षक संगठन  (पेष्टा)को आयोजनामा भएको  १५ औं खेल महोत्सव  बिहिबार सम्पन्न भएको छ।बुधबार देखि दुर्गा शैक्षिक गृहमा सियारी ६ सुरु भएको प्रतियोगितामा  भलिबलतर्फ तिलोत्तमा अङ्ग्रेजी माविलाई  पराजित गर्दै ज्ञानपुञ्ज विद्यामन्दिर १५  औं भलिबल रनिङशिल्डको उपाधी प्राप्त गर्न  सफल भएको छ  ।

ज्ञानपुन्जले पुरस्कार बापत नगद १५ हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।दोस्रो भएको तिलोत्तमा अङ्ग्रेजी माविले नगद १०  सिल्ड,मेडल र प्रमाणपत्र  र  सन्तज्योती इङ्लिस बोर्डिङ स्कुल  तृतीय हुँदै नगद ५ हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो।
महिला डबल ब्याटमिन्टन प्रतियोगितामा रोजबर्ड एकेडेमी प्रथम हुँदै नगद ५ हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।सिद्दिविनायक सेकेन्डरी स्कुल द्वितीय हुँदै  नगद ३ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

यस्तै देवसिद्ध बोर्डिङ स्कुल र ज्ञानपुञ्ज विद्या मन्दिर तृतीय हुँदै नगद २ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।विद्यार्थीहरुको टेवलटेनिस तर्फ सिद्धीविनायक सेकेन्डरी  स्कुलका साहित्य कठेरिया प्रथम हुँदै नगद  २ हजार , तिलोत्तमा अङ्ग्रेजी माविका अनमोल थापा द्वितीय हुँदै १ हजार ५ सय ,फर्साटिकर सिद्धार्थ बोर्डिङ स्कुलका सम्राट रोका तृतीय हुँदै नगद  १ हजार  शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।यस्तै हण्डीफोर प्रतियोगिता तिलोत्तमा अङ्ग्रेजी माध्यामिक विद्यालयका नारायण रेस्मी प्रथम उनले पुरस्कार नगद १ हजार मेडल प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय विद्यालयका शिक्षक,शिक्षिका र विद्यार्थीहरुलाई पेष्टा रुपन्देही अध्यक्ष इन्द्र क्षेत्री,सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, मुख्य प्रायोजक प्रीमा एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सागर केसि, रेप्सा रुपन्देही अध्यक्ष  लोक शर्मा बस्याल,प्याब्सु अध्यक्ष विष्णु गौतम लगायतले संयुक्त रुपमा पुरस्कार वितरण  गर्नुभयो ।पेष्टाले खेल महोत्सवको अवसरमा दिर्घ सेवी शिक्षक शिक्षिकालाई सम्मान  समेत गरेको थियोे।कार्यक्रम पेष्टा रुपन्देही अध्यक्ष इन्द्र क्षेत्रीको अध्यक्षता,वरिष्ठ उपाध्यक्ष चिन्तामणि खरेलको स्वागत तथा सचिव राजन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।