तुलसीराम पौडेल —
लुम्बिनी ,माघ १९
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर -३ स्थित पडेरियामा लुम्बिनी इन्डो नेपाल क्रीकेट टुनामेन्ट PLPLseason 7 टुनामेन्ट प्रतियोगिता माघ १२ गतेदेखि संचालन भैरहेको छ।लुम्बिनी नव युवा क्लबको आयोजना , नगरपालिका तथा वडा नम्बर -३ र लुम्बिनी खेलकुद परिषदको सहयोगमा संचालित उक्त प्रतियोगिता अन्तरगत विभिन्न समुहहरु बीच प्रतियोगिता
भएका छन । शनिबार जय बिस्णु बिल्डर्स भर्सेस तेनुहवा 11 बीच प्रतियोगिता भएको प्रतियोगितामा जय बिस्णु बिल्डर्स विजयी भएको छ। म्यान अफ द म्याच जय बिष्णु बिल्डर्सका खेलाडी अख्तर हुसेन हुन सफल भएका छ्न । दोस्रो म्याच अन्तरगत हाफिज 11 भर्सेस रुपकोट क्रीकेट क्लब बीच प्रतियोगितामा रुपाकोट क्रीकेट क्लब विजयी भएको छ।म्यान अफ द म्याच रुपाकोट क्रीकेट क्लबका खेलाडी अरिफ खान हुन सफल भएका छन् ।त्यसै गरि तेस्रो म्याच अन्तर्गत स्टडी हब भैरहवा भर्सेस जय बिष्णु बिल्डर्स बीच भएको प्रतियोगितामा स्टडी हब भैरहवा बिजयी भएको छ।
म्यान अफ द म्याच स्टडी हब भैरहवाका खेलाडी शाजाद आलम हुन सफल भएका छन् ।प्रतियोगिता माघ २६ गते समापन हुने आयोजकले बताएका छन् ।