चैतन्य एकेडेमी बुटवलमा लोकसेवा तयारी कक्षा सुरु

मेचीकाली संवाददाता

२२ माघ २०८१, मंगलवार
32 shares

बुटवल । चैतन्य एकेडेमीले काठमाडौं उपत्यका बहिर बुटवलमा पहिलो पटक शाखा अधिकृत स्तरको लोकसेवा तयारी कक्षा सुरु भएको छ ।

लोकसेवा तयारीमा उत्कृष्ट र फरक पहिचान बनाएको चैतन्य एकेडेमीले बुटवलमा शाखा विस्तारसँगै अधिकृतस्तरको लोकसेवा तयारी कक्षा शुरु गरेको हो ।

युवाहरुलाई लोकसेवा तयारीकै लागी काठमाडौं जानुपर्ने बाध्यता रोक्न आफुहरु सफल हुने सस्थापक अध्यक्ष गणेश प्रसाद जोशीले बताए । यसबाट समय र लागत बचत हुनुको साथै आफनै ठाउमा बसेर सहज तयारी कक्षा लिन सक्ने वातावरण सृजना भएको उनले बताए ।

सेवामुखी भावनाले बुटवलमा शाखा विस्तार गरि एकेडेमीबाट न्युन शुल्कमा शाखा अधिकृत लगायत नायब सुब्बा, खरिदार, शिक्षा सेवा एवम बैन्किङ्ग सेवाका तयारी कक्षाहरु संचालन भैरहेको बुटवल शाखाका प्रमुख दीपक ढकालले बताए ।

एकेडेमीले हरेक हप्ता बुधवार, शुक्रवार र शनिवार नमुना परिक्षा हुने समेत उनले बताए । कक्षामा अनुभवी र दक्ष नेपाल सरकारका अधिकृत्, सह, सचिव एव सचिव स्तरका श्रद्धेय श्रोत ब्यक्तिहरुबाट सहज ढंगमा बुझाउने उनले बताए ।

संस्थाले विगत १२ वर्षदेखी खरिदार देखि सहसचिव सम्ममा तयारी कक्षा सन्चालन गरि धेरै भन्दा धेरै ब्यक्तिहरु नेपाल सरकारको विभिन्न तहमा प्रवेश गराउन सफल भएको छ ।