जनता माविको ५७ औ वार्षिकोत्सब तथा भवन शिलान्यास कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२२ माघ २०८१, मंगलवार
233 shares

तुलसीराम पौडेल —

सियारी, माघ २१ 

रुपन्देहीको सियारी गाउँपालिका ७ पश्चिम अमुवा स्थित जनता माविको ५७औ वार्षिक उत्सव अभिभावक दिवस र भवन शिलान्यास कार्यक्रम सोमबार एक कार्यक्रमका बीच सम्पन्न भयो ।सियारी  गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले एक कार्यक्रमका बीच वार्षिक उत्सवको उद्घाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले शिक्षकले समय सापेक्ष शिक्षण विधिलाई प्रयोग गर्नुपर्ने बताउनुभयो। सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले जनता माविलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले शिक्षकले कक्षामा अध्यापन गराउँदा प्रविधियुक्त शिक्षण गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा  तुलसा शर्मा र मिननाथ शर्माद्वारा  माध्यमिक तहका  विद्यार्थीहरूको लागि एक लाख ५१ हजार रुपैयाँको चेक अक्षयकोष स्थापनाका लागि  हस्तान्तरण गरिएको थियो ।

तुलसा शर्मा विद्यालयकी शिक्षिका हुनुहुन्छ। त्यसैगरी ज्योति विकास बैंक अमुवा शाखाबाट बैंकको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई १ लाख ५० हजार बराबरको फाइबर डेक्स बेन्च हस्तान्तरण गरिएको थियो। विद्यालयका अध्यक्ष केशव अधिकारीको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थारु, वडा नम्बर ७ का वडा अध्यक्ष दीपक कुमार शाही , वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ ,शिक्षा समन्वय एकाइ रूपन्देहीका प्रमुख माधव बन्जाडे ,शिक्षा शाखा प्रमुख सुधीर पौडेल, विद्यालयका पूर्व अध्यक्ष तथा पश्चिम अमुवा खानेपानी संस्थाका अध्यक्ष झपेन्द्रराज अर्याल, ज्योति विकास बैंकका प्रदेश प्रमुख कपिल न्यौपाने, समाजसेवी विश्वबहादुर बानिया, समाजसेवी खगेन्द्र रिजाल, पूर्व प्रधानाध्यापक विश्वनाथ गौण ,पूर्व शिक्षक संस्थापक विद्यार्थी एवं समाजसेवी दुर्गादत्त  सापकोटा, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय अमुवा शाखाकी प्रमुख प्रेमकुमारी दिदी, द्वारिका कृषि सहकारीका अध्यक्ष खगुपति न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। विद्यालयका अध्यक्ष केशव पराजुली र प्रधानाध्यापक बुद्धिबहादुर धवलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालयका सहायक प्रधानाध्यापक विष्णु भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक द्वय तुलसा शर्मा र रामप्रसाद घिमिरेले गर्नुभएको थियो।