बुटवल । नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ ।
संगठनको बुटवलमा मंगलबार सम्पन्न दोस्रो अधिवेशनले बुटवलका नेत्रप्रसाद आचार्यको नेतृत्वमा २१ सदस्यीय लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको संगठनका निवर्तमान अध्यक्ष खगराज उपाध्यायले जानकारी दिए । प्रदेश समितिको उपाध्यक्षमा टुक बहादुर रोका र नन्दा कुमारी नेपाली, महासचिव भिमलाल ज्ञवाली, सचिवमा जयराम खड्का, शिवराज न्यौपाने र मोहनसिंह सुनार, कोषध्यक्षमा श्रीराम पाण्डे पाण्डे रहेका छन् ।
यस्तैगरी सदस्यहरुमा जंगबहादुर नेपाली, गुप्तबहादुर पुन, अनिल कुमार शर्मा, ठगिश्वर पोखरेल, विष्णुप्रसाद बस्याल, हरिप्रसाद पन्थी, नारायण थापा, विमला पौडेल, नविन पाण्डे रहेका छन् । यस्तै लेखा समिति संयोजकमा शोभाखर ज्ञवाली रहेका छन् भने सदस्यहरुमा बाबुराम न्यौपाने र ढालबहादुर जिसी रहेका छन् ।
यी हुन् १२ जिल्लाका अध्यक्षहरु
कर्मचारी संगठनको प्रदेश अधिवेशन अघि सबै जिल्लाका अधिवेशन सम्पन्न भएका थिए । अधिवेशनहरुले नवलपरासीमा देविलाल पौडेल, रुपन्देहीमा कमल पराजुली, कपिलवस्तुमा केशव मरासिनी, अर्घाखाँचीमा पशुपती खनाल, पाल्पामा भोजराज राना, गुल्मीमा लालमणी भण्डारी, दाङमा गोकर्ण वलीको नेतृत्वमा जिल्ला कार्यसमिति चयन भएको थियो ।
यस्तै संगठनको प्युठान अध्यक्षमा रामबहादुर बस्नेत, रोल्पामा हिमाल घर्ती, रुकुम पुर्वमा भिम झाँक्री, बांकेमा देविलाल चौलागाईं र बर्दियामा कृष्णबहादुर बिष्टको नेतृत्वमा जिल्ला कार्य समिति चयन भएको थियो ।
सेवाग्राहीका काममा कुनै पनि बहाना नगर्न मन्त्रीको निर्देशन
यसअघि प्रदेश अधिवेशनको बुटवलमा उद्घाटन गर्दै प्रदेश सरकारका मन्त्री भूमिश्वर ढकालले सेवा प्रवाहलाई प्रभावकारी र चुस्तदुरुस्त बनाउन कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले सेवाग्राहीका काममा कुनै पनि बहाना नबनाउन, ढिलासुस्ती नगर्न, आलटाल नगर्न कर्मचारीहरुलाई निर्देशन पनि दिए । उनले सरकारले अगाडि सार्ने योजनाहरुको सफल र प्रभावकारी कार्यान्वयनमा कर्मचारीहरुकै भूमिका निर्भर हुने भन्दै कुनै पनि गलत स्वार्थ र पूर्वाग्रह नराखेर कममा केन्द्रित भएर लाग्न आग्रह गरेका थिए ।
उक्त उद्घाटन समारोहमा मन्त्री ढकालसमक्ष कर्मचारीहरुले प्रदेश निजामती कर्मचारी ऐनको प्रभावकारी कार्यान्वयन गर्न र संघीय निजामति ऐनलाई छिटो ल्याउने काममा पनि भूमिका निर्वाह गर्न आग्रह गरेको संगठनका रुपन्देहीका पूर्वअध्यक्ष प्रेम प्रसाद खनालले जानकारी दिए ।
यसैगरी कार्यक्रममा केन्द्रीय समिति अध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष्य भबानी दाहाल उपाध्यक्ष रेबन्त गौतम, उपाध्यक्ष प्रभास साह लगयतले संघीए ऐन छिटो ल्याउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संगठनका केन्द्र, प्रदेश र जिल्लाका विभिन्न तहका कर्मचारीहरु सहभागी थिए । संगठनका नेताहरु कमल पराजुली, कल्पना थापा, खगराज पोखरेल, बसन्तकुमार श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।