![](https://mechikalinews.com/wp-content/uploads/2023/01/eye-1.gif)
![](https://mechikalinews.com/wp-content/uploads/2025/02/butwal-public.jpg)
बुटवल । रूपन्देहीको तिलोत्तमास्थित बुटवल पब्लिक स्कुलको खेल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित तीन दिनसम्म तिलोत्तमा–११ स्थित आफ्नै खेल मैदानमा प्रतियोगिता चलेको थियो ।
शुक्रबार समापन समारोहमा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय बुटवलका प्रमुख रोमकान्त तिवारीले पठन–पाठन र खेलको क्षेत्रमा बुटवल पब्लिक स्कुल उदाहरण बनेको बताए । उनले स्कुलले सञ्चालन गरेको प्रगतिशील शिक्षा पद्धति उत्कृष्ट रहेको बताउँदै आफ्नै खेल मैदान निर्माण गरी भविष्यका खेलाडी उत्पादन गर्न सक्षम भएको प्रशंसा व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष हेमलाल भुसालले विषयगत शिक्षासँगै खेलकूदका गतिविधिमा विद्यालयले सधँै विद्यार्थीलाई प्रोत्साहन गर्दै आइरहेको बताए । प्रतियोगितामा १०० मिटर दौड, ४०० मिटर दौड, रिले रेस, फुटबल, क्रिकेट, कबड्डी, खो–खो, लगायत ४० विधामा खेला खेलाइएको थियो ।
जसमा १८ स्वर्ण, ९ रजत, ५ कास्यपदक र ८७ अंकसहित रातो सदन प्रथम र ११ स्वर्ण, ८ रजत, ७ कास्यपदक र ७१ अंक सहित पहेलो सदन दोस्रो भएका छन् । बिजेता खेलाडीलाई सर्टिफिकेट, मेडल र ट्रफी प्रमुख अतिथि तिवारी र विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्मा भुसालले प्रदान गरे । सो अवरमा तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष विष्णु बराल विद्यालय आफ्नो वडामा खेलकूदको ठूलो पूर्वाधार थपेको भन्दै खुसी व्यक्त गरे । कार्यक्रमको सञ्चालन विद्यालयका सहप्राचार्य रामचन्द्र पौडेलले गरेका थिए ।