आज हुने फाइनल खेलमा JDH कपिलवस्तु रोहिणी स्टार बीच प्रतिस्पर्धा हुने

मेचीकाली संवाददाता

२६ माघ २०८१, शनिबार
331 shares

 

तुलसीराम पौडेल —

लुम्बिनी ,माघ २६ 

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित लुम्बिनी नौ युवा क्लबको आयोजना तथा नगरपालिका वडा नम्बर ३ र लुम्बिनी खेलकुद परिषद्को सहयोगमा माघ १२ गतेदेखि सञ्चालित इन्डो नेपाल क्रिकेट  PLPL season 7  प्रतियोगिता एक कार्यक्रम बीच शनिबार समापन हुनेछ ।शनिबार सम्पन्न हुने फाइनल खेलमा JDH  कपिलवस्तु भर्सेस रोहिणी स्टार बीच प्रतियोगिता हुनेछ ।आज दिउँसो १२:३० बजे  फाइनल खेलको उद्घाटन लुम्बिनी प्रदेश भौतिक तथा पूर्वाधार मन्त्री भूमिश्वर ढकालले गर्नुहुनेछ। कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश भौतिकता पूर्वाधार मन्त्री भूमिश्वर ढकाल तथा विशिष्ट अतिथि लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमानले सम्बोधन गर्नुहुनेछ।