टिनको छाप्रोहुँदै आधुनिक भवनमा मालिका

मेचीकाली संवाददाता

२ फाल्गुन २०८१, शुक्रबार
565 shares

टोपलाल अर्याल
गुल्मी । २०७४ सालमा मालिका गाउँपालिका महिलाहरुको सामुदायिक भवनमा थियो । सोहि भवनमा तत्कालिन गाउँपालिका प्रमुख रित बहादुर थापासहितको नेतृत्वले सपथ खाए । कार्यालयमा कर्मचारी र जनप्रतिनिधीको समेत राम्रोसंग व्यावस्थापन हुन्थेन् । सेवाग्राही त बाहिर उभिर कैयौ समय सेवा लिए ।

मालिका गाउँपालिकाका पुर्व वडाध्यक्ष तथा प्रवक्ता शोभाखर गिरीले पाँच बर्षमा आफुहरुले छाप्रो फेर्ने मात्र नभएर विकास र समृद्धिमा समेत ठूलो काम गरेको स्मरण गरे । ‘छाप्रोमा पनि उत्कृष्ट काम गर्ने सपना र योजना थिए । मुद्धा झेलेर केहि मसयमा आफ्नै भवन बन्यो,’उनले भने,‘समयको मागसंगै अहिले आधुनिक भवन निर्माण पनि सुखद बिषय हो ।’अहिले साढे सात करोड बढिको लागतमा मालिका गाउँपालिकाको प्रशासकीय भवन निर्माण भएको छ ।

बोकी–श्रेष्ठ–सुनिल समिर जेभीले ७ करोड ६७ लाखको लागत सम्झौतामा ०८१ भदौ १ गतेबाट निर्माण कार्य सुरु भएको मालिका गाउँपालिकाका इन्जिनीयर बिष्णु अर्यालले जानकारी दिए । निर्माण कार्य म्याद थपसहित गत पुस १२ गते सकिएको अर्यालले बताए । साथै मालिका गाउँपालिका–४ को अर्खबाङ्गमा निर्माण गरिएको मालिका पिस पार्क र हेलिप्याडको पनि प्रचण्डले उद्घाटन गरेका छन् ।

मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले विकास जनताको लागि भएकाले सवैको कसैले पनि राजनीति गर्न नहुने बताए । उनले मालिकामा योजना निर्माण हुनु र पूर्व प्रधानमन्त्री आउनु दुवै मालिकाका जनताको लागि सुखद बिषय भएकाले सहयोग गर्ने सवैलाई धन्यवाद दिए ।