लुम्बिनीमा शुक्रवार ८३१ जना किशोरीहरुले पाठेघर विरुद्धको खोप HPV लगाए ।

मेचीकाली संवाददाता

३ फाल्गुन २०८१, शनिबार
421 shares

तुलसीराम पौडेल –

लुम्बिनी ,फाल्गुन २ 

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पाठेघरको क्यान्सर विरुद्ध खोप HPV  अभियानको दोस्रो दिन शुक्रवार ८३१ जना किशोरीहरूले HPV खोप लगाएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाले फागुन १ गतेदेखि ६ गतेसम्म विद्यालय जाने कक्षा ६ देखि १० का किशोरीहरू र विद्यालय नजाने उमेर १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूको लागि पाठेघरको क्यान्सर विरुद्ध खोप अभियान सञ्चालन गरेको हो। लुम्बिनी सांस्कृतिक नगरपालिकामा शुक्रवार विद्यालय जाने कक्षा ६ देखि १० सम्मका ७१९ जना किशोरीहरू र विद्यालय नजाने उमेर १० वर्षदेखि १४ वर्षसम्मका ११२ किशोरीहरू गरी जम्मा ८३१ जना किशोरीहरूलाई खोप लगाइएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकामा खोप अभियानको पहिलो दिन बिहीवार १३१३ जना किशोरीहरूलाई खोप लगाइएको थियो। खोप अभियान लुम्बिनी नगरपालिकाकाब १३ वटै वडामा १२ वटा स्वास्थ्य संस्था मार्फत सञ्चालन गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव घिमिरेले बताउनुभयो।