

तुलसीराम पौडेल —
सियारी,फागुन ३
नेपाल शिक्षक संघ सियारी गाउँपालिका रुपन्देहीको छैठौँ गाउँ प्रतिनिधिसभा एवं स्वागत तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भयो। सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले राज्यको चौतर्फी विकासमा शिक्षकको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। कार्यक्रममा ४२ जना नवप्रवेशी शिक्षकलाई स्वागत तथा सेवा निवृत्त शिक्षकलाई सम्मान गरिएको थियो। त्यसैको शुभ अवसरमा नेपाल शिक्षक संघ सियारिका पूर्व अध्यक्षहरू रामप्रसाद पौडेल र जानकी देवी तिवारीलाई सम्मान गरिएको थियो। कार्यक्रम नेपाल शिक्षक संघ सियारिका अध्यक्ष भूपेन्द्र आचार्यको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश उपमहासचिव मथुरा यादव, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका प्रदेश सभापति घनश्याम चालिसे, लुम्बिनी प्रदेश ट्रेड युनियन सचिव हिम बहादुर केसी ,नेपाल शिक्षक महासङ्घ सियारिका अध्यक्ष ऋषिराम घिमिरे,नेपाली कांग्रेस सियारीका सभापति गोपाल पाण्डे, नेपाली कांग्रेस शुद्धोधनका सभापति दामोदर पौडेल, सियारी गाउँपालिका प्रवक्ता तथा वार्ड नं ७ का अध्यक्ष दीपक कुमार शाही, वडा नम्बर ४ का अध्यक्ष श्रीराम यादव, वडा नम्बर ३ का अध्यक्ष रामचन्द्र कुर्मी, नेपाली काङ्ग्रेस सियारिका सचिव धुर्व नेपाल ,सिद्धार्थ मावि व्यवस्थापन समितिका अध्यक्ष खिमनाथ सापकोटा, वीरेन्द्र माविका प्रधानाध्यापक कृष्णप्रसाद चौधरी र समय माविका प्रधानाध्यापक हिरालाल ज्ञवाली लगायतको शुभकामना मन्तव्य रहेको थियो। नेपाल शिक्षक सङ्घ सियारीका उपाध्यक्ष निरु शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विश्वनाथ ढाढी ले गर्नुभएको थियो।