लुम्बिनीमा शारीरिक अपांगता भएका बालबालिकाहरुलाई अर्थाेपेडिक सहायक सामाग्री बितरण

मेचीकाली संवाददाता

६ फाल्गुन २०८१, मंगलवार
115 shares

लुम्बिनी , फागुन ५

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले सोमबार एक कार्यक्रमका बिच शारीरिक अपांगता भएका बालबालिकाहरुलाई अर्थाेपेडिक साहायक सामाग्री ९जुत्ता, व्हील चेयर० बितरण गरेको छ । अपांग बाल अस्पताल तथा पुर्न स्थापना केन्द्र एचआरडीसी बनेपाको सहयोगमा नगरपालिका भित्रका १० जना शारीरिक अपांगता भएका बालबालिकाहरुलाई अर्थाेपेडिक सहायक सामाग्री बितरण गरिएको हो । 

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दैै लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले लुम्बिनीमा बिभिन्न किसिमका अपांगता भएका बालबालिकाका लागी स्वास्थ्य सामाग्री बितरण गर्न पाउदा एकदमै खुसी लागेको बताउनु भएको छ । उहाले नगरमा शारीरिक तथा बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई आगामी दिनमा समेत नगरले सहयोग गर्दै जाने बताउनु भएको छ । उहाले बौद्धिक अपांगता भएका बालबालिकाको उपचारमा नगरपालिकाले सहयोग गर्दै आएको समेत उल्लेख गर्नु भयो ।  

यस्तै गरी अपांग बाल अस्पताल तथा पुर्न स्थापना केन्द्र एचआरडीसीको रुपन्देही जिल्ला फोकल पर्सन रुबिना बि.क. ले  बिशेष गरी १८ बर्ष सम्मका हाडजोर्नी सम्बन्धी समस्या भएका बालबालिकाको उपचार र पुर्नस्थापनामा नगरसंग साझेदारी गरी एचआरडीसीले काम गर्दै आएको बताउनु भएको छ । उहाले लुम्बिनी सांस्कृतिक नगरपालिकाको साझेदारीमा पुस २६ गते शारीरिक अपांगता पहिचान घुम्ती शिविर कार्यक्रमबाट ५२ जना बालबालिकाले सेवा लिएको समेत बताउनु भएको छ जसमा नगरभित्रका ३६  जना बालबालिकाले फिजियोथेरापी सेवा लिएका थिए भने ७ जना बालबालिकाहरुलाई अर्थाेपेडिक सहायक सामाग्रीहरु जुत्ता, व्हील चेयर, लगायत सामाग्री बितरण गरिएको थियो भने आज सोमबार १० जना बालबालिकाहरुलाई अर्थाेपेडिक सहायक सामाग्री बितरण गरिएको जानकारी दिनु भयो । 

उहाले शारीरिक सम्बन्धी जटिल समस्या भएका सात जना बालबालिकाको बनेपामा उपचार समेत भैरहेको जानकारी दिनु भएको छ । आज सोमबार बितरण भएको सहायक सामाग्रीले पछि गएर बालबालिकाको हाडजोर्नी सम्बन्धी समस्या बढन नदिन र समस्या पुर्ण रुपमा निको गर्न महत्वपुर्ण भुमिका खेल्ने हुदा अर्थाेपेडिक सहायक सामाग्री बितरण गरिएको बताउनु भयो । 

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान, वडा नम्बर ६ का वडाध्यक्ष नइमुल हक मुसलमान स्थानिय, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।