

लुम्बिनी । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकामा सौर्य उर्जाको माध्यमबाट कृषि सिचाइको लागि फिल्ड निरीक्षण गरिएको छ। नगरपालिका र चिनियाँ पदाधिकारीको टोलिले बुधबार नगरपालिका वडा १२ भभइको तरकारी पकेट क्षेत्रमा सौर्य उर्जाको माध्यमबाट कृषि सिचाइका लागि फिल्ड निरीक्षण गरिएको हो ।
लुम्बिनी सास्कृतिक नगरपालिका सग भगिनी सम्बन्ध स्थापित चाइनाको डुङ्हुवाङ शहरले ती पदाधिकारीहरुलाई सोलार कुकर सोलार सिचाइको लागि फिल्ड अवधारणा बारे अध्यन गर्न पठाएको हो। ती पदाधिकारीहरुले मंगलवार लुम्बिनी सास्कृतिक नगरपालिकामा नगरपालिकाका पदाधिकारीहरुलाई सोलार कुकर र सोलार सिचाइको वारेमा वृहत् रूपमा प्रीजेन्टेसन गरेका थिए । भगिनी सम्बन्ध स्थापित चाइनाको डुङहुवाङ् शहरले पठाएका specialization: Biomass Energy का department director Mr. Ma Hongru र China Gansu Natural Energy Research institute( GNERI ) अन्तरगत Research Office of Applicable Technologies for Rural Energy का Mr .Chen Long ले सोलार कुकर र सोलार सिचाइको लागि फिल्ड अवधारणा वारे अध्यन गर्न लुम्बिनी सास्कृतिक नगरपालिकाका विभिन्न ठाउ निरीक्षण गरेका थिए ।