

तुलसीराम पौडेल —
फर्साटिकर , फाल्गुन १०
रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा नम्बर -४ सौ फर्साटिकर स्थित फर्साटिकर माविको खेल मैदानमा संचालित रेप्सा महोत्सव च्याम्पियनको उपाधी रोजवड एकेडेमीले प्राप्त गर्न सफल भएको छ।राइजिङ्ग अङ्ग्रेजी निजी विद्यालय संगठन रेप्साले फागुन ७ गतेदेखि ९ गतेसम्म रेप्सा महोत्सव संचालन गरेको थियोे ।रेप्सा महोत्सवमा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका थिए ।
रेप्सा महोत्सव अन्तर्गत कक्षा १ देखि ५ सम्म सम्पन्न भएका विभिन्न प्रतियोगिताहरुको मुल्यांकन अनुसार युनाइटेड इङलिस बोर्डिङ स्कुल पहिलो ,फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुल दोस्रो र रोजवड एकेडेमी तेस्रो भएको थियो । कक्षा ६ देखि ८ सम्म भएका विभिन्न प्रतियोगिताहरु अन्तर्गत युनाइटेड इङलिस बोर्डिङ स्कुल पहिलो ,भुजौली इङलिस स्कुल दोस्रो र रोजवड एकेडेमी तेस्रो भएको थियो ।त्यसै गरि कक्षा ९ देखि १० सम्म सम्पन्न विभिन्न प्रतियोगिताहरुको मुल्यांकन अनुसार रोजवड एकेडेमी पहिलो ,देवसिद्द इङलिस बोर्डिङ स्कुल दोस्रो र तिलोत्तमा इङलिस बोर्डिङ स्कुल तेस्रो भएको थियो ।
सम्पन्न नृत्य प्रतियोगितामा देवसिद्द इङलिस बोर्डिङ स्कुल पहिलो ,शुद्दोधन इङलिस बोर्डिङ स्कुल दोस्रो र तिलोत्तमा इङलिस बोर्डिङ स्कुल तेस्रो भएको थियो ।
रेप्सा आयोजनामा फाल्गुन ७ गतेदेखि ९ गतेसम्म रेप्सा महोत्सव अन्तर्गत सम्पन्न सम्पुर्ण प्रतियोगिताहरुको मुल्यांकन अनुसार होल फस्ट रोजवड एकेडेमी हुन सफल भएको थियोे ।
रेप्सा महोत्सव समापन कार्यक्रम रेप्सा अध्यक्ष लोक शर्मा बस्यालको अध्यक्षता र शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । रेप्सा उपाध्यक्ष रामकृष्ण खनालको स्वागत मन्तव्य र रेप्सा सचिव कृष्ण गौतमको संचालनमा सम्पन्न कार्यक्रममा शुद्दोधन गाउँपालिका प्रबक्ता एवं वार्ड नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारी ,प्याब्सन रुपन्देहीका
वरिष्ठ उपाध्यक्ष कुलराज शर्मा ,रेप्सा प्रमुख सल्लाहकार कमल प्रसाद पौडेल ,फर्साटिकर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर घर्ती ,शुद्दोधन खेलकुद विकास समितिका संयोजक मुकेश कुवर ,भुजौली इङलिस बोर्डिङका अध्यक्ष लगायतले शुभकामना मन्तव्य दिएका थिए ।