शंकर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवस सम्पन्न

मेचीकाली संवाददाता

१० फाल्गुन २०८१, शनिबार
20 shares

तुलसीराम पौडेल –

शुद्दोधन ,फाल्गुन ७ 

रुपन्देहीको शुद्दोधन गाउँपालिका -३ स्थित शंकर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले स्वर्ण महोत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले शिक्षाको विकास नभएसम्म देशको विकास नहुने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर खड्काको अध्यक्षता ,लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा 

शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल,उपाध्यक्ष शान्तादेबी ज्ञवाली  ,गाउँपालिका प्रबक्ता तथा वार्ड नम्बर -४ का अध्यक्ष केशव अधिकारी ,संविधान सभा सदस्य सोनिया यादव ,शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख माधब बन्जाडे ,

विद्यालयका वरिष्ठ सल्लाहकार तथा पुर्व अध्यक्ष हुमराज ढकाल ,सल्लाहकार तथा पुर्व अध्यक्ष मणिप्रसाद खनाल ,सल्लाहकार रामप्रसाद पाण्डे ,विद्यालयका सल्लाहकार तथा पुर्व अध्यक्ष कुलानन्द चालिसे ,फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक ऋषिराम बस्याल ,भगलापुर माविका प्रधानाध्यापक कृष्ण प्रसाद भुसाल ,न्यु होराइजन GBS का प्रधानाध्यापक गोपाल प्रसाद आचार्य , नेकपा एमाले शुद्दोधन गाउँ कमीका अध्यक्ष राजेन्द्र कंडेल ,नेकपा माओवादी शुद्दोधनका सचिव राम बहादुर बिस्वकर्मा ,नेपाली काङ्ग्रेसका उपाध्यक्ष ,रास्टिय स्वतन्त्र पार्टी शुद्दोधनका अध्यक्ष बौद्ध लाल शर्मा ,शंकर माविका शिक्षक कुसुम खनाल ,विद्यार्थी समृद्धि गैरे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक टंक पौडेलबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,विद्यालयका सहायक प्रधानाध्यापक हिम बहादुर केसिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक द्वय खिम खत्री र राजेश चौधरीले गरेका थिए ।