वालिङमा पिंक सिटी महोत्सव हुँदै, तयारी पुरा

मेचीकाली संवाददाता

१७ फाल्गुन २०८१, शनिबार
51 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङमा यहि फागुन २१ देखि चैत ३ गतेसम्म हुने महोत्सवको तयारी पुरा भएको छ । चेम्बर अफ कमर्सको आयोजनामा हुन लागेको प्रथम पिंक सिटी महोत्सवको तयारी पुरा भएको आयोजक संस्थाका बरिस्ठ उपाध्यक्ष मणिप्रसाद पंगेनिले बताए ।

वालिङ चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक प्रकाश न्यौपाने (किरण) ले वालिङ खेल मैदानमा महोत्सव सञ्चालन हुने बताए ।

चेम्बरका अध्यक्ष न्यौपानेले भने , ‘हामीले यो महोत्सव मार्फत वालिङको एटा छुट्टै पहिचान स्थापीत गर्ने गरि लागेका छौँ, यो वालिङलाई पिंक सिटीका रुपा देशैभर पहिचान महोत्सवले थप भूमिका खेल्ने छ ।’ साथै उनले महोत्सव सफल पार्नका लागि आ–आफ्‌नो ठाउँबाट सहयोग गर्न समेत सबैलाई आग्रह गरे ।

महोत्सव स्थलमा दुई सय ५० बढि स्टल रहने र स्टल धमाधम स्टल बुकिङ भइरहेको उनले बताए ।

महोत्सवमा विभिन्न प्रतियोगिताहरुको साथमा बाल उद्यानलगायतका मनोरञ्जनात्मक कार्यक्रहरु र स्थानीय तथा राष्ट्रिय कलाकारहरुका दैनिक प्रस्तुति रहनेछन् । भने स्थानीय कृषि प्रदर्शनी, कृषि क्षेत्रका समस्या र सम्भावना विषयक वृहत अन्तरक्रिया, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीय धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, पालिका स्तरीय भलिबल प्रतियोगिता, प्रचारात्मक टिकटक प्रतियोगिता गराइने छ ।

महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने लाई लाईक आधारमा विजेता, उपविजेता छनोट गरि पुरस्कार प्रदान गरिने छ । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

नगर स्तरीय रत्यौलीगीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी तथा वृहत काव्य गोष्ठी स्याङ्जा किड्स डान्स आइडलको साथमा लाइभ कन्सर्टसमेत हुने छ ।

महोत्सवको सह आयोजकमा वालिङ नगरपालिका र मुख्य प्रायोजकमा गरिमा विकास बैंक रहेको छ ।