लुम्बिनी सांस्कृतिक नगरपालिकाको १४ औं नगर सभा सम्पन्न

मेचीकाली संवाददाता

२१ फाल्गुन २०८१, बुधबार
271 shares

तुलसी राम पौडेल —

लुम्बिनी ,फाल्गुन २१ 

रुपन्देही स्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाको १४ औं नगर सभा (हिउदे अधिवेशन ) सम्पन्न भयो ।लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख एवं नगर सभा अध्यक्ष सजरुद्दिन मुसलमानले नगर सभाको उद्घाटन गर्नुभयो।

सो अवसरमा नगर प्रमुख मुसलमानले निर्वाचित भएदेखि अहिलेसम्म नगर पालिकामा  सम्पन्न भएका मुख्य उपलब्धिहरुको वारेमा जानकारी दिनुभएको थियोे ।मुख्य उपलब्धिहरु अन्तरगत 

सेवा प्रवाहलाई थप छिटो छरितो र प्रभावकारी बनाउनका लागि ४ वटा भवनबाट साविकमा सेवा प्रवाह हुँदै आएकोमा एउटै भवनबाट सेवा प्रभाहको शुरुआत भएको,  लुम्बिनीमा लामो समयदेखि मुख्य समस्याको रूपमा रहेको फोहोरमैला व्यवस्थापनको कार्यलाई अब केहि समयमा नै सुचारु हुने गरी वडा नम्बर ५ स्थित ढोडहवामा सरसफाइ अध्यन केन्द्रको निर्माण गरिएको तथा सोको लागि सरसफाइकर्मी  तथा आवश्यक पूर्वाधार संरचना निर्माण गरिएको र हाल विद्युतीकरणको कार्य भइरहेको ,एशियाली विकास बैंक तथा नेपाल सरकार नगर विकास कोष तथा सहरी विकास मन्त्रालयको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण बसपार्क निर्माण ग्लोबल पार्क निर्माण तथा पहुँचबाट निर्माणका लागि सम्झौता सम्पन्न भई कार्य अगाडि बढिरहेको साथै प्रशासनिक भवनको ठेक्का प्रक्रिया अगाडि बढेको, नगरको शान्ति सुव्यवस्था कायम गरी व्यवस्थित नगर निर्माणका लागि नगर प्रहरी भर्ना गरिएको, वडाबाट प्रदान गरिने सेवालाई थप व्यवस्थित बनाउन दुईवटा वडा कार्यालय उद्घाटन थप चारवटा वडा कार्यालय भवन निर्माणको चरणमा रहेको ,नगरले उपलब्ध गराउने स्वास्थ्य सेवालाई सरल र सहज बनाउन तथा सेवा विस्तारका लागि चारवटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको, शिक्षालाई थप प्रभावकारी र गुणस्तरीय बनाउनका लागि नगर स्वयंसेवक शिक्षक भर्ना गरिएको र शिक्षक दरबन्दी अनुपात मिलान गर्ने चरणमा रहेको, लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बीमा सञ्चालन तथा डिजिटल भिडियो सेवा सुचारु गरिएको, लुम्बिनी एवं बुद्ध परिपथको पर्यटन प्रवर्धन र विकासका लागि बुद्ध परिपथका  पालिका बीच समन्वय सहकार्य र संस्थागत सम्बन्ध कायम गरी संयुक्त कार्यक्रम अगाडि बढाइएको नगर प्रमुखले जानकारी दिनुभयो ।साथै गाउँ गाउँमा रहेका कच्ची बाटोहरूको पिसिआर तथा आरसीसी ढलान गरी बाँकी रहेका बाटाहरू आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता नगरप्रमुख  मुसलमानले गर्नुभएको छ। नगरसभामा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना हरिजनले आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित थप बजेट तथा कार्यक्रम नयाँ कार्यविधि तथा संशोधनका लागि कार्यविधि प्रस्तुत गर्नुभएको थियो जस अन्तर्गत नगरसभा बैठक सञ्चालन कार्यविधि २०८१ कृषक सेवा कार्ड वितरण एवं सेवा सुविधाको उपलब्धता सम्बन्धी कार्यविधि २०८१, उपेक्षित उष्ण प्रदेशीय रोग प्रभावित नागरिकका लागि स्वयं हेरचार समूह गठन व्यवस्थापन तथा परिचालन सम्बन्धी कार्यविधि २०८१, एचआइभी एड्स कार्यक्रम सम्बन्धी कार्यविधि २०८१, सैनामैना प्राकृतिक चिकित्सालय सञ्चालन सहयोग सम्बन्धी कार्यविधि २०८१, निजी जग्गाको माटो उत्खनन तथा ओसारपसार सम्बन्धी कार्यविधि २०७९  पहिलो संशोधन, एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी निर्देशिका २०८० पहिलो संशोधन, र  प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०८१ रहेका छन् । नगर उपप्रमुख कल्पना हरिजनले पारितको लागि नगर सभामा प्रस्तुत गर्नुभएको नया कार्यविधी तथा संशोधन प्रस्तावलाई नगर सभाका सदस्यहरुले ताली बजाएर पारित गरेका थिए ।नगर प्रबक्ता तथा वार्ड नम्बर २ का वडा अध्यक्ष इनामुल्लाह फकिरले लुम्बिनीलाई शान्त र समृद्धिको यात्रामा सधैं सक्रिय भुमिका निभाउने बताउनु भयो ।प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले लुम्बिनी सांस्कृतिक नगरपालिकाका योजनाका कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाइने बताउनु भयो । नगर सभा अध्यक्ष सजरुद्दिन मुसलमानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लुम्बिनी सांस्कृतिक नगरपालिका समन्वय कर्ता तुलसीराम लामिछानेले गर्नुभएको थियो ।