

बुटवल । द हिमांशु डिजाइनर रनवे शो सिजन–५ को सुरु भएको छ । फेसन डिजाइनमा महिलाहरुलाई क्षमता अभिबृद्धि गराउने उद्देश्यसहित सन् २०२१ देखि हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा यो शो सुरुआत गरेको हो ।
मांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक हिरा पेग्नीले आफुभित्र रहेको क्षमता बाहिर आउने र आत्मविश्वास बढाउने उद्देश्य अनुसार हिमान्सु डिजाईनर रनवे हुँदै आएको बताइन । बिजेता तथा प्रतिस्पर्धाले २०–३० जनाले पसल ले नै सञ्चालन गरेको उनले जानकारी दिइन ।
दक्ष डिजाईनर तयार हुने उदेश्य सहित आयोजना भएको प्रतियोगितमा १४ जना प्रतिस्पर्धामा रहेको र १२ जनाले प्रस्तुतीकरण राखिने बताउँदै यसमा ३० जना बच्चा मोडेल र २८ जना युवती मोडेलहरु राखिएको टिम सदस्य विवेक केसीले जानकारी दिए । कोरियोग्राफर रेशम न्यौपानेले एक वर्ष सम्म अध्य्यान गरेका विद्यार्थीहरु दिक्षित हुनेगरी कार्यक्रमको डिजाईन गरिएको बताए ।
बिजेताको पुरस्कार सहित डिजाइरको लागि आवश्यक उपकरणहरु समेत प्रदान हुने बताउदै अवसर नपाएका तथा आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुका लागि सहयोग गरेर दिक्षित्त गर्दै आएको बताए।नया डिजाइन अनुसार प्रतिस्पर्धीलाइ सिकाईने उनले जानकारी दिए । कार्यक्रम संयोजक प्रशान्त शाहले चैतको २८ गते फाईनल हुने प्रतियोगितामा फागुन २७ गते देखि अडिसन हुदैछ ।